कमल विक
जुसमा नशालु पदार्थ मिसाएर दुई वर्षदेखि लुट्दै आएका एक व्यक्ति यसै साता पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको साँगाचोक घर भएका अर्जुनबहादुर केसी चैत २३ गते सोमबार काठमाडौँको सुन्धाराबाट पक्राउ परेका हुन्।
उनले जुसमा नशालु पदार्थ मिसाएर मानिसलाई बेहोस पार्दै लुट्ने गर्थे। उनले हालसम्म एक दर्जन बढी मानिसलाई लुटिसकेका थिए। उनी हाल भक्तपुरको धुञ्चेपाखामा बस्दै आएका थिए।
केसी पनौतीस्थित पिसहोम सुधार केन्द्रका कर्मचारी पनि हुन्। उनले जग्गा किनबेचको काम पनि गर्दै आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बिएल नेपाली सेवालाई बताए।
‘लामो समयदेखि उनी जुसमा नशालु पदार्थ मिसाएर मानिसलाई खुवाउने र बेहोस भएपछि लुट्ने गर्दथे,’ एसएसपी सिंहले बताए।
प्रहरीले यसअघि नै उनको विषयमा सुचना पाएको थियो। तर, यसलाई गोप्य राख्दै उनीमाथि निगरानी बढाएको थियो। केसीले खासगरी चाडपर्व वा मानिस भिडभाड हुने ठाउँमा कुरेर मान्छे लुट्ने गर्दथे।
‘उनी गरगहना तथा बहुमूल्य सामान भएका मानिसलाई नजिक बनाएर नशालु पदार्थ खुवाउने र बेहोस बनाएर लुट्ने गर्थे,’ एसएसपी सिंहले भने।
केसीले अनुसन्धानका क्रममा आफ्नो अपराध स्विकार गरिसकेका छन्। ‘दुई वर्षमा दर्जनभन्दा बढिलाई बेहोस बनाएर लुटेँ,’ केसीको बयानमा उल्लेख छ।
प्रहरीले केसीविरूद्ध हाल अभद्र व्यवहारसम्बन्धि मुद्धा दर्ता गरेर अनुसन्धान थालेको छ। केसीसँगै यो अपराधमा अरु पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया