शुक्रबार, १७ जुलाई २०२६

बिएलकर्मी सनी शाक्य सुशासन पत्रकारिताबाट पुरस्कृत

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सुशासन पत्रकारिता पुरस्कारबाट बिएल नेपाली सेवाका फोटो पत्रकार सनीराज शाक्यसहित सात जना पत्रकार पुरस्कृत भएका छन्।

आइतबार ललितपुरका मेयर चिरीबाबु महर्जनको उपस्थितीमा ललितपुर महानगरपालिका–५ वडा कार्यालयको वृहत् कार्यक्रममा डेढ दशकदेखि पत्रकारितामा सक्रिय शाक्यलाई पुरस्कृत गरेको हो।

ललितपुरको कला, संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनका साथै ललितपुर–५ वडा कार्यालयले गरेका पूर्वाधार तथा सामाजिक विकास, वडामा भएका असल अभ्यास र उदाहरणीय एवम् प्रेरणादायी योजनामा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो।

सम्मानित शाक्यले नेपाल मण्डल टेलिभिजन, सराेकार टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!