बिएल संवाददाता
जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै आक्रोश पोखेका छन्।
गुरुङले सामाजिक मार्फत धारणा राख्दै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’को संज्ञा दिँदै काम गर्न नसके राजीनामा दिन चेतावनी दिएका हुन्।
गुरुङले जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही नगरी आन्दोलनकारीहरूविरुद्ध लागेको भन्दै आक्रोश पोखेका हुन्।
‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन। देशभरबाट ‘हत्यारालाई कारबाही गर,’ ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ भनेको सुन्ने तपाईं गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।’
उनले गृहमन्त्री अर्यालसँग आशा मारिसकेको भन्दै सहिदहरूको रगत, नेपाल र नेपालीको आशा र आँसु सम्झन आग्रह गरे।
उनले आफूहरूको आन्दोलन ०८४ को चुनाव ०८२ मा सार्नका लागि नभएको भन्दै जेनजीका माग पूरा नभए चुनाव हुन नदिने चेतावनीसमेत दिए।
‘चुनावको नाटक नचलोस्। ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो। नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन,’ उनले भने।
उनले प्रधानमन्त्री कार्कीको प्रिय पात्र बनेर कुर्सी नजोगिने चेतावनी दिँदै जेनजीले जे म्यान्डेट दिएका थिए सोहीअनुसार काम गर्न निर्दशन दिए।
‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्र भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो,’ गुरुङले भने।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया