बिएल संवाददाता
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर क्षेत्रमा सामूहिक योग तथा ध्यान कार्यक्रम हुने भएको छ।
विश्व शान्ति तथा आध्यात्मिक समाजको आयोजनामा हुन लागेको उक्त कार्यक्रममार्फत नेपाललाई योग, ध्यान र आध्यात्मिक चेतनाको केन्द्रका रूपमा विश्वसामु परिचित गराउने लक्ष्य राखिएको छ।
समाजले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै असार ७ गते अन्तर्राष्ट्रिय योग दिवसका दिन कैलाश–मानसरोवरमा योगाभ्यास तथा ध्यान कार्यक्रम आयोजना हुने जानकारी दिएको हो। कार्यक्रमका लागि सहभागी टोली असार ३ गते नेपालबाट प्रस्थान गर्ने तयारी गरिएको छ।
समाजका अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई योग र आध्यात्मिकताको पवित्र भूमि भएको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन्। उनका अनुसार भगवान् शिवको तपोभूमिका रूपमा परिचित कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनु नेपालका लागि गौरवको विषय हुनेछ।
कैलाश–मानसरोवरको पावन भूमिमा योग दिवस मनाउनु मात्र औपचारिक कार्यक्रम मात्र होइन, शान्ति, ध्यान र मानव एकताको सन्देश विश्वभर प्रवाह गर्ने अभियान पनि हो,उनले भने, 'नेपालको प्राचीन योग, ध्यान, तपस्या र आध्यात्मिक सभ्यतालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने अवसरका रूपमा हामीले यसलाई लिएका छौँ।'
उनले नेपाललाई ‘योगगुरुको देश’का रूपमा स्थापित गर्न तथा हिमालय क्षेत्रमा विकसित योग र ध्यान संस्कृतिको महत्त्व विश्वमाझ उजागर गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल, भारतसहित विभिन्न देशका योग शिक्षक, ध्यान साधक, तपस्वी, अनुसन्धानकर्ता तथा आध्यात्मिक अभियन्ताहरूको सहभागिता रहने बताइएको छ। आयोजकका अनुसार सय जनाभन्दा बढी साधकको सहभागितामा कैलाश–मानसरोवर क्षेत्रमा सामूहिक योग र ध्यान अभ्यास गरिनेछ।
समाजका योग साधक दुर्गाप्रसाद उपाध्यायका अनुसार संस्थाका नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा शाखा तथा साधना केन्द्र रहेका छन्। ती देशबाट समेत साधकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकले कैलाश–मानसरोवरमा हुने योग दिवस कार्यक्रमले नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धनमा योगदान पुग्ने विश्वास लिएको छ। साथै युवा पुस्तामा सकारात्मक सोच, आत्मअनुशासन र ध्यान संस्कृतिप्रति आकर्षण बढाउन पनि कार्यक्रम उपयोगी हुने जनाइएको छ।
विश्वभर योगको लोकप्रियता बढिरहेका बेला कैलाश–मानसरोवर जस्तो विश्वप्रसिद्ध आध्यात्मिक स्थलमा पहिलो पटक योग दिवस मनाउन लागिएको यस कार्यक्रमलाई नेपालबाट विश्वमा शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अभियानका रूपमा हेरिएको छ।
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया