बिएल संवाददाता
सरकारले तत्कालिन केपी ओली सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।
बिहीबार जारी मन्त्रिपरिषद बैठकले राजदूत फिर्ताको निर्णय गर्ने भएको एक मन्त्रीले बताए।
भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रूसका लागि जंगब चौहानलाई फिर्ता गर्न लागिएको हो।
त्यस्तै मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाललगायतलाई पनि फिर्ता बोलाउन लागिएको स्रोतले बतायो।
राजदूतहरूलाई फिर्ता हुन पत्र पठाइसकिएको र आजको मन्त्रिपरिषदले औपचारिक निर्णय गर्ने स्रोतको भनाइ छ। स्रोतका अनुसार राजदूतहरू स्वदेश फिर्तीको तयारी सुरु गरिसकेका छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
प्रतिक्रिया