आफ्नै नाङ्गो तस्वीरले झन्डै ज्यान लिएन, साइबर ब्यूरोले बचायो

Break n Links
Break n Links

घरमै बसेर स्कुलको होम वर्क गरिरहेकी उनले म्यासेन्जरको रिङ आएपछि मोइबाल हेरिन्। म्यासेन्जरका उनका कैयौं नाङ्गा अनि आपत्तिजक तस्विरहरू थिए। उनी त्यहिँ ढलिन्। ब्यूँझिएर सारा म्यासेन्जर गरिन्। आफ्ना ती नाङ्गा तस्विरहरू कहिँकतै र कसैलाई पठाएकी थिइनन्। उनका मोबाइलमै त्यस्ता फोटाहरू थिएनन्।

उनी काठमाडौंको पेप्सीकोलास्थित एक सरकारी विद्यालयमा पढ्छिन्। कक्षा ८मा पढ्दै गरेकी उनी १४ वर्षकी भइन्। कक्षा सातमा पढ्दै गर्दा एक दिन फेसबुकमा उनी जावेद अन्सारीको साथी बनिन्। अन्सारी बंगलादेशी नागरिक हुन्। फेसबुकमा उनीहरूबीच कुराकानी बढ्दै गयो। अन्सारीको अनुरोधमा कहिलेकाहिँ उनले स्कुल ड्रेसमा आफ्ना तस्विरहरू पठाउँथिन्। अनि जावेद भन्थे ‘यस्ती राम्री भएर पनि, अलिअलि शरिर देखि फोटो पठाउन…।’



बहिनीको अश्लील भिडियो ब्वाइफ्रेन्डलाई पठाउँदा 'जिया'माथि बर्सियो साइबर टिपलाइनको डण्डा

प्रेमीलाई रोमान्स गर्न होटलमा बोलाएर प्रेमिकाले नै लगाइन् हत्कडी

उनले जावेदको कुरा वेवास्ता गरिरहिन्। कुराकानी हुने अनि तस्विरहरू पठाउने क्रम एक वर्षसम्म चलिरह्यो। तर उनले कहिल्यै पनि जावेदलाई आपत्तिजनक र अस्लिल तस्विहरू पठाएकी थिइनन्। जब जावेदले उनका तस्विर पठाए अनि पो झसङ्ग भइन्। अब के गर्ने कसो गर्ने? उनको होस नै गुमेजस्तै भयो। 

योसँगै अन्सारीले नाङ्गा फोटाहरू मागेर उनलाई हैरानै पार्न थाले। त्यस्ता फोटाहरू नपठाउने हो भने आफूले ती सबै नाङ्गा तस्विरहरू उनका आफन्त र साथीहरूलाई पनि शेयर गरिदिने धम्की दिन थाले। भित्रभित्र उनी डराइरहेकी थिइन्। तर तस्विरहरू भने पठाइन्। उता जावेदले उनका साथीहरू र आफन्तहरूलाई ती तस्विरहरू पठाइदिन थाले। जो रश्मीकै भने थिएनन्। बरु जावेदले वार्गेनिङ गर्नका लागि उनका ती तस्विरहरू ‘एआइ’बाट बनाएका थिए। आफन्त अनि साथीभाईहरूलाई त्यो तस्विर एआईको भन्ने के थाहा!

यसरी चारैतिर आफ्नो बेइज्जत हुन थालेपछि उनी स्कुलै जान छोडिन्। एक्लै एक्लै टोलाएर बस्ने उनले आत्महत्याको प्रयाससमेत गरिन्। तर दिदीले बचाइन्। 



खुङ्खार लेडी जासुस: १६ वर्षसम्म झुक्याएर अमेरिकी सेनाको गोप्य सूचना क्युवालाई बेचिन्

१७ करोडको ७ किलो ‘काजु’ बोकेर पाँच देश चक्कर मारेका दुई महिला ठमेलको होटलमा समातिए

परिवारकी तीन छोरीहरूमध्ये उनी माइली हुन्। बुवाले अर्की बिहे गरेर छोडेर हिँडेपछि तरकारी पसल गरेर आमाले तीन छोरी हुर्काइरहेकी छिन्। उनको त्यो हालतले दिदीलाई पनि पिरोल्न थाल्यो। आफन्तहरूको सहयोगमा उनी दिदीसहित साइबर ब्यूरोमा पुगिन्। 

प्रहरीले सबै कुरा सुन्यो। अनि सुरुमा उनलाई स्कुलमा घुलमिल र पुन:स्थापनाको पहल थाल्यो। प्रहरीको एउटा टोली उनको विद्यालयमा पुगेर उनका साथीहरू, विद्यालयका शिक्षक अनि अरु विद्यार्थीहरूसँग परामर्श गर्‍यो। उनलाई फेरि पहिलाकै अवस्थामा विद्यालयमा पुन:स्थापना गरायो। अन्सारीलाई पनि खोजेर पक्राउ गर्ने आश्वासन पनि दिलायाे। तर नेपाल प्रहरीका लागि याे काम कम्ता चुनौतीपूर्ण थियाे। किनकि जावेद  विदेशी नागरिक थिए र विदेशबाटै याे काम गरिरहेका थिए। 



११ ‘अपराधी ग्याङ’, जोसँग अमेरिकादेखि जापान डराउँछ

यी भाइ जसले 'नाङ्गो' फोटो देखाएर दिदीलाई लुटिरहे

साइबर ब्यूरोको प्रारम्भिक अनुसन्धानका क्रममा जावेद अन्सारी भनिएका ती व्यक्तिले बङ्गालदेशहै रहेर त्यस्तो अपराध गरिरहेको देखियो। नेपाल प्रहरीले बङ्गलादेश प्रहरीसँग अन्सारीलाई पक्राउ गर्नका लागि सहयोग माग्यो। अन्सारी बङ्गलादेशको राजधानी ढाकाबाट लगभग ६ सय किलोमिटर टाढा बस्थे। त्यहिँबाट उनले कैयौं बालिकाहरूलाई फेसबुकमा साथी बनाउँथे। उनीहरूसँग कुराकानी गर्थे र धम्क्याउँदै नाङ्गा तस्विरहरू माग्थे। बङ्गलादेशको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा उनले त्यस्ता अस्लिल तस्विरहरू पोर्न साइटहरूलाई बेच्ने गरेको खुल्न गयो।  

‘देशभित्रैबाट भएका यस्ता साइबर अपराधका केसमा संलग्न भएकाहरूलाई हामीले पक्राउ गरिरहेका हुन्छौं। तर यो केस अन्तर्राष्ट्रिय थियो। विदेशमा बसेर नेपाली चेलीहरूको चरित्र हत्या गर्ने र अश्लील हर्क गर्न लगाउन काम भइरहेको थियो’ साइबर ब्यूरोका प्रमुख डिआइजी नविन्द्र अर्याल भन्छन् ‘यो अपरेशन निकै चुनौतीपूर्ण थियो। हामीले बङ्गलादेश प्रहरीको सहयोगमा अपराधीलाई पक्राउ गर्न सफल भयौं।

जावेदलाई अहिले बङ्गलादेश प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यता साइबर ब्यूरो भने त्यस्ता किसिमका अपराधहरूबाट बचाउनका लागि सचेतना फैलाइरहेको छ। 



रोयल बैंक अफ क्यानडाको ‘सिइओ’ बनेर डडेलधुराका शाहीले ९३ लाख खाए

चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे,अन्तिममा भारतीय नागरिकलाई सुम्पे

‘यस्ता अपराधबाट पीडित बालिकाहरूलाई अहिले हामीले काउन्सेलिङ गरिरहेका छौं। उहाँहरूका परिवार अनि साथीभाई तथा विद्यालयमा पुन:स्थापना गराउनका हामीले साइबर अपराधविरुद्ध सचेतना दिने र उहाँहरूलाई सम्झाउने बुझाउने गरिरहेका छौं’ ब्यूरोका प्रवक्ता एसपी दीपक वस्ती भन्छन् ‘यसरी हामीले आत्महत्याको स्थितिसम्म पुगिसकेका पीडितहरूलाई फेरि लयमा फर्काएका छौं र उहाँहरूलाई सचेत पनि गराइरहेका छौं।’ 

ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीका अनुसार यस्ता पीडामा रहेका बालबालिकालाई पुन:स्थापना गर्नु निकै चुनौतीपूर्ण काम हो। अपराधका यस्ता हर्कतले उनीहरूको मानसिकतामा गहिरो चोट पर्छ। परिवार, साथीभाई अनि आफन्तको डरले उनीहरूले यस्ता कुरा शेयर गर्न सकिरहेका हुँदैनन्। बरु भित्रभित्र मानसिकरुपमा ग्रसित भइरहेका हुन्छन्। 

‘अहिले हामीले यस्तै पीडा भोगेकाहरूलाई अनि उनीहरूको परिवार, समाज र विद्यालयका शिक्षक विद्यार्थीहरूलाई समेत सँगै राखेर काउन्सेलिङ गरिरहेका छौं’ उनी भन्छन् ‘त्यस्ता धेरै पीडितहरू अहिले परिवार अनि समाजमा घुलमिल भएको देख्दा हामीलाई पनि सन्तोष लाग्छ।’ 
 

प्रकाशित मिति: : 2025-01-22 19:40:00

प्रतिकृया दिनुहोस्