आफ्नै फोटो फेसबुकमा राख्दा आर्यालाई परेको फसाद...

‘तपाईं यति राम्री ! फेरि परिवार पनि राम्रो छ तर तपाईंको मैलै अस्ति एउटा फोटो देखेँ । त्यो साह्रै नराम्रो मात्र होइन, अश्लील पनि थियो।’

आर्याले एक दिनअघि मात्र फेसबुकमा पोस्ट गरेको फोटोको 'कमेण्ट' र लाइकमा हेर्दै गर्दा झट्ट यही 'कमेण्ट'मा आँखा राेकियो।

को होला यस्तो 'कमेण्ट' गर्ने ?

उनले मानिस चिन्न सकिनन् तर ती व्यक्तिले गरेको 'कमेण्ट'ले भने आर्याको टाउको नै घुमायो। नघुमाओस् पनि कसरी,'कमेण्ट'मा आर्याको चरित्रमाथि नै प्रश्न उठाइएको थियो।

विवाहित आर्या राणाका लागि एकाएक ठूलो बज्रपात आइलाग्यो। कुन फोटो होला? ती व्यक्तिले कहाँ देखे होलान्?  फेरि खिच्दै नखिचेको फोटो कसरी उनीसँग पुग्यो होला? आर्याको मनमा केही मिनेटभित्र नै अनेक तर्कना नाच्न थाले।

अब के गर्ने? परिवारलाई सुनाऊँ, के भन्ने होलान्। नसुनाऊँ मनभरि पीर लिएर कसरी बस्ने?

एक दिन त 'के गर्ने होला' भन्दै सोच्दै बित्यो। भोलिपल्ट आर्याले जसले कमेन्ट गरेको थियो, उसैलाई 'म्यासेज' गरिन्।

‘तपाईंले कस्तो फोटो भन्नु भएको ? अब के गर्ने?’


अमेरिका उड्न लागेकी अनिता पङ्खामा पासाे लगाएर किन झुन्डिइन् ?

यी भाइ जसले 'नाङ्गो' फोटो देखाएर दिदीलाई लुटिरहे

आर्याले यति सोधेपछि ती व्यक्तिले तुरुन्तै जवाफ फर्काए– फोटो हटाउने हो भने रकम चाहिन्छ, दिन तयार हुनुहुन्छ?

उनको जवाफले उनी फोटोको लागि 'बार्गेनिङ' गरिरहेका थिए। उनीहरूबीचको यो सवालजवाफ केही घण्टामा सकिएन। केही दिनसम्म नै आर्या र ती व्यक्तिबीच म्यासेन्जरमा जुहारी नै चल्यो।

अब आर्याले सबै ढोका बन्द भएको सम्झिन थालिन्। पैसा दिएर फोटो हटाउन भन्नेबाहेक अन्य उपाय देखिनन्। उनी रकम दिएर उम्किने निष्कर्षमा पुगिन्।

000

गत साता नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमा एउटी युवतीले हताश मोडमा फोन गरिन्। उनको फोन रिसिभ गर्दा लाग्थ्यो– केही ठूलै वित्यास परिसकेको छ।

फोन आएको केही मिनेटसम्म ती युवतीले कुरा खोल्न ग्राहो  मानिरहिन्। त्यति भएपछि  ब्यूराेका अधिकारीले बुझिहाले– उनी गम्भीर समस्याबाट गुज्रिरहेकी छिन्।

बिस्तारै कुरा गर्दै जाँदा उनले सामाजिक सञ्जाल– 'फेसबुक' का कारण आफू निकै हैरानीमा परेको बेलिबिस्तार सुनाउन थालिन्। त्यसरी फोन गर्ने अरू कोही थिएन, उनै आर्या राणा (नाम परिवर्तन) थिइन्। राणा खानदानकी युवती, माइती सरहकै सँग बिहे गरेकी छन्।

पैसा दिने निर्णयमा पुगेकी आर्याले त्यो कुरा आफ्नो मिल्ने साथीलाई सुनाएपछि प्रहरी कहाँ फोन गरेर सुनाएकी थिइन्।

