मङ्गलबार, २८ अक्टोबर २०२५

विवादमा नेपाली सेना, यस्तो छ इतिहास

News Image
• • •

पश्चिमी दर्शनमा सेना सन्दर्भ

प्लेटोले पुस्तक रिपब्लिकमा राज्यको संरचना चार वर्गमा विभाजन गरी शासक, सहायक, उत्पादनकर्ता र सैनिक वर्ग बनाई राज्यको सुरक्षा र न्याय लागू गर्नका लागि अनुशासित, साहसी, र धर्मनिष्ठ सेना हुनु आवश्यक छ। सेना केवल युद्धको लागि होइन, न्यायिक राज्यको स्थायित्व सुनिश्चित गर्नकालागी शिक्षा र अनुशासन भएका सेना आधार मानेका थिए।

अरिस्टोटलले पुस्तक पोलिटिक्समा एक राज्यको स्थायित्वको लागि बलियो सेना आवश्यक छ, तर यो नागरिक स्वतन्त्रता र न्यायको संरक्षणमा सन्तुलित हुनुपर्छ। सेना राज्यको औजार हो तर शासन र न्यायविनाको प्रयोग खतरनाक हुन्छ। युद्ध शक्ति र नागरिक अधिकारबीच सन्तुलन आवश्यक हुन्छ।

सिसेरोले पुस्तक डी अफिसियलमा सेनालाई राज्यको सेवा गर्ने संस्था मानी सैनिक केवल बलको माध्यम मात्र होइन, नैतिकता र कर्तव्य पालन गर्ने साधन हुनुपर्छ।

मेकियाभेलीले पुस्तक द प्रिन्समा सेना राज्यको सबल र स्वतन्त्र अस्तित्वको आधार भनेर देखाउँछन्। राज्यको स्थायित्व आफ्नै बल (सेना) मा निर्भर छ तर भाडा सैनिकमा होइन। अनुशासन, निष्ठा, र युद्धकौशल सेनाका प्रमुख गुण  हुन्।

कार्ल भान क्लाउसेविट्ज पुस्तक अन वारमा सेनालाई राजनीतिक साधनको रूपमा देखिन्छ। ‘युद्ध राज्यको राजनीति गर्ने अर्को माध्यम हो।’ सेना केवल युद्धको साधन होइन, राजनीतिक लक्ष्य प्राप्त गर्ने उपकरण हो। शक्ति, रणनीति, र राज्यहित प्राथमिक हो। 

पश्चिमी दर्शनमा सेना केवल युद्धको उपकरण होइन। राजनीति, न्याय, राज्य सुरक्षा, अनुशासन र नैतिकतासँग सेना जोडिएको छ। प्रारम्भिक ग्रीक रोमन दर्शनमा अनुशासन र राज्यहित मुख्य, मध्यकालीन र आधुनिक युरोपमा राजनीतिक साधन र स्वतन्त्रता प्रमुख मानिन्छ।

कुरानमा सेना सन्दर्भ  

कुरानमा सेना र सैनिकहरूको उल्लेख गरिएको छ। कुरानमा सेना र सैनिकहरूको सन्दर्भलाई विभिन्न स्थानमा उल्लेख गरिएको छ। युद्ध, सुरक्षा, र अल्लाहको मार्गमा संघर्षको महत्त्वलाई दर्शाइएको छ। सुराह अल-अन्फाल (८:६०) मा तपाईंहरूले तिनीहरूका विरुद्ध सबै प्रकारको शक्ति तयार पार्नुहोस्, जसमा युद्धका घोडाहरू पनि समावेश छन्, ताकि तपाईंहरूले अल्लाहका र तपाईंका शत्रुहरूलाई डराउन सक्छन्। 

यस आयतमा मुस्लिमहरूलाई युद्धको तयारी गर्न र शत्रुहरूलाई डराउनका लागि शक्ति र साधनहरूको तयारी गर्न निर्देशन दिइएको छ। सुराह अल-फत्ह (४८:७): मा अल्लाहका लागि आकाश र पृथ्वीका सैनिकहरू छन्।’ यस आयतमा अल्लाहको शक्ति र नियन्त्रणको महत्त्वलाई दर्शाइएको छ, जसले आकाश र पृथ्वीका सबै सैनिकहरूको नेतृत्व गर्छ। सुराह अस-साफ्फात (३७:१७३): निश्चय नै, हाम्रो सैनिकहरू नै विजय प्राप्त गर्नेछन्। यस आयतमा अल्लाहका सैनिकहरूको विजयको आश्वासन दिइएको छ, जसले सत्य र धर्मको पक्षमा संघर्ष गर्छन। 

बाइबलमा सेना सन्दर्भ

बाइबलमा सेना र सैनिकहरूको उल्लेख विभिन्न स्थानमा गरिएको छ, जसमा युद्ध, सुरक्षा, र परमेश्वरको इच्छाको पालनको महत्त्वलाई दर्शाइएको छ। उत्पत्ति १४:१४: ‘अब्राहमले आफ्ना ३१८ जना प्रशिक्षित सेवकहरूलाई जम्मा गरेर, दूतहरूको पछि लागे। यस आयतमा अब्राहमले आफ्ना सेवकहरूलाई प्रशिक्षित गरेर युद्धका लागि तयार पारेका छन्। निर्गमन १५:३: मा प्रभु युद्धका नायक हुन्।’

यस आयतमा प्रभुको युद्धमा विजयको महत्त्वलाई दर्शाइएको छ। यहोशू १:९: मा तिमीलाई हिम्मत र साहस दिनुहोस; नडराउनुहोस् र आतंकित नहुनुहोस्, किनकि जहाँ पनि तिमी जान्छौ, त्यहाँ तिमीलाई प्रभुको साथ हुनेछ। यस आयतमा परमेश्वरको संरक्षण र मार्गदर्शनको आश्वासन दिइएको छ। 

पूर्वीय दर्शनमा सेना सन्दर्भ

दर्शन, सभ्यता र ज्ञानमा पुर्विय सभ्यता धनी छ। सेनाको सम्बन्धमा अति सुन्दर ढंगबाट बर्हिगम विबेचना चर्चा गरेको छ। पूर्वीय दर्शनका वैदिक, उपनिषदिक, पुराणिक, तथा गीता आदि दर्शनमा सेना महत्वकासाथ आएको छ। सेना शब्दको अर्थ केवल युद्धका लागि सैनिक समूह मात्र नभई आत्मा र शरीरबीचको सङ्घर्ष, धर्म-अधर्मबीचको युद्ध, आन्तरिक आध्यात्मिक युद्धमा मन, इन्द्रिय र बुद्धिको रूपमा सेनाको बयान गरिएको छ। 

विश्वमानचित्रमा सबैभन्दा सभ्य र भब्य लडाई महाभारतको युद्ध मानिन्छ। सेना लडाईको प्रतिक हो। पूर्वीय दर्शनमा युद्धको प्रतीकात्मक प्रसिद्धि भगवद्गीतामा पाईन्छ। अध्याय १: अर्जुन विषाद योगको श्लोक १.१ मा धृतराष्ट्रबाट सोधिएको श्लोक १.२ बाट सञ्जयको जवाफ दिएको देखिन्छ। श्लोक १.३ मा पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्। व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता॥ अर्थात हे आचार्य! तपाईंका बुद्धिमान शिष्य द्रुपदपुत्र (धृष्टद्युम्न) द्वारा व्यूहमा सजाइएको पाण्डवपुत्रको विशाल सेना हेर्नुहोस। श्लोक १.६–१.११ का श्लोकहरूमा दुर्योधनले आफ्नो सेनाका प्रमुख वीर भीष्म, कर्ण, कृपाचार्य, अश्वत्थामा, विकर्ण, सोमदत्तपुत्र आदिको नाम लिन्छन्। 

श्लोक १.१२ मा तस्य सञ्जनयन्हर्षं कुरुवृद्धः पितामहः। सिंहनादं विनद्योच्चैः शङ्खं दध्मौ प्रतापवान्॥ अर्थात कुरुवृद्ध पितामह भीष्मले दुर्योधनलाई उत्साहित गर्न सिंहनादजस्तो गर्जन गर्दै उच्च स्वरमा आफ्नो शंख बजाए। श्लोक १.१९ मा स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत्। नभश्च पृथिवीं चैव तुमुलोऽभ्यनुनादयन्॥ अर्थात त्यो भीषण शंखनादले आकाश र पृथ्वी दुबै गुन्जायमान बनायो र धृतराष्ट्रका छोराहरूको हृदय कम्पित भए। यी श्लोकले सेनाको वर्णन गरेका छन्। 

भगवद्गीता ११.३२ श्रीकृष्णको विश्वरूप दर्शनमा श्रीभगवानुवाच कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धो लोकान्समाहर्तुमिह प्रवृत्तः। ऋतेऽपि त्वां न भविष्यन्ति सर्वे येऽवस्थिताः प्रत्यनीकेषु योधाः॥ को सन्दर्भ छ भगवान कृष्णले अर्जुनलाई देखाउँछन् कि सबै योद्धाहरू (दुई सेनाका) पहिल्यै नै काल (समय) द्वारा नाशित छन्। दार्शनिक अर्थ छ। सेना यहाँ नश्वरता र कर्मफलको प्रतीक हो। कर्म गर्नुपर्ने हुन्छ, तर फलको अहंकार भगवान् वा कालमा समर्पित गर्नुपर्छ।

युद्ध होइन, तर शरीर र आत्माको नियन्त्रण युद्धको प्रतीक हो भनेर कठोपनिषद् (१.३.३–१.३.९) को श्लोक १.३.३ आत्मानं रथिनं विद्धि शरीरं रथमेव तु। बुद्धिं तु सारथिं विद्धि मनः प्रग्रहमेव च॥ सन्दर्भ छ। यहाँ रथको उदाहरणमा मनुष्यलाई बुझाइएको छ। शरीर रथ हो, आत्मा रथी (योद्धा) हो, बुद्धि सारथि हो, र इन्द्रियहरू घोडा  हुन्। दार्शनिक अर्थ छ। यो आन्तरिक सेना’ को रूप हो। इन्द्रिय, मन, र बुद्धि नियन्त्रणमा रहे भने आत्मा आफ्नो लक्ष्य (मोक्ष) तर्फ बढ्छ।

महाभारत (शान्तिपर्व अध्याय २९९) मा बर्णित श्लोकले शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम्। दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम्॥ को सन्दर्भ थियो। सैनिक धर्मको व्याख्या गरिएको छ। यसको अर्थ हो साहस, तेज, धैर्य, कौशल, युद्धमा नभाग्ने स्वभाव, दानशीलता र शासनक्षमता यी नै सेनाको स्वभाव  हुन्। दार्शनिक अर्थ हो। सेना केवल युद्धकर्ता होइन, धर्मरक्षक पनि हो। धर्मका रक्षा र अन्यायका विरुद्ध लड्ने कार्य नै क्षात्रधर्म हो। 

मनुस्मृति (७.८७) मा उल्लेखित सेनाग्रामे स्थले रणे देशे दुरे च रक्षति। नृपस्य तं च सेवेत यो नित्यमभिकाङ्क्षति ॥ अर्थात जो राजा सधैं आफ्नो राज्य, सेना, गाउँ र युद्धभूमिको रक्षा गर्न तत्पर हुन्छ, त्यस राजालाई सच्चा सेवकहरूले सधैं सेवा गर्न चाहन्छन। यसको दार्शनिक सन्दर्भ छ की राजा र सेना दुवै ‘धर्मरक्षा’ का उपकरण  हुन्। पूर्वीय दर्शनमा शासन र युद्ध पनि धर्मका पालन को साधन हो। 

विबेचनाको निष्कर्ष सैनिक पक्ष र दर्शनमा भौतिक सेना राज्यरक्षा, धर्मरक्षा र न्याय स्थापनाका लागि, आध्यात्मिक सेना मन, बुद्धि, इन्द्रिय नियन्त्रण गर्ने आन्तरिक युद्ध, दार्शनिक दृष्टि युद्ध र सेना जीवनका संघर्षहरूको प्रतीक हुन जहाँ आत्मा धर्मका पक्षमा लड्दछ।

धनुर्वेद के हो? सेना कस्तो? 

धनुर्वेद चार उपवेद मध्ये अथर्ववेदसँग सम्बन्धित मानिन्छ। यो केवल धनुष चलाउने विद्या होइन, तर सम्पूर्ण सैन्यविज्ञान हो। यसले सेना गठन, व्यूह बनोट, अस्त्र-शस्त्र, प्रशिक्षण, र युद्धनीति सबै समेट्ने शास्त्र हो। धनुर्वेदका सन्दर्भ ग्रन्थहरूमा अग्निपुराण (अध्याय २४८–२५१), मनुस्मृति (अध्याय ७), महाभारतका द्रोणपर्व र भीष्मपर्व, कामन्दक नीतिसार र धनुर्वेद संहिता (परशुराम, विश्वामित्र, वसिष्ठ आदि द्वारा) वर्णित तथ्य पर्दछन्। 

धनुर्वेदमा सेनाको वर्गीकरण हेर्दा अग्निपुराण (२४८.१.५) अनुसार चत्वारो बलिनो वर्गा: पदात्यश्च रथास्तथा। गजाश्च तुरगाश्चैव चतुरङ्गा मता बलम्॥ अर्थात चार प्रकारका बल (सेना) हुन्छन जसमा पदाति (पैदल सेना), रथ (रथमा लड्ने सेना), गज (हात्ती सेना) र अश्व (घोडा सेना) हुन्छन। यी चारै मिलेर ‘चतुरङ्गिणी सेना’ भनिन्छ।

सेनाको संरचना र सञ्चालनमा सेनापतिर्नृपाज्ञया यथाशक्ति विनियोजयेत्। बलं च व्यूहयेद्युद्धे नृपार्थं विजयाय च॥ (अग्निपुराण २४८.१०) अर्थात राजाको आज्ञा अनुसार सेनापतिले आफ्नो सामर्थ्यअनुसार सेनालाई व्यवस्थित गरी, राजाको विजयका लागि युद्धमा व्यूह बनाउँछ। व्यूहरचनामा धनुर्वेद र महाभारत दुबैमा विभिन्न व्यूहहरूको वर्णन छ, जस्तै चक्रव्यूह, पद्मव्यूह, गरुडव्यूह, वज्रव्यूह, मकरव्यूह छन्। यी सबै रणनीतिक संरचनाहरू हुन् जसले सेनाको संगठनात्मक बुद्धिमत्ता देखाउँछन्। 

सेनाको नैतिक धर्म वा क्षत्रिय धर्ममा शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम्। दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम्॥ (भगवद्गीता १८.४३) अर्थात साहस, तेज, धैर्य, कौशल, युद्धमा नभाग्ने स्वभाव, दानशीलता र शासनक्षमता यी नै क्षत्रिय (सेना) का स्वभाव  हुन्। यो नै धनुर्वेदको नैतिक आधार हो। सेना केवल युद्धकर्ता होइन धर्मरक्षक पनि हो। 

राज्यरक्षा र सेनाका सन्दर्भमा राजा धर्मेण रक्षेत् स्वजनं च परं च यः। स एव भूमिपालोऽर्थो न तु हिंसां करोति यः॥ (धनुर्वेद सूत्र) अर्थात जो राजा धर्म अनुसार आफ्ना र अन्य जनहरूको रक्षा गर्छ, त्यही साँचो भूमिपाल (राजा) हो; केवल हिंसा गर्ने होइन। अर्थात सेनाको प्रयोजन रक्षा हो, आक्रमण होइन। 

धनुर्वेदले सेनाका सबै पक्षको बारेमा पक्ष र विवरण बताएको छ। मुख्य उद्देश्य राज्यरक्षा, धर्मरक्षा र सामाजिक शान्तिको स्थापना हो। सेनाको प्रकार पदाति, अश्व, गज, रथ (चतुरङ्गिणी सेना) को चर्चा गरेको छ। सेनापतिको कर्तव्य युद्ध रणनीति, व्यूह निर्माण, अनुशासन र धर्मपालन हो। आदर्श सेना धर्मपालक, वीर, अनुशासित, निस्वार्थ र प्रजाहितकारी हुन्छ।

सैनिक गुण के हुन?

भगवद्गीता १८.४३ मा क्षत्रिय धर्मका गुण वा सेनाका गुणहरूका बारेमा शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम्। दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम्॥ अर्थात साहस (शौर्य), तेज, धैर्य (धृति), कौशल (दाक्ष्य), युद्धमा नभाग्ने स्वभाव, दानशीलता र नेतृत्वभाव (ईश्वरभाव) यी नै क्षत्रिय वा सैनिकका स्वभाविक गुण  हुन्।

मनुस्मृति (अध्याय ७.८७–८८) सेनाका कर्तव्य र गुणको चर्चा सेनाग्रामे स्थले रणे देशे दुरे च रक्षति। नृपस्य तं च सेवेत यो नित्यमभिकाङ्क्षति॥ अर्थात जो व्यक्ति (सैनिक) गाउँ, सेना, युद्धभूमि वा दुर्गमा राजा र देशको रक्षा गर्न सधैं तत्पर रहन्छ, त्यो नै सच्चा सेनिक हो। शूरोऽनसूयकः शुद्धो दक्षो युद्धविशारदः। अकुलीनोऽपि राजार्हो वीर्यवान्दृढविक्रमः॥ (मनुस्मृति ७.५४) अर्थात शूरवीर, असूया रहित, शुद्ध, कुशल, युद्धकला जान्ने, वीर्यवान् र दृढसंकल्पी व्यक्ति यस्ता नै सेनाका योग्य पुरुष  हुन्।

अग्निपुराण (अध्याय २४८.१५–१७) सेनाका गुणका बारेमा अक्रोधो नातिसौम्यश्च सन्दर्शी शूर एव च। दृढो नातिप्रसन्नश्च सेनायाः स गुणो मतः॥ अर्थात जो सैनिक अत्यधिक कोमल नहुने, तर शूर, दृढ, क्रोधरहित र संयमी हुन्छ त्यो नै सच्चा सेनाको गुण हो।

महाभारत (शान्तिपर्व २९९.३५) मा न यत्र धर्मो न यत्र सत्यं न शौर्यं न च वीरता। न तत्र सिद्धिर्न विजयः स्यात्सैन्यं तु विनश्यति॥ अर्थात जहाँ धर्म, सत्य, साहस र वीरता हुँदैन, त्यो सेना कहिल्यै सफल हुँदैन; अन्ततः विनाश हुन्छ। धनुर्वेदसंहिता (परशुरामकृत) मा धैर्यं शौर्यं च दक्ष्यं च सत्यमाचार एव च। सेनायाः परमं शस्त्रं नित्यं धर्मे प्रतिष्ठितम्॥ अर्थात धैर्य, शौर्य, कौशल, सत्य र उत्तम आचरण यी नै सेनाको सर्वश्रेष्ठ अस्त्र  हुन्। जो सधैं धर्ममा स्थापित हुन्छ।

सेनाका मुख्य गुणमा शौर्य    (साहस र वीरता), धृति (धैर्य मानसिक स्थिरता), दाक्ष्य (कौशल, दक्षता), अपालायनम (युद्धबाट नभाग्ने स्वभाव), दानशीलता (उदारता र त्यागभाव), ईश्वरभाव (नेतृत्व क्षमता र जिम्मेवारी), धर्मनिष्ठा (धर्म र सत्यमा अडिग रहनु) र शुद्धाचार (सदाचार र अनुशासन) रहेका छन्। 

सैनिक अनुशासन के हो?

सेनाको अनुशासनका बारेमा सेनाग्रामे स्थले रणे देशे दुरे च रक्षति। नृपस्य तं च सेवेत यो नित्यमभिकाङ्क्षति॥ (मनुस्मृति ७.८७) अर्थात जो व्यक्ति (सैनिक) गाउँ, सेना, युद्धभूमि र दुर्गमा राजाको र देशको रक्षा गर्न सधैं तत्पर रहन्छ, त्यो अनुशासित र निष्ठावान् सैनिक हो। सेनाको अनुशासन राजाको आज्ञा र धर्मपालनमा निहित छ। सेवक वा सैनिकले स्वार्थ होइन, कर्तव्यपालनलाई पहिलो स्थान दिनुपर्छ।

अग्निपुराण (अध्याय २४८.१०–११) मा सेनाको व्यवस्था र अनुशासनका बारेमा सेनापतिर्नृपाज्ञया यथाशक्ति विनियोजयेत्। बलं च व्यूहयेद्युद्धे नृपार्थं विजयाय च॥ (अग्निपुराण २४८.११) मा अनुशिष्टं बलं तत्र सदा धर्मेण रक्षयेत्। नात्युत्साहं न चालस्यं नातिभीतिर्न चातिकामः॥ अर्थात सेनापतिले राजाको आज्ञा अनुसार सेनालाई संयमपूर्वक व्यवस्थित गर्नुपर्छ, सेनालाई सधैं धर्मको मर्यादामा राख्नुपर्छ, न त अत्यधिक उत्साह, न आलस्य, न भय, न त अत्यधिक लोभ हुनुपर्छ। सेनाको अनुशासन सन्तुलनमा आधारित हुन्छ। उत्साह, साहस र संयम तीनै गुण एकसाथ हुनु आवश्यक छ। 

महाभारत (शान्तिपर्व ९३.३१–३३) सेनाको संयमका बारेमा न शूरः शौर्यं कुरुते यो नित्यमनृजुः भवेत्। अशान्तस्य न मित्रं स्यान्न शिष्टः परिपालयेत्॥ अर्थात जो सैनिक असत्यवादी र अशान्त स्वभावको हुन्छ, त्यसले साँचो शौर्य गर्न सक्दैन, न मित्रता टिकाउन सक्छ, न अनुशासन पालना गर्न सक्छ। अनुशासनको पहिलो रूप नै आन्तरिक शान्ति र सत्यनिष्ठा हो। भगवद्गीता २.३८ मा कर्तव्यपालन र संयमका बारेमा सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ। ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि॥ अर्थात सुख-दुःख, लाभ-हानि र जय-पराजयलाई समान ठानी कर्तव्य (युद्ध वा सेवा) गर; यसरी व्यवहार गर्दा पाप लाग्दैन। अनुशासनको मूल तत्व समत्वभाव हो। भावनात्मक नियन्त्रण र कर्तव्य पालन गरिएको छ।

नीतिशतक (भर्तृहरि, श्लोक ४८) मा आत्मानुशासनका बारेमा शक्तोऽपि नातिकोपेन नृपो न दण्डमादधेत्। स्वभावे चापि यो धीरः स नित्यमवशो जितः॥ अर्थात जो व्यक्ति (राजा वा सेनापति) शक्तिशाली भएर पनि अत्यधिक क्रोध गर्दैन, र आफ्नो स्वभावमा धैर्य राख्छ, त्यो नै साँचो विजेता हो। सेनाको अनुशासन नेतृत्वको संयममा निर्भर हुन्छ। नेता वा सेनापति क्रोध, भय वा लोभबाट मुक्त हुनुपर्छ। 

धनुर्वेदसंहिता (परशुरामकृत) मा शुचिर्भवेत्सदैवाज्ञां नातिक्रम्य कदाचन। अनुशिष्टं च यः कुर्यात् स एव जयमाप्नुयात्॥ अर्थात जो सैनिक शुद्धाचारी हुन्छ र आज्ञा उल्लङ्घन गर्दैन, र जुन आदेश दिइन्छ, त्यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्छ, त्यो नै युद्धमा विजय प्राप्त गर्छ। विजयको मूल सूत्र अनुशासन र आज्ञापालन हो, बल होइन। 

सेनाको अनुशासनका प्रमुख तत्त्वमा आज्ञापालन (आज्ञा पालन) राजाको वा सेनापतिको आदेशमा पूर्ण निष्ठा धर्मपालन (युद्ध र सेवा धर्मानुसार हुनु), संयम    (क्रोध, लोभ, भय नियन्त्रण), समत्वभाव (सुख-दुःख, जय-पराजयमा समान दृष्टि), सत्यनिष्ठा र शुद्धाचार    (असत्य वा छलबाट टाढा रहनु) र आत्मानुशासन (आत्मसंयम र अनुशासनको आन्तरिक पालन रहेको छ। 

सैनिक आचरण के हो?

सैनिक आचरणका हेर्दा भगवद्गीता १८.४३ क्षत्रिय वा सैनिकका स्वभाविक आचरणका बारेमा शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम्। दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम्॥ अर्थात साहस (शौर्य), तेज, धैर्य, कौशल, युद्धमा नभाग्ने स्वभाव, दानशीलता र नेतृत्वभाव यी नै सैनिक वा क्षत्रियका स्वभाविक आचरण  हुन्। सैनिकको आचरण केवल युद्धमा होइन, व्यवहारमा पनि धर्म, दया र संयममा आधारित हुनुपर्छ।

मनुस्मृति ७.५४ मा योग्य सैनिकका लक्षण (आचरणका मापदण्ड) मा शूरोऽनसूयकः शुद्धो दक्षो युद्धविशारदः। अकुलीनोऽपि राजार्हो वीर्यवान्दृढविक्रमः॥ अर्थात जो शूरवीर, असूयारहित, शुद्धाचारी, दक्ष, युद्धविद्यामा निपुण, वीर्यवान् र दृढसंकल्पी हुन्छ त्यो नै सच्चा सैनिक हो, चाहे ऊ कुलीन होस् वा नहोस्। भनिएको छ। सैनिकको चरित्रमा शुद्धता, असूयारहितता, दक्षता र दृढता हुनुपर्छ।

अग्निपुराण २४८.११ मा संयमित र मर्यादित आचरणका बारेमा अनुशिष्टं बलं तत्र सदा धर्मेण रक्षयेत्। नात्युत्साहं न चालस्यं नातिभीतिर्न चातिकामः॥ अर्थात सेनालाई सधैं धर्म अनुसार अनुशासनमा राख्नुपर्छ न अत्यधिक उत्साह, न आलस्य, न भय, न लोभ हुनुहोस्। सैनिकको आचरण संयम, सन्तुलन र धर्ममा आधारित हुनुपर्छ।

महाभारत (शान्तिपर्व २९९.३५) मा धर्मनिष्ठ आचरण न यत्र धर्मो न यत्र सत्यं न शौर्यं न च वीरता। न तत्र सिद्धिर्न विजयः स्यात्सैन्यं तु विनश्यति॥ अर्थात जहाँ धर्म, सत्य, साहस र वीरता हुँदैन, त्यो सेना कहिल्यै सफल हुँदैन; अन्ततः विनाश हुन्छ। सैनिक आचरण धर्म र सत्यमा आधारित भए मात्र विजय सम्भव हुन्छ। 

धनुर्वेदसंहिता (परशुरामकृत) मा शुचिर्भवेत्सदैवाज्ञां नातिक्रम्य कदाचन। अनुशिष्टं च यः कुर्यात् स एव जयमाप्नुयात्॥ अर्थात जो सैनिक शुद्धाचारी रहन्छ, आज्ञा उल्लङ्घन गर्दैन, र आदेश अनुसार कर्तव्य पूरा गर्छ, ऊ नै सच्चो विजेता हो। सैनिकको आचरणमा शुद्धता, निष्ठा र आज्ञापालन सर्वाधिक महत्वपूर्ण हुन्छ।

नीतिशतक (भर्तृहरि, श्लोक ४९) मा आत्मसंयम र नैतिक आचरण अकृत्यं नाचरेन्नित्यं न वक्तव्यमनृतं वचः। नास्तिक्यं न च कार्या बुद्ध्या सर्वं धर्मेण सञ्चरेत्॥ अर्थात कुनै गलत काम कहिल्यै नगर, असत्य बोल्नेदेखि टाढा रह, नास्तिकता वा अधर्ममा मन नलगाऊ, सबै व्यवहार धर्म अनुसार चलाऊ यही नै सच्चो आचरण हो सैनिकले आफ्नो जीवनलाई नैतिकता र सत्यमा आधारित राख्नुपर्छ।

रामायण (युद्धकाण्ड ३७.२८) मा आदर्श सेनाको आचरण सत्येनोद्धृत्य लोकेषु श्रियं चैव न याचते। स्वधर्मे नित्ययुक्तश्च यो न सन्त्यजति जीवितम्॥ अर्थात जो व्यक्ति सत्यबाट कहिल्यै विचलित हुँदैन, धर्मबाट कहिल्यै हट्दैन, र आफ्नो धर्मपालनका लागि आवश्यक परे प्राण त्याग गर्न पनि तयार हुन्छ। त्यो नै सच्चो सैनिक वा वीर हो।

अत सैनिक आचरणका प्रमुख तत्त्वमा शौर्य (साहस: कर्तव्यका लागि निडर रूपमा उभिनु), सत्यनिष्ठा (असत्य र छलबाट टाढा रहनु), धर्मपालन (युद्ध र जीवनमा धर्मको पालन गर्नु), शुद्धाचार (पवित्र व्यवहार र सदाचारमा अडिग रहनु), संयम (क्रोध, भय, लोभ नियन्त्रण गर्नु), आज्ञापालन (नेतृत्व वा राजाको आदेशप्रति निष्ठा) दानशीलता र उदारता    (लोभ नभई परहितका लागि तत्पर रहनु) हो। 

अपराधी सेना के हो? 

पूर्वीय दर्शनमा अपराधी सेनाको पनी चर्चा गरिएको छ। अर्थात् धर्मत्यागी, अधर्मी वा अनुशासनभङ्ग गर्ने सैनिक (सेना) भनिएको छ। पूर्वीय दर्शन (विशेषतः महाभारत, मनुस्मृति, अग्निपुराण, र रामायण) मा यस्ता अधर्मी सेना, अराजक योद्धा वा अपराधी क्षत्रियको व्यवहार र परिणामबारे धेरै स्पष्ट रूपमा बताइएको छ।

महाभारत (शान्तिपर्व २९९.३५) अधर्मी सेनाको विनाशको न यत्र धर्मो न यत्र सत्यं न शौर्यं न च वीरता। न तत्र सिद्धिर्न विजयः स्यात्सैन्यं तु विनश्यति॥ अर्थात जहाँ धर्म, सत्य, साहस र वीरता हुँदैन, त्यो सेना कहिल्यै सफल हुँदैन; अन्ततः विनाश हुन्छ। अपराधी वा अधर्मी सेना बाह्य रूपमा बलवान् देखिए पनि धर्म र सत्य बिना अन्ततः नाश हुन्छ।

मनुस्मृति (७.१४१–१४२) अनुशासनभङ्ग र अपराधी सैनिकका दण्डको भागीदार हुने सन्दर्भ यो हि युद्धे पराङ्मुखः शस्त्रं वा निक्षिपेद्भयात्। स हन्तव्योऽवशेषेण क्षत्रियो नातिवर्तते॥ (मनुस्मृति ७.१४१) पलायमानं यो हन्याद् द्रोणं चोद्धरते रणे। स योद्धा क्षत्रियश्रेष्ठो न दोषोऽस्य कदाचन॥ (मनुस्मृति ७.१४२) अर्थात जो क्षत्रिय (सैनिक) युद्धमा डराएर भाग्छ वा हतियार फ्याँक्छ, त्यो आफ्नो क्षत्रिय धर्मको उल्लङ्घन गर्छ उसलाई अपराधी मानिन्छ। 

तर जो यस्तो पलायनकारीलाई रोक्छ र युद्धमा अनुशासन कायम राख्छ, त्यो सच्चा वीर हुन्छ र उसमा कुनै दोष हुँदैन। अर्थात भाग्ने वा कायर हुने सैनिक धर्मविरुद्ध छ त्यो अपराधी सेना को लक्षण हो। सिहदरवार र सवौच्व नबचाउनु कायरता र आपराधिकता हो।

अग्निपुराण (२४८.१८–१९) मा लोभी र अधर्मी सैनिक लोभो दम्भश्च क्रोधश्च मदः कामश्च पञ्चमः। एते हन्ति बलं सर्वं सेनायाः पतनं ध्रुवम्॥ अर्थात लोभ, घमण्ड, क्रोध, मद र काम यी पाँच दोष सेनामा उत्पन्न भए भने त्यो सेना अवश्य पतन हुन्छ। अर्थात अपराधी सेना शक्ति होइन, दोषले भरिएको हुन्छ, त्यो नै अन्ततः आफ्नो विनाशको कारण बन्छ। प्रभुराम शर्माको भष्टता लोभ हो।

भगवद्गीता १.३९–४० ले अधर्मी सेनाका परिणाम बताएको छ। अधर्माभिभवात्कृष्ण प्रदुष्यन्ति कुलस्त्रियः। स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसंकरः॥ अर्थात हे कृष्ण! जब अधर्म बढ्छ र कुलका रक्षक (योद्धा) धर्मबाट विचलित हुन्छन्, तब समाजमा नैतिक पतन आउँछ र अराजकता फैलिन्छ। जब सेना वा योद्धा धर्मभ्रष्ट हुन्छन्, त्यो केवल युद्धमै होइन, समाजकै पतनको कारण बन्छ।

रामायण (युद्धकाण्ड ९८.१८) मा अन्यायी सेनाको अन्त अधर्मेण जयेत्कश्चित् स धर्मं नाधिगच्छति। धर्मेणैव हि सिद्धिः स्याद्धर्मो हि परमं बलम्॥ अर्थात जो व्यक्ति वा सेना अधर्मबाट विजय प्राप्त गर्न खोज्छ, त्यो दीर्घकालसम्म टिक्दैन; किनकि धर्मबाटै प्राप्त विजय स्थायी हुन्छ धर्म नै परम बल हो। अर्थात अपराधी सेना क्षणिक रूपमा विजयी देखिए पनि धर्मविरुद्धको विजय दीर्घकाल टिक्दैन। 

नीतिशतक (भर्तृहरि, श्लोक ८०) चरित्रविहीन सेनाको व्यर्थताको सन्दर्भमा विना गुणैर्यदि भवेद्बलवत्त्वमेव, सिंहोऽपि भक्ष्यभवति द्यूतपतेर्मृगाणाम्। अर्थात यदि केवल बल छ तर गुण छैन भने, त्यो बल पनि व्यर्थ हुन्छ जसरी सिंह पनि जालमा परेपछि मृगहरूको भोजन बन्छ। अर्थात अपराधी वा अधर्मी सेना केवल बलमा गर्व गर्छ; तर गुणविहीन बल कहिल्यै टिक्दैन।

धर्मविहीन सेना बलशाली होइन; बलविहीन धर्मी सेना पनि विजयी हुन सक्छ, किनकि धर्म नै सेनाको आत्मा हो। अपराधी सेनाका लक्षण र परिणाममा अधर्म (धर्मत्यागी, अन्यायी वा अन्यको अधिकार हनन गर्ने), अनुशासनभङ्ग (आदेश नमान्ने, पलायन गर्ने, आत्मसंयम गुमाउने), लोभ र दम्भ (लोभ, घमण्ड र स्वार्थमा लिप्त), सत्यत्याग (असत्य बोल्ने, छलकपट गर्ने), आचरणहीनता (सदाचार र मर्यादा भङ्ग गर्ने) र परिणाम    विनाश, अपयश, र समाजमा अराजकता हुन्छ। प्रभुराम शर्मा अपराधी हो सैनिक होईन। 

सेनापति कस्तो? 

सेनापतिका सन्दर्भमा अग्निपुराण २४८.१० मा सेनापतिको कर्तव्य सेनापतिर्नृपाज्ञया यथाशक्ति विनियोजयेत्। बलं च व्यूहयेद्युद्धे नृपार्थं विजयाय च॥ अर्थात सेनापतिले राजाको आज्ञा अनुसार आफ्नो सामर्थ्यले सेनालाई व्यवस्थित गर्नुपर्छ र राजाको विजयका लागि युद्धमा व्यूह तयार गर्नुपर्छ। अर्थात सेनापति अनुशासन, रणनीति र राजकीय हितको प्रतीक हो। उहाँ युद्धको निर्देशन र सञ्चालनका केन्द्र हुनुहुन्छ।

मनुस्मृति ७.६४ योग्य सेनापतिको चयनको चर्चा गरेको छ। प्राज्ञं शूरं दृढोत्साहं दक्षं युद्धविशारदम्। नातिक्रुद्धं न चात्यन्तं प्रसन्नं सेनिनं नयेत्॥ अर्थात राजाले यस्तो सेनापति नियुक्त गर्नुपर्छ जो बुद्धिमान्, शूरवीर, उत्साही, दक्ष र युद्धविद्यामा निपुण हो; जो न अत्यधिक क्रोधी होस्, न अत्यधिक कोमल स्वभावको। सेनापतिको प्रमुख गुणमा बुद्धि, धैर्य, शौर्य, संयम र समत्वभाव तोकिएको थियो। 

महाभारत (शान्तिपर्व ९३.३५–३६) धर्मनिष्ठ सेनापतिका बारेमा सेनापतिः प्रजाधर्मं यः सम्यगभिरक्षति। न स याति विनाशाय स च लोकं जयत्युत॥ अर्थात जो सेनापति धर्मपूर्वक प्रजाको र राज्यको रक्षा गर्छ, त्यो कहिल्यै नाश हुँदैन र यस लोकमा विजय प्राप्त गर्छ। धर्मपालन गर्ने सेनापति नै दीर्घकालीन विजय प्राप्त गर्छ।

अर्थशास्त्र (कौटिल्य) मा सेनापतिको नीतिको चर्चा सेनापतिः स्वबलं ज्ञात्वा परबलं च विचिन्त्य च। युद्धे प्रवर्तयेत्सैन्यं कालदेशौ निरीक्ष्य च॥ अर्थात सेनापतिले पहिले आफ्ना र शत्रुका बलहरूको मूल्याङ्कन गर्नुपर्छ, फेरि समय र स्थानलाई विचार गरी सेनालाई युद्धमा लगाउनुपर्छ। सेनापतिमा रणनीतिक बुद्धि र योजनात्मक सोच आवश्यक छ। अन्धो उत्साह होइन, विवेक नै सफलता हो।

धनुर्वेदसंहिता (परशुरामकृत) मा आदर्श सेनापतिको चर्चा शुचिर्दाक्ष्यसमायुक्तो नात्युत्साही न भीरुकः। धर्मे स्थितो यः सेनान्यः स एव जयमाप्नुयात्॥ अर्थात जो सेनापति शुद्ध, दक्ष, न अत्यधिक उत्साही र न डरपोक, धर्ममा दृढ र स्थिर छ त्यही विजयी हुन्छ। सेनापतिको साँचो शक्ति उसको चरित्र र संयम हो।

नीतिशतक (भर्तृहरि, श्लोक ४८) मा आत्मसंयमयुक्त नेतृत्वको चर्चा गरेको छ। शक्तोऽपि नातिकोपेन नृपो न दण्डमादधेत्। स्वभावे चापि यो धीरः स नित्यमवशो जितः॥ अर्थात जो व्यक्ति (राजा वा सेनापति) शक्तिशाली भएर पनि अत्यधिक क्रोध गर्दैन, र आफ्नो स्वभावमा धैर्य राख्छ ऊ नै साँचो विजेता हो। सेनापतिको सबैभन्दा ठूलो शक्ति आत्मसंयम र धैर्य हो।

रामायण (युद्धकाण्ड १०२.३५) मा निष्ठावान् सेनापतिको रुपमा यो धर्मं न परित्यज्य हित्वा जीवितमात्मनः। स्वधर्मं पालयत्येष स सेनापतिरुत्तमः॥ अर्थात जो सेनापति आफ्नो धर्म नत्यागी, प्राण गुमाउन परे पनि कर्तव्यमा अडिग रहन्छ, त्यो नै सच्चा सेनापति हो। निष्ठा र धर्मपालन नै नेतृत्वको सर्वोच्च गुण हो।

सेनापतिको प्रमुख गुणका शास्त्रीय सार बुद्धि (प्रज्ञा: रणनीति, विवेक र योजनामा दक्षता), शौर्य र धैर्य (कठिन परिस्थितिमा स्थिर रहनु), संयम (क्रोध, भय र लोभबाट मुक्त), धर्मनिष्ठा (युद्ध र निर्णयमा धर्मको पालन), शुद्धाचार (सदाचार र न्यायमा अडिग), दक्षता (दाक्ष्य:व्यूह, नीति र युद्धकौशलमा दक्षता) र आज्ञापालन र नेतृत्व (राजा र सैनिक दुवैका प्रति जिम्मेवारीपूर्वक व्यवहार)  हुन्। 

सेनापतिको आदर्श रूप ‘धर्मे स्थितो यः सेनान्यः स एव जयमाप्नुयात्।’ धनुर्वेदसंहिता अर्थात धर्म, संयम र विवेकमा अडिग सेनापति नै साँचो विजेता हो। बल वा युद्धकौशल मात्र होइन, नीति र निष्ठा नै नेतृत्वको आत्मा हो। ‘धर्मं परं बलमिति सेनान्यः स्मृतः।’ पुराणोक्त वचन अर्थात धर्म नै सर्वोच्च बल हो। त्यसैले धर्ममा अडिग सेनापति सदा विजयी रहन्छ।

विश्वका प्रसिद्धि पाएका सेना

विश्वभरका प्रसिद्ध सेना र तिनका विशेषता हेर्दा संयुक्त राज्य अमेरिकामा थलसेना, नौसेना, वायु सेना, मरीन कोर्प्स, स्पेस फोर्स छन्। उनमा अत्याधुनिक हतियार र प्रविधि, विश्वभर छरिएका सैन्य अड्डा, स्पेशल फोर्स र कमाण्डो प्रशिक्षणमा अग्रणी छ। प्रसिद्ध World’s Most Powerful Military छ। रूसमा थलसेना, नौसेना, वायु सेना, स्ट्राटेजिक मिसाइल फोर्स छ। उनमा भारी युद्धास्त्र र परमाणु क्षमतामा अग्रणी, भौगोलिक रुपमा विशाल देशको सुरक्षा र रणनीतिक युद्ध र सैन्य कूटनीतिमा अनुभवी छ। 

चीनमा थलसेना, नौसेना, वायु सेना, रणनीतिक मिसाइल फोर्स छ। उनमा संख्या र भूमि विस्तारमा विश्वकै ठूलो, उच्च प्रविधि र कृत्रिम बुद्धिमत्तामा प्रयोग र साइबर युद्ध र डिजिटल सुरक्षा अग्रणी छ। ब्रिटेनमा थलसेना, नौसेना, वायु सेना छ। उनमा विश्वकै सबैभन्दा पुरानो पेशेवर सेना, विशेष कमाण्डो र विश्वभर कूटनीति र सैन्य अनुभव छ। 

इजरायलमा अत्यन्त अनुशासित, छोटो परिमाणमा प्रभावकारी, युद्ध, खुफिया र साइबर क्षमतामा उच्च, Iron Dome जस्तो एरोसोल रक्षा प्रणाली छ। भारतमा थलसेना, नौसेना, वायु सेना छ। उनमा विश्वकै ठूलो सक्रिय सेना (लगभग १.४ मिलियन), पहाडी, मरुभूमि, र सागरीय युद्धमा दक्ष र परमाणु शक्ति, मिसाइल, र स्पेस क्षमता छ। 

फ्रान्समा थलसेना, नौसेना, वायु सेना छ। उनमा विश्वका प्रसिद्ध कमाण्डो र विशेष सेनाहरू (Frogmen, Foreign Legion) र परमाणु र अंतरिक्ष रणनीतिमा दक्ष छ। जर्मनीमा आधुनिक, पेशेवर, र युरोपियन सुरक्षा बलमा अग्रणी, विश्व युद्धपछिको पुनर्निर्माणपछि कुशल सेना छ। 

सेना के रहेछ?

