
डिल्ली पाण्डे
‘भिडियाे कलमा आउनुहोस् न, कस्तो हेर्न मन लागेको छ।’,सविना (नाम परिवर्तन)ले सानुलाई फेसबुक च्याटमा म्यासेजमा लेखिन्।
डल्लुमा बस्दै आएका २६ वर्षीय सानु पौडेल र सविनाको चिनजान भएको लामो समय भएको छैन। तर उनीहरू यसरी नजिकिएका छन् की, लाग्छ उनीहरूको सम्बन्ध धेरै पुरानो हो।
दुई साताअघि फेसबुकमा नै भएको भर्चुअल सम्बन्धको कारण सानुले सविनाको कुरा नकार्न सकेनन्।
फेरि कुरा पनि सामान्य थिएन। फेसबुकबाट नै उनीहरूबीच 'सेक्सुअल' कुराकानीसम्म पुगेको थियो। आफूभन्दा १० वर्ष कान्छी उमेरकी सविनासँगको कुराकानीमा सानु चुर्लुम्म डुबेका थिए।
त्यसैले पनि नकार्न सकेनन्। उनीहरूबीच अर्धनग्न भएर 'भिडिओ कल' गर्ने समेत कुरा भएको थियो। नभन्दै सानु अर्धनग्न भएर भिडिओ कलमा आए। असामान्य रूपमा आएका उनीहरूबीच केही सामान्य कुरा भयो। त्यसपछि सविना एक्कासी अफ लाइन भइन्।
किनकि सविनालाई अब कुरा गर्नु थिएन। त्यसको केही दिनमा नै सानु पक्राउ परे। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सानुलाई नियन्त्रणमा लिएको थियो।
सानुलाई पक्राउ गर्न उजुरी दिने अरू कोही थिइनन्, उनै सविना थिइन्।
अहिले सानु साइबर ब्युरोको हिरासतमा छन्। आखिर सहमतिमा नै कुरा गरिरहेका सविनाले सानुलाई एक्कासी किन प्रहरी हिरासतमा पुर्याइन ? त्यसको लागि अझै केही दिन अघिको घटना फर्किनुपर्ने हुन्छ।
आफूले खनेको खाल्डोमा आफै परे सानु
सानुले करिब तीन साताअघि एक नाबालिका अर्थात् सविनालाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँछन्। अपरिचित व्यक्तिले पठाएको त्यो रिक्वेस्ट सविनाले सहजै स्वीकार गर्छिन्। र अब सानु र सविना फेसबुकमा भर्चुअल साथी हुन्छन्।
फेसबुक च्याटमा उनीहरूको कुराकानी सुरु हुन्छ। सानुले च्याटमा सविनाका धेरै जसो कुरा थाहा पाउँथे। जुन कुराले सविना आश्चर्य हुन्थिन्। यतिसम्म कि उनलाई के मन पर्छ, के मन पर्दैनलगायत सबै कुरा सानुले च्याटमा भनिदिन्थे।
सानुका यस्ता कुराहरूले सविनाको मन जितेको थियो। त्यसपछि उनीहरूबीच च्याटको कुराकानी झनैं बाक्लियो। उनीहरूबीच देखाभेट भएको थिएन। फेसबुकमा जति फोटाेहरु थिए, त्यही मात्र देखेका थिए।
सानुले मर्यादा र सीमानै बिर्सिएर यतिसम्म कुराकानी गर्न थाले कि, उनले ती नाबालिकालाई यौनका कुरा गर्न समेत प्रेरित गरे। त्यसपछि भने सविना झस्केकी थिइन्।
सविनालाई मनमा चिसाे पर्यो। उनले एउटा ट्रिक लगाइन् र खेल खेलिन् सानुसँग।
उनले एउटा फेक फेसबुक आइडी बनाइन्। त्यसपछि सानुले झैँ उनले पनि नयाँ बनाएकाे फेक आइडीबाट सानुलाई रिक्वेस्ट पठाइन्।
सानुले पनि तुरुन्तै रिक्वेस्ट एसेप्ट गरे।
फेरी सानु र फेक आइडीबाट बाेलिरहेकी नाबालिका अर्थात उनै सविनाबीच केही साता कुराकानी भए। सविनाले नै अर्को आइडी बनाएर कुरा गरेको सानुले पत्तो पाएनन्।
सानुले केही दिन सामान्य कुरा गरे। तर च्याटमा कुराकानी बाक्लिदैं गएपछि सानुले फेरि उही यौनका कुरा निकाल्न थाले।
त्यही क्रममा सविनाले सानुलाई भिडिओ कलमा आउन भनेकी थिइन्। उनी भिडिओ कलमा आउँदा एकछिन सविनाको होसहवास नै उड्यो- उनै सानु थिए।
वास्तवमा सानुले सुरुमा फेक आइडी बनाएर चिनेकै नाबालिका सविनालाई सेक्सुअल गतिविधिको लागि प्रयोग गर्न खोजेका रहेछन्। तर सविना निकै चलाख र समझदारी निस्किइन्।
उनले सानुले फेक आइडीमा अर्धनग्न भएको भिडिओसमेत मोबाइलमा रेकर्ड गरेकी थिइन्। जुन रेकर्ड प्रहरीको अनुसन्धानको लागि आज प्रमाण बनेको छ। ती नाबालिका अर्थात सविनाकाे यस किसिमको चालखीपूर्ण व्यवहार देखेर प्रहरी नै चकित परेको छ।
उनले आफैँ अनुसन्धानकर्ताझैँ अनुसन्धान गरिन् र प्रमाण जुटाइन्।
'हामी घटनाको अनुसन्धान गरिरहेका छौँ। अभियुक्तलाई थुनामा राखेर कानूनी कारवाही अगाडी बढाएका छौँ', साइवर ब्युरोका एसएसपी नवीन्द्र अर्यालले भने।
सविनाले फेक आइडी बनाएर सानुलाई भिडिओ कलमा आउन नभनेको भए सानुको अनुहार फेक आइडीमा छोपिन्थ्यो।
यदि प्रहरीमा सविनाले यौन हिंसाको उजुरी दिएपछि प्रहरीले फेसबुक आइडीको पहिचान खुलाउन फेसबुकको मुख्यालयमा पत्राचार गर्नु पर्थ्यो। तर सविनाले आफूलाई मात्र सुरक्षित गरिनन्, प्रहरीको अनुसन्धान नै साँघुरो बनाइदिइन्।
नेपालको कानूनमा कुनै पनि नाबालिकालाई सहमतिमा पनि यौन कृयाकलाप गर्न पाइँदैन।
अन्ततः फेक आइडीबाट अपराध गरेर आफ्नो पहिचान लुकाउन तम्सिएका सानुकाे मुखुन्डाे फेक आइडीकै सहायताबाट बाहिर आएकाे छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया