बिएल संवाददाता
पार्टी पुनर्गठन अभियान चलाइरहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले नेता कार्यकर्तासँग भेटघाट र सुझाव संकलनलाई तीव्रता दिएका छन्।
लुम्बिनी र गण्डकीका कतिपय पूर्वसांसद, केन्द्रीय सदस्यलगायत नेताहरूले पौडेललाई भेटेर नेतृत्वको विकल्प, पुनर्गठन अभियान र शीर्ष नेताहरूको धारणाबारे जिज्ञासा राखेका छन्।
छलफलमा सहभागी एक नेताका अनुसार उनीहरूले पौडेलसँग पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीदेखि शीर्ष नेताहरूको पार्टी पुनर्गठनबारे धारणा बुझेका थिए।
जवाफमा पौडेलले आफूहरूले भुइँ तहदेखि शीर्ष नेताहरूसँग छलफल र उनीहरूको राय बमोजिम अभियान थालेको स्पष्ट पारेका छन्।
‘सबैतिरको राय सल्लाह र सुझाव बमोजिम नै पुनर्गठन अभियान थालेका हौं। शंका गर्नुपर्ने कुनै कारण नै छैन। भुइँ तहदेखि शीर्ष नेताहरूको एउटै निष्कर्ष छ– यही अवस्थामा पार्टी अघि बढ्न सक्दैन भन्ने। हामीले कुनै लहड वा अकस्मात नेतृत्वको विकल्प खोजेका हैनौं,’ पौडेलको भनाइ उद्धृत गर्दै ती नेताले बताए।
उपाध्यक्ष पौडेलले नेताहरूसँग अब अध्यक्ष ओलीबाट पार्टी चल्न नसक्ने ठोकुवा गर्दै ओलीको औचित्य पुष्टि नहुने जिकिरसमेत गरे।
यतिबेला उहाँ (ओली)को औचित्य पुष्टि नहुने भयो। उहाँलाई गलत भनेका हैनौं। उहाँको योगदानको सम्मान छ। तर, अब यसरी अगाडि बढ्न सकिन्न। एमालेको जगलाई जोगाउने नै हो। गर्ने हामीहरूले नै हो। उहाँले खाँबो चिथोर्नै पर्दैन।’
भेटमा नेताहरूले अध्यक्ष ओलीले आफूनिकट नेताहरूलाई गुण्डु बोलाएर उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेलमाथि लगाएको आरोपबारे पनि सोधेका थिए।
जवाफमा पौडेलले आफूहरूले पदका लागि अभियान नथालेको दाबी गर्दै बहुमतले पार्टी नफुटाउने धारणा राखे। उनले आफूहरूमा पदको कुनै लोभ नभएको र विनाकारण विकल्प नखोजिएको स्पष्ट पारे।
गोदावरीको विधान महाधिवेशनको प्रसंग उठाउँदै उपाध्यक्ष पौडेलले ओलीप्रति वैरभाव भएको भए त्यो महाधिवेशनमै देखिने स्पष्ट पारे। ओलीको आरोपको कुनै तुक नभएकोले गल्ती स्वीकार्न र त्यस्तो नबोल्न नेताहरूमार्फत सचेतसमेत गराएका छन्।
‘हामीलाई भिडाएर आफू अघि बढ्ने ओलीको चाल अब चल्दैन। बागमतीमा पानी बगिसक्यो। बहुमतले पार्टी फुटाउँदैन। हामी बहुमतमा छौं। अब हामीलाई फुटाएर राज गर्ने सपना नदेखे हुन्छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया