मङ्गलबार, १५ जुलाई २०२५

निर्वाचन आचारसंहिता आजदेखि निष्कृय

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2022-12-12 17:27:00
File photo
• • •

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले आचारसंहिता लागू नरहेको निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम गत असोज १२ देखि सो आचारसंहिता मुलुकभर लागू गरिएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?