बिएल संवाददाता
जनकपुरधाममा शुक्रबार राति प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरूबीच झडप भएको छ।
जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जानेक्रममा विवाद उत्पन्न भएको हो।
सो क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरुले दिपावलीको मुखमा राती आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए। सो क्रममा विवाद बढ्दै जाँदा प्रहरीले आश्रु ग्यास समेत प्रहार गरेकाे थियाे।
प्रहरीले व्यवसायीको पसलबाट सुनचाँदी बिना मुचुल्का लग्न खोजेको भन्दै व्यापार संघका अध्यक्षले रोक्न खोज्दा प्रहरी र व्यवसायीहरुबीच विवाद झन अल्झिएको थियो। सो क्रममा अध्यक्ष भण्डारीको टाउको फुटेको छ भने शरीरका अन्य भागहरुमा पनि चोट लागेको छ। उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।
यता व्यापार संघले राती नै वज्ञप्ति जारी गरी प्रहरी क्रियाकलापको घोर भ्रर्त्सना गरेको छ भने दोषीमाथि कारवाहीको माग पनि गरेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया