समाजसेवा

देश डुलेको साइकल !

बाह्रखरी

काठमाडाैं

देवेन्द्रका हजुरबा साइकल चढ्थे। उनका बुवा पनि साइकल चढेरै काममा सहर आउँथे। उतिखेर काठमाडौंको उत्तरपूर्वी काँठक्षेत्र आरुबारीका बासिन्दा उनका बा, हजुरबाको हरदमको साथी थियो साइकल।

हजुरबा र बाको सिको गर्दै देवेन्द्रमान सिंह बस्न्यात पनि साइकलसँग जोडिए। उनले सानैमा साइकल सिके। बेला–मौकामा साइकल कुदाउन थाले। त्यति बेला बालाघर थियो बौद्धमा। जहाँ मोहर (५० पैसा) घण्टा साइकल भाडामा लिएर दौडाउँथे। एक मोहरमा भाडा लिएको साइकल मनग्यै घुमाउँथे।

आज उनी प्रोफेसनल साइक्लीस्टका रूपमा परिचित छन्। कहिलेकाहीँ दिनको सय किलोमिटर बढी साइकल चलाउँछन्। कहिले उपत्यकाको पूर्वी क्षेत्र त कहिले पश्चिमी, उनी र उनका साइक्लिस्ट साथीहरू साइकलमा सररर घुमिरहेका हुन्छन्।

केही दिनअघिको एउटा भेटमा देवेन्द्र बस्न्यातले आफ्ना पुराना दिन सम्झिँदै भने, “मलाई सानैदेखि साइकलमा रुचि हो। त्यस बेला सवारी–साधनको सुविधा थिएन। आरुबारीबाट सहर आउन–जान सबैभन्दा उपयुक्त माध्यम साइकल नै थियो। त्यसैले साइकलको विशेष महत्त्व थियो। कुनै काममा साइकल लिएर हिँडेपछि त्यो ठाउँ मात्रै नभएर धेरै ठाउँ पुगिन्थ्यो। धेरै ठाउँ घुमिन्थ्यो। यसरी साइकलमा लत बस्दै गयो।”

प्रकाशित मिति: : 2021-04-10 09:24:00

प्रतिकृया दिनुहोस्