मर्निङ रिड

अरबपति लेखिका जेके रोलिङ, जो पारपाचुकेपछि सफलताको शिखर चुमिन्

Breaknlinks
Breaknlinks

हारसँग लड्ने क्षमता जसमा हुन्छ– त्यस्ता व्यक्ति नै सफल हुन्छन्। भनिन्छ नि– योजना बनाउन असफल हुनु भनेको, असफल हुनका लागि नै योजना बनाउनु हो।

सफलता प्राप्त गर्न आफ्ना योजनाहरूलाई पूरा पालना गर्नैपर्छ अर्थात् सक्षमता जरूरी पर्छ। यिनै गुणहरुले भरिपूर्ण एक महिला हुन्– जोअन्ने रोलिङ। उनी 'पेननाम' जेके रोलिङबाट बढी चिनिन्छिन्।

जेके रोलिङ युवा–पुस्ताले रुचाएको प्रसिद्ध नाम हो। 

रोलिङ ह्यारी पोटर एक काल्पनिक शृङ्खलाको निर्माता हुन्, जुन इतिहासमा सबैभन्दा लोकप्रिय पुस्तक र फिल्म फ्रन्चाइजहरूमध्ये एक हो। 

ह्यारी पोटर श्रृंखलाले ५०० मिलियनभन्दा बढी प्रतिहरू बेचेको थियो। जसलाई 'ब्लकबस्टर' फिल्म फ्रान्चाइजीमा रूपान्तरण समेत गरियाे।

३१ जुलाई १९६५ मा ब्रिस्टलनजिकैको येटजनरल अस्पतालमा जन्मिएकी रोलिङ इङ्गल्याण्डको ग्लुसेस्टर सियरर दक्षिण–पूर्वी वेल्सको चेपस्टो, ग्वेन्टमा हुर्केकी हुन्।

विमान इन्जिनियर पिटर र विज्ञान प्राविधिक एनीकी पहिलो सन्तान रोलिङको बाल्यकाल पुस्तकमै बितेको थियो। उनी किशोरावस्थामा हुँदा आमा एनीलाई मल्टिपल स्क्लेरोसिस भएको थियो। 

उनकी आमाको १९९० मा ह्यारीपोटरका पुस्तकहरू प्रकाशित हुनुअघि नै निधन भयो। यो नै उनका लागि दु:खद् क्षण हो। उनलाई अझै पनि दु:ख लाग्छ कि आमाले उनको सफलता हेर्न पाइनन्। जो सानै उमेरदेखि लेखक बन्न चाहन्थिन्। 

उनले ६ वर्षको उमेरमा आफ्नो पहिलो पुस्तक लेखेकी थिइन्। जसमा खरायोको एउटा कथा थियो– जुन पुस्तकलाई 'रेबिट' भनिन्छ। मात्र ११ वर्षको उमेरमा उनले आफ्नो पहिलो उपन्यास लेखिन्– सात श्रापित हिराहरू र तिनीहरूको स्वामित्वमा रहेका मानिसहरूको बारेमा।

डिग्री सकिएपछि उनी लन्डनमा सरिन्। 'एम्नेस्टी इन्टरनेशनल'मा एक अनुसन्धानकर्ताको रूपमा काम गरिन्। त्यहाँ रहँदा उनले धेरै कुराहरु सिकेर जीवनको सबैभन्दा नम्र र प्रेरणादायक अनुभवहरू बटुलेको भनेर धेरैपटक बताएकी छन्।

'एम्नेस्टी'मा काम गर्न थालेपछि रोलिङले सात वर्षको अवधिमा उनकी आमाको मृत्यु, पहिलो सन्तानको जन्म, पहिलो पतिसँग सम्बन्ध विच्छेद, सापेक्ष गरिबी भोग्नुपरेको थियो तर यो सबै सन् १९९७ मा 'ह्यारी पोटर एण्ड द फिलोसोफर्स स्टोन' उनको पहिलो उपन्यास प्रकाशित नभएसम्मको कुरा थियो।

सन् १९९० को शुरुवातमा उनले अंग्रेजीलाई विदेशी भाषाको रूपमा सिकाउन पोर्चुगलको यात्रा गरेकी थिइन्। तर आफ्नो छोटो विवाह र छोरीको जन्मपछि उनी एडिनबर्गमा बसोबास गर्दै युनाइटेड किंगडम फर्किन्। फ्रान्सेली शिक्षिकाको रूपमा कार्यकालको बीचमा सार्वजनिक सहायतामा बाँच्दै उनले लेख्न जारी राखिन्।

ह्यारीपोटर श्रृङ्खलाको पहिलो पुस्तक 'ह्यारीपोटर एन्ड द फिलोसोफर्स स्टोन १९९७', 'ह्यारी पोटर एन्ड द सोर्सरर्सस्टोन'को रूपमा पनि प्रकाशित छ। बच्चा र युवालाई आक्रर्षण गर्दै पुस्तक तत्काल सफलताको रुपमा परिणत भयो।

