बिएल संवाददाता
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा वर्णानुक्रममा विवाद भएको छ।
पार्टी महासचिव शंकर पोखरेलले ‘ज्ञ’बाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने भनेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाएपछि अन्य नेताहरूले पनि विरोध गरेका हुन्।
यसअघि सदस्यहरूको नामको सुल्टो वर्णानुक्रम ‘अ’बाट बोल्ने अभ्यास भए पनि यसपटक उल्टो वर्णानुक्रमबाट बोल्ने भनेपछि विवाद भएको हो।
विवादपछि खाजा ब्रेक गरेर पुनः बैठक सुरु भएको थियो। उल्टो वर्णानुक्रमअनुसार नै सदस्यहरूले धारणा राख्ने तय भएको छ। उल्टो वर्णानुक्रम अनुसार केन्द्रीय सदस्य हेमराज राईबाट धारणा राख्न सुरु गरिएको छ।
बैठकमा धारणा राख्न प्रत्येक सदस्यलाई ३–३ मिनेटको समय छुट्याइएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया