प्रेमीलाई रोमान्स गर्न होटलमा बोलाएर प्रेमिकाले नै लगाइन् हत्कडी

फाेटाेसप गरिएकाे सांकेतिक तस्बिर
फाेटाेसप गरिएकाे सांकेतिक तस्बिर

रामेछाप घर भई हाल काठमाडौँमा बस्दै आएकी सम्झना (नाम परिर्वतन) करिब तीन वर्ष लाइन्स क्लबको सदस्य बनिन्। उनी क्लबको सदस्य भएको केही समयपछि नेपालमा कोरोना महामारी भित्रियो। त्यसपछि सम्झनाले क्लबको आवरणमा दुःखमा परेकालाई सहयोग गर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्न थालिन्।

त्यसपछि सम्झनाका फलोअर्स बढ्न थाले। उनी सामाजिक सञ्जाल फेसबुकमा लोकप्रिय भइन्। त्यसै सिलसिलामा स्याङ्जाकाे पुतलीबजारका नन्दलाल शर्मासँग सम्झनाको फेसबुकमा भेट भयो। पेसाले इन्जिनियर बताउने शर्मा र सामाजिक अभियन्ता बताउने सम्झनाबीच बिस्तारै कुरा बाक्लो हुँदै गयो। त्यसपछि शर्माले सम्झनाको अभियानलाई साथ दिए।



आफ्नै फोटो फेसबुकमा राख्दा आर्यालाई परेको फसाद...

कोरोनाकालमा शर्माले केही खाद्यान्न किनेर सम्झनालाई दिए। त्यसपछि उनीहरुको सम्बन्ध झनै गाढा भयो। सम्झनाले घर बनाउन थालिन् त्यसमा पनि शर्माले साथ दिए। बिस्तारै उनीहरु प्रेम सम्बन्धमा परे।

शर्माको मायाजालमा परेपछि सम्झनाले घरमा श्रीमानसँग झगडा गर्न थालिन्। उता शर्माले सम्झनालाई उस्काउँदै यस्ता श्रीमानसँग के बसेको भन्दै सम्झनाबिना बस्न नसक्ने भन्दै फकाउन थाले। त्यसपछि उनीहरुको सम्बन्ध झनै गाढा भयो।

त्यही बिचमा उनीहरुले होटलमा पनि रात बिताउन थाले। होटलमा बस्दा सम्झनालाई थाहा नदिएर शर्माले उनका नग्नतस्बिर खिचेर राखेका रहेछन्। शर्माले सम्झनालाई धेरै भेट्न खोजेपछि उनी तर्किन थालिन् र उनीहरुको सम्बन्धमा चिसाेपना आउन थाल्यो। बोलीचाली पनि पातलियो। त्यसपछि शर्माले सम्झनाले प्रयोग गर्दै आएको ह्याट्सएपमा होटलमा बस्दाको नग्नतस्बिर पठाउन थाले।



यी भाइ जसले 'नाङ्गो' फोटो देखाएर दिदीलाई लुटिरहे

त्यति मात्र हाेइन उनले नानाथरिका एसएमस पठाउन थाले। खासमा शर्माले सम्झनालाई धम्काएर भेट्न बोलाउने र यौनसम्पर्क गर्ने सोच बनाएका थिए। सम्झनाले शर्मालाई वास्ता गरिनन्। त्यसपछि शर्माले पालैपालो सम्झनाका आफन्तलाई ती नग्नतस्बिर पठाउन थाले। त्यसपछि समाजसेवी सम्झनाको सबैसँग सम्बन्ध टुट्यो। आफन्तले हेर्ने नजर फरक भयो। त्यसपछि उनी विक्षिप्त हुँदै नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगिन्। शर्माले सम्झना ब्यूरोमा पुगेको सुइँको पाए। अनि पाेखरा हानिए।

ब्यूरोले उनी पोखरामै भएको पत्ता लगायो। त्यसपछि सम्झनालाई ब्यूरोले शर्मालाई सम्पर्क गर्न लगायो। सम्झनालाई शर्माले पोखरामै बोलाए, उतैबाट टिकट काटेर पठाए। त्यसपछि सम्झना जेठ २ गते पोखरा पुगिन्। पोखरा विमास्थलमा लिन आउने भनेका शर्मा प्रहरी पछि लागेको शंका गर्दै विमानस्थल आएनन्।

सम्झनालाई एक होटलको लोकेसन पठाएर जान भने। सम्झना शर्माले भनेझै उक्त होटल भएको ठाँउमा पुगिन्। शर्मा त्यहाँ थिएनन् र होटल बुक पनि गरेका थिएनन्। त्यसपछि उनले फेरि लेकसाइटको एक होटलमा बोलाए। त्यति गरुन्जेल बेलुकाको ७ बजेको थियो। लेकसाइटको एक होटल उनले सम्झनाकै नाममा बुक गरेका थिए।



एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित

बल्लतल्ल उनी ७ बजेतिर होटलको कोठामा पुगे। सम्झनासँग रोमान्स गर्ने तयारीका साथी होटलको कोठामा छिरेका शर्माको हातमा प्रहरीले हतकडी लगायो। त्यसपछि पोखरा प्रहरीले थप कारबाहीको लागि ब्यूरोको जिम्मा लगायो। अनुसन्धान गर्दै जाँदा शर्मा नक्कली इन्जिनियर भएको खुल्यो। त्यति मात्र होइन, उनले इन्जिनियरको आवरणमा धेरैलाई ठगी गरेको समेत खुल्न आएको छ। यद्यपि, उनीबाट ठगिएका अहिलेसम्म प्रहरी कार्यालयमा पुग्न भ्याएका छैनन्।

‘सामाजिक सञ्जालबाट सम्बन्ध गाँस्नेहरुले धेरै सोच्नुपर्छ,’ ब्यूरोका प्रमुख एसएसपी नविन्द्र अर्यालले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘पछिल्लो समयमा यस्ता समस्या धेरै छन्।’

उनकाअनुसार पछिल्लो समयमा सामाजिक सञ्जाललाई हतियार बनाएर धेरै यस्ता घटना घट्न थालेका छन्। साइबर अपराधले नेपालमा जरा गाड्न थालेको छ। यसमा हामीले केही कदम चाल्नैपर्छ। साइबरकै माध्यामबाट अहिले चेलीबेटीको इज्जत मात्र लुटिने काम भएको छैन, ठुला ठुला आर्थिक अपराध पनि साइबरकै माध्यामबाट भएका छन्।



फेसबुकले झण्डै ‘डिभोर्स’ गरायो

यसलाई रोक्न राज्यको ठोस नीति हुनुपर्छ र ब्यूरोलाई आवश्यक दक्षजनशक्तिसंगै स्रोत साधनको ब्यवस्था गर्नुपर्छ। सामाजिक सञ्जालबाट हुने ठगी र अपराधका घटनाहरुको उजुरी गर्नेहरु अहिले ब्यूरोमा खचाखच भरिन थालेका छन्।

केही समययता सामाजिक सञ्जालमार्फत् हुने ठगी तथा विभन्नि समस्याहरु बढ्न थालेको ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्कीले बताए। ‘शर्मा त एक उदाहरण मात्र हुन्, यस्ता घटना दैनिक आएका हुन्छन्,’ उनले भने। यस्ता घटना हुन नदिन सामाजिक सञ्जाल प्रयोगकर्तासमेत सचेत हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-05-23 20:40:00

प्रतिकृया दिनुहोस्