ज्वलन्त विवरण र एक काल्पनिक कथा रेखाको विशेषता रहेको यस पुस्तकले असम्भव नायक ह्यारी पोटरको साहसिक कार्यलाई पछ्याएको छ, एक एक्लो अनाथ जसले पत्तालगाउँछ कि उ वास्तवमा एक जादूगर हो त्यसैले उ होगवार्ट्स स्कूल अफ विचक्राफ्ट एन्ड विजार्डरीमा भर्ना हुन्छ।

उक्त पुस्तकले ब्रिटिश बुक अवार्डसहित धेरै पुरस्कारहरु प्राप्त गरेको छ। यसका सफल संस्करणहरू ह्यारी पोटर एण्ड द चेम्बर अफ सेक्रेट्स १९९८, ह्यारी पोटर एण्ड द प्रिजनर अफ अजकाबान १९९९, ह्यारी पोटर एण्ड द गोब्लेट अफ फायर २०००, ह्यारी पोटर एण्ड द अर्डर अफ द फिनिक्स २००३, र ह्यारी पोटर एण्ड द हाफ ब्लडप्रिन्स २००५। यसका साथसाथै करिब २०० भन्दा बढी देशहरूमा र लगभग ६० भाषामा उपलब्ध रहेको यो पुस्तक सर्वश्रेष्ठ बिक्रेतापनि भएको हो।

ह्यारी पोटर शृङ्खलाले बालबालिका र युवाहरुमा ठूलो उत्साह जगाउनुका साथै उनीहरुलाई पढ्नमा नयाँ रुचि पैदा गर्ने श्रेय दिएको थियो। पुस्तकको फिल्म संस्करणहरू २००१–२०११ सम्म रिलीज गरियो र विश्वमा शीर्ष कमाउने चलचित्रहरू मध्ये एक बन्न पनि सफल भयो।

रोलिङका अन्य प्रख्यात पुस्तक फ्यान्टास्टिक बिस्ट्स एन्ड व्हेयर टु फाइन्ड देम २००१– जसलाई रोलिङको पटकथा चित्रित गर्ने फिल्म श्रृंखला २०१६, २०१८ मा रूपान्तरण गरिएको थियो। क्विडिच थ्रु द एजेज २००१ र द टेल्स अफ बिडल द बर्ड २००८ यी सबै पुस्तकको उत्पत्ति ह्यारी पोटर र उनका साथीहरूले श्रृंखलाको काल्पनिक संसारमा पढेका पुस्तकहरूबाट भएको हो।

मे २०२० मा, कोरोना महामारीको समयमा, रोलिङले बालबालिकाको नयाँ पुस्तक द इकाबोगलाई निःशुल्क अनलाइनमा क्रमबद्ध रुपमा प्रकाशन गर्न थालिन्, जुन नोभेम्बरमा प्रकाशित भएको थियो। त्यसमा उनले 'सत्य र शक्तिको दुरुपयोग'को अन्वेषणको रूपमा परीकथालाई वर्णन गरेकी छिन्। उनले पछि द क्रिसमस पिग २०२१ प्रकाशित गरिन जुन एक युवकको बारेमा थियो जसले आफ्नो मनपर्ने खेलौना हराउँछ र त्यसपछि यसलाई फेला पार्नकोलागि एक शानदार खोजमा लाग्दछ।

रोलिङले सन् २००१ देखि डा. नील मरेसँग विवाह गरिन् जोसँग उनी अहिले एडिनबर्गमासँगै बस्ने गर्छिन्। यो विवाहपछि उनका एक छोरा डेभिड जन्म २००३ र एक छोरी म्याकेन्जी जन्म २००५ रहेका छन्।

रोलिङले आफ्नो परोपकारी ट्रस्ट– 'भोलान्ट' मार्फत् परियोजना र संस्थाहरूको विस्तृत श्रृङ्खलालाई पनि समर्थन गर्छिन्। जुन–सन् २००० मा परोपकारी संस्थाहरूलाई अनुदान व्यवस्थापन गर्नको लागि स्थापना गरेकी थिइन्।

 मुख्यतया स्कटल्याण्डमा, जसले विशेषगरी महिला र बालबालिकालाई असर गर्ने सामाजिक विचलनलाई कम गर्न मद्दत गर्दछ । उनी लगातार विश्वको सबैभन्दा धेरै कमाउने लेखक मध्ये एक हुन सफल भएकी छन्। 

उनी २०१७ र २०१९ मा 'फोर्ब्स'द्वारा क्रमशः ९५ मिलियन र ९२ मिलियनको शुद्ध आम्दानीसंग संसारको सबैभन्दा धेरै कमाई गर्ने लेखिका नामित भएकी हुन्।

रोलिङले जहिले पनि अरुलाई असफलतालाई कसरी अँगाल्ने र सफलहुनको लागि आफ्नो कल्पना कसरी प्रयोग गर्नेबारे सल्लाह दिन्छिन्।

प्रकाशित मिति: : 2022-07-30 05:00:00

प्रतिकृया दिनुहोस्