‘फोटोमुनि त्यस्तो 'कमेण्ट' देखेपछि म झसङ्ग भएँ, घरमा भनौँ के भन्लान् । नभनौँ त्यो मान्छेले भनेको जस्तो भोलि कहीँ कतै कसैले केही गरिदेला भन्ने डर,' आर्याले ब्यूरोका अधिकारीलाई सुनाइन्।

उनका अनुसार, ती व्यक्तिले आर्यालाई सुरुमा फोटो डिलिट गर्ने उपाय आफूसँग भएको बताए। अनि आर्याले भनिन्, 'मैलै त्यस्तो कुनै पनि राखेको थिइनँ, खै हेरौँ।'


एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित

फेसबुकले झण्डै ‘डिभोर्स’ गरायो

त्यसपछि ती व्यक्ति केही समय हराए। केही दिनपछि उनलाई जिस्काउन थाले। आर्यालाई उनको त्यो व्यवहार मन परेको थिएन। त्यसैले जिस्काउँदा झपारिन्।

अनि फेरि शैली परिवर्तन गर्दै आर्यालाई नानाभाँती भन्न थाले। त्यही तनावमा रहेका बेला आर्याले आफ्नो मिल्ने साथीलाई घटनाक्रम सुनाएकी थिइन्।

राणा त एक प्रतिनिधि पात्र मात्र हुन्। अहिले नेपाल प्रहरीको साइबर ब्यूरोमा दैनिक १० वटाभन्दा बढी यस्ता समस्या आउने गरेका छन्। ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बिएल नेपाली सेवासँग भने,'सामाजिक सञ्जालको दुरुपयोग बढ्न थाल्यो।'

एसएसपी अर्यालको अनुभवमा सामाजिक सञ्जालको दुरुपयोग अत्ति नै भएको छ। 'ठग गिरोहले भिन्नाभिन्नै जुक्ति लगाएर ठगी गर्दै आएका छन्। समस्या देखिनेबित्तिकै हाम्रो सम्पर्कमा आए सहज ढङ्गले समस्या हल गरिन्छ।'

पछिल्लो समयमा यस्तो जुक्ति लगाएर मान्छेलाई ठगी गर्ने प्रवृत्ति समाजमा बढ्न थालेको ब्यूरोका अधिकारीको भनाइ छ। अनुसन्धान अधिकारीका अनुसार, यसरी ठगिने र पीडित हुनेमा प्राय:जसो विवाहित र व्यापारिक घरानाका युवती तथा महिलाहरू हुने गरेका छन्।

पछिल्ला दिनमा  यस्ता समस्या आएको ब्यूरोमा कार्यरत प्रहरी निरीक्षक राजकुमार खड्कीले बताए। ‘पीडितको मनसाय बुझेर गिरोहले उनीहरूसँग बार्गेनिङ गर्ने गरेको देखियो। गिरोहको धम्कीले हैरान भएका कतिपयलाई हामीले कार्यालयसम्म नआएरै पनि समस्याको समाधान गरेका छौँ’, उनले भने।


दिपाश्रीलाई सुत्न नदिएका १४ वर्षीय ह्याकर: जो ९ कक्षामा पढ्छन् 

सुन्दर युवती भिडियो कलमा ‘नाङ्गै’ देखिएपछि...

पछिल्लो समय यो समस्या बढेको भन्दै कसैले फेसबुकमा 'कमेण्ट' गरेकै भरमा कसैले केही भनेर आफूतिर आकर्षण गर्न खोजे विचार गर्न एसएसपी अर्यालको सुझाव छ।

'सामाजिक सञ्जाल प्रयोग गर्दा तपाईं हाम्रो प्रोफाइल कसैले 'कमेण्ट' गर्यो अथवा कुनै माग राख्यो भने हामीलाई भन्नुहोला। हामीले समस्याको समाधान खोज्नेछौँ। तपाईंहरू कार्यालयसम्म आउन नसक्ने अवस्थामा भए त्यहीँबाट उजुरी गर्नुहोला हामी हेर्नेछौँ', एसएसपी अर्यालले भने।

प्रकाशित मिति: : 2021-11-15 17:07:00

प्रतिकृया दिनुहोस्