
कमल विक
जुसमा नशालु पदार्थ मिसाएर दुई वर्षदेखि लुट्दै आएका एक व्यक्ति यसै साता पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको साँगाचोक घर भएका अर्जुनबहादुर केसी चैत २३ गते सोमबार काठमाडौँको सुन्धाराबाट पक्राउ परेका हुन्।
उनले जुसमा नशालु पदार्थ मिसाएर मानिसलाई बेहोस पार्दै लुट्ने गर्थे। उनले हालसम्म एक दर्जन बढी मानिसलाई लुटिसकेका थिए। उनी हाल भक्तपुरको धुञ्चेपाखामा बस्दै आएका थिए।
केसी पनौतीस्थित पिसहोम सुधार केन्द्रका कर्मचारी पनि हुन्। उनले जग्गा किनबेचको काम पनि गर्दै आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बिएल नेपाली सेवालाई बताए।
‘लामो समयदेखि उनी जुसमा नशालु पदार्थ मिसाएर मानिसलाई खुवाउने र बेहोस भएपछि लुट्ने गर्दथे,’ एसएसपी सिंहले बताए।
प्रहरीले यसअघि नै उनको विषयमा सुचना पाएको थियो। तर, यसलाई गोप्य राख्दै उनीमाथि निगरानी बढाएको थियो। केसीले खासगरी चाडपर्व वा मानिस भिडभाड हुने ठाउँमा कुरेर मान्छे लुट्ने गर्दथे।
‘उनी गरगहना तथा बहुमूल्य सामान भएका मानिसलाई नजिक बनाएर नशालु पदार्थ खुवाउने र बेहोस बनाएर लुट्ने गर्थे,’ एसएसपी सिंहले भने।
केसीले अनुसन्धानका क्रममा आफ्नो अपराध स्विकार गरिसकेका छन्। ‘दुई वर्षमा दर्जनभन्दा बढिलाई बेहोस बनाएर लुटेँ,’ केसीको बयानमा उल्लेख छ।
प्रहरीले केसीविरूद्ध हाल अभद्र व्यवहारसम्बन्धि मुद्धा दर्ता गरेर अनुसन्धान थालेको छ। केसीसँगै यो अपराधमा अरु पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया