राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो।

नागरिकता बिहिन हुने अवस्था अन्त्यका लागि सरकारले  उक्त विधेयक पारित गरेकाे सभापति रामहरि खतिवडाले बताए। 

 समितिबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने उनकाे भनाइ थियाे। 

प्रकाशित मिति: : 2025-06-10 16:43:00

प्रतिकृया दिनुहोस्