
डिल्ली पाण्डे
नेपाली सेलिब्रिटी कलाकार दिपाश्री दुई साता सुत्न सकिन्न्।
उनको फेसबुक ह्याक भयो। उनले सुरुमा यसलाई सामान्य रूपमा लिइन। तर, आफ्नो फेसबुक आइडी अप्रत्यासित रूपमा चल्न थालेपछि अतालिइन्। अन्ततः उनले नेपाल पुलिसको साइबर सेलसँग सहयोग लिनुपर्याे।
उनलाई दुई सातादेखि दुःख दिने ती व्यक्ति प्रहरीको लामो अनुसन्धानपछि पक्राउ परेका छन्। तर रोचक कुरा, उनलाई दुःख दिने ती व्यक्ति कुनै ठूलो ‘टेक्नोक्र्याट’ नभएर पर्साका १४ वर्षीय एक किशोर रहेछन्।
कक्षा ९ मा अध्ययनरत यी किशोरले मोबाइलबाटै दिपाश्री, सरोज खनाल, दयाराम दाहाललगायत कलाकारलाई दुःख दिएका रहेछन्। उनले यी कलाकारको फेसबुक आफ्नो मोबाइलबाट ह्याक गरेका हुन्।
दिपाश्री दिनमा सयौं आफ्ना सुभेच्छुकसँग सामाजिक सञ्जालमा जोडिने गरेकी छिन्। तर, दुई साता आफ्नो फेसबुक आइडी अर्केको कब्जामा हुँदा उनी छटपटिन पुगिन्। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार दिपाले सुरुमा यो कुरालाई हल्का लिएकी थिइन।
‘उहाँलाई पहिले त केही बिग्रियो होला भन्ने लागेछ। तर, फेसबुक चलेको चलै गरेपछि कसले चलायो भनेर हामी कहाँ अतालिएर आउनुभयो। अनुसन्धान गर्दै जाँदा १४ वर्षीय फुच्चे भेटेर हामी पनि चकित परेका छौं,’ ती प्रहरी अधिकारीले भने।
दिपाले जस्तै दयाराम पाण्डेले पनि फेसबुक ह्याक भएपछि प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए। अर्का कलाकार सरोज खनालको पनि फेसबुक ह्याक भएको थियो।
‘यी ह्याकरले बरिष्ठ कलाकार सरोज खनाललाई पनि यसरी नै तनाव दिएका रहेछन्। अझ उनले खनालको म्यासेन्जरबाट आफन्त तथा फ्यानसँग आर्थिक अभाव भएको भन्दै म्यासेज पठाएका रहेछन्,’ ती अधिकारीले भने, ‘कतिपयले ह्याकरले दिएको बैक खातामा रकम ट्रान्सफर गरेका छन्।’
नाम चलेका कलाकारले पैसा माग्दा सहजै पैसा उठ्ने भएका कारण पनि किशोर ह्याकरले त्यस्तो गरेको हुनसक्ने प्रहरीले जानकारी दियो। ‘यो सहज बाटो हो। ह्याकरले यही उपाए लगाए,’ ती अधिकारीले भने।
दिपाश्रीको उजुरीमा पक्राउ परेका ह्याकर पर्साका हुन्। उनलाई २३ चैतमा प्रहरीले पर्साबाटै पक्राउ गरेको थियो।
‘दुई साता ह्याकरले दिपाको म्यासेन्जरबाट को-कोसँग कुरा गरे? यस बारेमा अनुसन्धान जारी छ,’ ब्युरोका प्रवक्ता एसएसपी नरेन्द्र अर्यालले बिएल नेपाली सेवालाई बताए, ‘पक्राउ परेका ह्याकर नाबालक भएका कारण नाम गोप्य राखेका हौं।’
को हुन १४ वर्षे ह्याकर ?
नामुद कलाकारको फेसबुक ह्याक गर्ने ह्याकर को होलान्? कौतुहलता जाग्नु स्वभाविक हो।
प्रहरीका अनुसार पक्राउ परेका किशोर पब्जी खेल्न पनि माहिर छन्। उनी स्थानीय स्कुलमै ९ कक्षामा अध्ययनरत छन्। ‘यति सानो उमेरमा मोबाइलबाट धेरै ब्यक्तिको खाता ह्याक गर्नु चानचुने कुरा हैन। यसलाई गम्भीरताका साथ लिएका छौं,’ एसएसपी अर्यालले भने।
प्रहरीले ह्याक गर्ने बालकको पछाडि अन्य ब्यक्ति हुनसक्नेतर्फ पनि अनुसन्धान बढाएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया