बिएल संवाददाता
गैरआवासिय नेपाली संघ (एनआरएन) को दक्षिण कोरिया च्याप्टरका पूर्वअध्यक्ष केपी सिटौला नक्कली हवाई टिकट मुद्धामा घेरिन पुगेका छन्।
आउँदो ९ अप्रिलमा नेपाली श्रमिकलाई नेपाल फर्काउने भनेर प्रति व्यक्ति १ हजार ९८ डलर लिएर नक्कली टिकट बेचेको आरोप उनीमाथि लागेको छ।
उनले आफैँले सञ्चालन गरेको नेपाल टुर कम्पनी र लिंक एसिया टुर्सले एसियाना एअरलाइन्सको विशेष चार्टर्ड उडानको टिकट भन्दै महंगो शुल्कमा नेपाली श्रमिकबाट पैसा असुल गरेका थिए।
तर, अन्तिम समयमा नेपाल सरकारले स्विकृति प्रदान नगरेको भन्दै फ्लाइट रद्द गर्नुपरेको ट्राभल्सको तर्फबाट सूचना निकालिएको छ।
यसले नेपाल फर्किन लागेका सबै श्रमिक विचल्लीमा परेका छन् भने नेपाल सरकारसँग स्विकृति नै नलिकन सिटौलाले महंगो रकममा नक्कली टिकट नेपाली श्रमिकलाई भिडाएको पुष्टि भएको छ।
चार्टर्ड उडानका लागि सर्वप्रथम नेपाल सरकारबाट अनिवार्य स्विकृति लिनुपर्छ। सिओलस्थित नेपाली दुतावासका कार्यवाहक राजदूत रामसिंह थापाले यस विषयमा आफू जानकार नभएको बताए।
याे पनि...
उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, ‘हामीले कसैलाई सिफारिस दिएका छैनौं, पर्यटन मन्त्रालयले स्विकृति दिने हो। यसमा दुतावासको भूमिका हुँदैन।’
सिटौलाको ट्राभल्सले सार्वजनिक गरेको सूचनामा नेपाल सरकारको पर्यटन मन्त्रालयले स्वीकृति नदिइएको स्पष्ट बताएको छ।
एनआरएनए दक्षिण कोरियाका वर्तमान अध्यक्ष यज्ञराज सुवेदीले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, ‘९ अप्रिलमा कोरियाबाट नेपाल सिधा उडान गर्ने भनेर टिकट बेचिएको रहेछ। सिधा उडान भएको हुनाले सबैले कोरियन एयर सोचेर टिकट काटेका रहेछन्। पछि टिकट एसियाना एयरलाइन्सको भएको पत्ता लाग्यो। अहिले दिएको टिकट सबै फर्जी रहेछ।’
सिटौला भने यस विषयमा मौन छन्। उनी यतिबेला सम्पर्कबिहिन भएर बसेका छन्।
महंगो मूल्यमा फर्जी टिकट पाएका नेपाली श्रमिक भने यतिबेला के गर्ने भनेर इन्तु नचिन्तुको अवस्थामा छन्। टिकट काटिसकेका धेरै जसो श्रमिकहरूको यही १० तारिखदेखि भिसाको म्याद समाप्त हुँदैछ।
कोरियन कम्पनीसँगको सम्झौता सकिएपछि धेरै नेपाली देश फर्किने तरखरमा थिए। १० तारिखदेखि कम्पनीले उनीहरूको बस्ने र खाने कुनै पनि जिम्मा लिनेछैन। यस्तो अवस्थामा के गर्ने भन्ने अन्यौलमा सबै श्रमिक छन्।
सिटौलाले चार्टर्ड उडानको स्विकृतिका लागि दुतावासमार्फत नेपाल सरकारसमक्ष सिफारिस गरिदिन एनआरएनए कोरियासमक्ष अपिल गरेका थिए।
तर, एनआरएनएले चार्टर्डमार्फत उद्धार गर्नुपर्ने अवस्था नभएकोले पत्र लेख्न अस्वीकार गरेको थियो। यसपछि सिटौलाले त्यहाँ मृत्यु भएका एक श्रमिकको शव पठाउने बहाना बनाएर चार्टर्ड उडानको अनुमति माग्न खोजेका थिउ। यसमा पनि एनआरएनए ‘कन्भिन्स’ भएन।
सिटौलाले एसियाना एयरलाइन्समार्फत सस्तो दरमा नेपालीलाई देश फर्काउन लागेको भन्दै पहिले सिओलस्थित नेपाली दुतावासमा निवेदन हालेका थिए।
यतिबेला प्रति व्यक्ति ८ सय ५० अमेरिकी डलर तोकिएको थियो। तर, पछि स्विकृति नपाइसकेको अवस्थामा पनि उनले प्रति व्यक्ति १ हजार ९८ डलर उठाए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया