कमल बहादुर साउद
नेपालको राजनीतिक इतिहासमा धेरै आन्दोलनहरू भए, तर Gen Z पुस्ताले उठाएको विद्रोह विशिष्ट र ऐतिहासिक रह्यो। यो केवल नेताहरू बदल्ने वा सत्ता पल्टाउने प्रयोजनको आन्दोलन थिएन– यो नयाँ भविष्य निर्माण गर्ने, सत्य र न्यायलाई स्थापित गर्ने, र राष्ट्रलाई नयाँ बाटोमा डोर्याउने दृढ संकल्पसहित सुरु भएको क्रान्ति थियो।
जब युवाहरू सडकमा ओर्लिए, उनीहरूको स्वर शुद्ध थियो– भ्रष्टाचार अन्त्य गर्नुपर्छ, असमानता तोड्नुपर्छ, र राष्ट्रलाई सक्षम नेतृत्व चाहिन्छ। उनीहरूको हृदयमा कुनै स्वार्थ थिएन, केवल देशप्रेमको ज्योति थियो।
तर, यस पवित्र आन्दोलनलाई घुसपैठ गर्नेहरूको भीडले धमिलो पारिदियो। स्वार्थी नेताहरू, बाह्य शक्तिहरू, र अवसरवादीहरूको षड्यन्त्रले यसलाई आफ्नो स्वार्थ पूर्तिको खेलमैदान बनाउन खोजे। त्यसकै कारण आन्दोलनको दिशा बिग्रियो, हिंसा फैलियो, र हाम्रो गौरवपूर्ण इतिहास र धरोहरहरू विनाशको चपेटामा परे।
सिंहदरबार र सर्वोच्च अदालतमा लागेको आगो केवल भवन जल्नु थिएन– यो हाम्रो आत्मा पोलिनु थियो। पुराना स्मारकहरू ढले, राष्ट्रिय प्रतीकहरू क्षतिग्रस्त भए। यो केवल ढुंगामाटाको संरचना भत्किएको घटना थिएन– यो हाम्रो पहिचान, हाम्रो गौरव, हाम्रो आत्माको टुक्रा हराएको पीडा थियो। यति मात्र होइन, देशभरका धेरै प्रहरी कार्यालयहरू समेत जले, जसले राज्यको कानुन र सुरक्षाको आधारलाई नै चुनौती दियो।
यस आन्दोलनमा धेरै युवाले आफ्नो ज्यानको आहुती दिए। आमाबाबुको आँसुमा धर्ती भिज्यो, जनताको मुटु पोलियो। तर तिनको बलिदान खेर गएको छैन। यही रगतको बलमा पुराना नेताहरू भागाभाग भए, सत्ता ढल्यो, र अन्ततः अन्तरिम सरकार जन्मियो।
देश आज दयनीय अवस्थामा उभिएको छ, तर एउटा कुरा निश्चित छ– यो आन्दोलनले परिवर्तन ल्याएको छ र ल्याइरहेको छ। अब नेपालले नयाँ बाटो लिनैपर्छ। भ्रष्टाचार, अनियमितता, र सर्वसाधारण जनतालाई दुःख दिने व्यवस्था अब सह्य हुने छैन।
इतिहास साक्षी छ– धरोहर ढले पनि आत्मा ढल्दैन। यदि युवा पुस्ताले आफ्नो आन्दोलनलाई फेरि शुद्धता, जिम्मेवारी र राष्ट्रप्रेमको बाटोमा अघि बढाए भने, गुमाएको धरोहर पुनः निर्माण हुनेछ। आँसु सुक्नेछन्, घाउ निको हुनेछन्, र नेपाल फेरि गौरवको शिखरमा उभिनेछ।
अब पार्टी र नेताहरूले सुध्रनैपर्छ। यदि अझै पनि सुध्रिएनन् भने Gen Z ले फेरि देखाउनेछ।
देशका लागि ज्यान आहुती दिने सम्पूर्ण युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। तपाईंहरूको बलिदानलाई नेपालीले सधैं सम्झिरहनेछन्।
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया