
बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपअन्तर्गत सुपर-एटकाे पहिलाे खेलमा सह-आयाेजक अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएकाे छ।
बुधबार राति खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएकाे हाे। दक्षिण अफ्रिकाले दिएकाे १९५ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्रै १७६ रन बनाउन सक्याे।
त्यसक्रममा एनड्रिज गाैसले ८०, हर्मिट सिंहले ३८ र स्टिभन टेलरले २४ रन बनाएका थिए।
अमेरिकालाई पराजित गर्न दक्षिण अफ्रिकाका कागिसाे रवडाले ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेका दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएका थियाे।
त्यसक्रममा क्विन्टन डि कक्ले ७४, कप्तान एइडन मार्कमले ४६ र हेइन्रिच क्लासेनले ३६ रन प्रहार गरेका थिए।
दक्षिण अफ्रिकाकाे याे लगातार पाँचाैं जित हाे। उसले समूह चरणका सबै खेल जितेकाे थियाे।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया