५ लाख धरौटीमा छुटे सभापति पोखरेलका पूर्वस्वकीय सचिव

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको छ।

बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

पोखरेल गत पुस २५ गते पक्राउ परेका थिए। उनीमाथि सप्तरीका बौआलाल चौधरीले एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2025-01-23 19:30:00

प्रतिकृया दिनुहोस्