सेना भन्नाले राज्य वा राष्ट्रको सुरक्षा, शान्ति, र सार्वभौमिकता सुनिश्चित गर्न तयार गरिने संगठनलाई जनाउँछ। सरल भाषामा भन्नुपर्दा सेना भन्नाले सशस्त्र मानिसहरूको समूह हो, जसले युद्ध, रक्षा, र राष्ट्रिय सुरक्षा सम्बन्धी कार्यहरू गर्छ। सेनाको मुख्य विशेषतामा सशस्त्र समूह जुन सेना विभिन्न प्रकारका हतियार र उपकरणले सुसज्जित हुन्छ। सुरक्षा र रक्षा जसले देशको सीमाना, जनता, राज्यको सम्पत्ति र अधिकारको रक्षा गर्छ। 

अनुशासन जसले सेना पूर्ण रूपले अनुशासित हुन्छ; आदेशको पालना अनिवार्य बनाउछ। रणनीति र प्रशिक्षणबाट युद्ध र संकटको तयारीका लागि कठोर प्रशिक्षण गराउछ। राष्ट्रप्रतिको निष्ठाबाट सैनिकहरूले देश र जनताको हितलाई पहिलो प्राथमिकता दिन्छन्।

सेनाका मुख्य अंगमा थलसेना जसवाट भूमि रक्षा र युद्ध संचालन, नौसेना जसबाट समुद्र र जलमार्गको सुरक्षा, वायु सेनाबाट आकाश र हवाई क्षेत्रको सुरक्षा र विशेष सेना/एसएसटीबाट विशेष अभियान र खतरनाक कार्य गर्दछ। सेना शास्त्रीय दृष्टिले धनुर्वेद अनुसार ‘सेना धर्मेण सुसज्जिता र राष्ट्रको रक्षा गर्ने शक्ति हो।’ यानी सेना केवल बल होइन, धर्म र अनुशासन सहितको संरचना हो। 

महाभारत र पुराण अनुसार, सेना देशको सुरक्षा, शान्ति, र न्याय स्थापित गर्ने प्रमुख साधन हो। संक्षेपमा सेना देशको सुरक्षा र सम्मान कायम राख्ने अनुशासित, सुसज्जित, र संगठित शक्ति हो।

नेपालको सेना 

नेपाल सेनाको स्थापना सन १७६८ मा श्री ५ पृथ्वीनारायण शाहको राज्य विस्तारको समयमा भएको हो। यसका मुख्य उद्देश्य नेपाल एकता थियो। हाल राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षा, राष्ट्रिय संकट र विपदमा जनताको सहायता, शान्ति कायम राख्न तथा देशको कानून र व्यवस्था सुनिश्चित गर्नु रहेको छ। नेपाल सेनालाई मुख्य रूपमा थलसेनाको रूपमा हेर्ने गरिन्छ। 

नेपाली सेनाले राजदरवार र परमाधिपति बचाउन सकेन। नाटकीय बहानामा प्रचुरता ल्याईयो। नेपाल गणतन्त्रमा रूपान्तरण भयो। गणतन्त्रले सेनासंग मिलेर कमाऊ धन्दा चलायो सुपरिवेक्षण गरेन र सकेन। भ्रष्टाचारी सेना बनाउन राजनीतिक दललाई ३५ बर्ष लाग्यो तर शेर बहादुर देउवा दम्पति नेपाली सेनाका अगाडी पिटिए। 

केपी वली सेनाको अगाडी नै सैनिक हेलीकप्टरबाट भागे। प्रभुराम शर्मा जस्ता महाअपराधको निगरानी राख्न सकेको भए पिटिन र भाग्न पर्दैनथ्यो कि?

नेपालमा सेनामा भ्रष्टाचारका क्षेत्रमा सामग्री र उपकरण खरिद, पदोन्नति र नियुक्ति, अनुशिक्षण र तालिम र सुविधा र भत्ता खाए। कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिकाले परिक्षण नगर्दाको कारण पारदर्शिताको कमी, सीमा र साना आपूर्ति प्रबन्धका कारण निगरानी कठिन, ठूलो संरचना र केंद्रीकृत बजेट व्यवस्थापनमा नियन्त्रण नभएबाट नेपाली सेनाले भष्टाचारको रजगजता पायो। सिहदरवार जल्दा ढाट्यो। 

United Nations Military Definitions 2019 ले सेना भनेको देशको सार्वभौमिक सुरक्षा, सीमा सुरक्षा र राष्ट्रिय सुरक्षाको लागि प्रशिक्षित, अनुशासित र सुसज्जित बल हो। सिहदरवार र सवौच्च अदालत संरक्षणको प्रश्न र दिईएको जवाफले नेपाली सेनाको उद्देश्य संवैधानिक सन्दर्भमा कायम भएन। 

निष्कर्ष

सैनिक संगठनका पुर्वसर्त सख्या हतियार होईन। सेना राज्यको सशस्त्र फौज हो। चर्चा गरिएका धारणा र मान्यता बमोजिम नेपाली सेना छ की छैन यो गहन महत्वपुर्ण प्रश्न हो। अयोग्य निरङकुस र तानाशाहीले मात्र भतुवाईको प्रसंसा खोज्ने प्रवृतिलाई कलोबादी भुस्याहले पुर्ति गर्न सक्ने तथ्यमा नेपाली समाज सचेत छ। सेनालाई विवादमा ल्याउन अन्न खान नसक्ने अवसरको आतंकमा रहेकाले मात्र सिहदरवार जल्नु ठीक हो भनेका छन्। यो मानिस जाच्ने मापन र मानक हो। 

मानिस हुन नसकेकाले गरेको प्रसंसाले सार्थकता नपाएको जगमा गरेको अत्मरति हगुवाई हो। हगुवाईहरू गौरवको गाथालाई निस्तेज र सैनिक धमिराको चाकडले सेनालाई विवाद र अपराधी बनाउने प्रयास गरेको देखिन्छ। हालका सैनिकले पृथ्वी नारायण शाहले स्थापना, भेमसेन थापाले पुर्न निर्माण गरेको र जंगबहादुर राणाले विकास गरेको सेनाले सैनिक मापदण्ड पुरा नगरेकै कारण विवादित बनेको सत्य र तथ्य हो। 

प्रतिनिधिपात्र प्रभुराम शर्माको नागरिकता, जन्ममिति, भष्टचार, जातिवाद, मनिलाउन्डरिङ, ब्याभिचार र सबै नकक्ली ढाटछलले, रत्न प्रकास थापाको स्वाथ्थ विवरण (दात र मलदार), जन्ममिति, नागरिकता, भष्टाचार, राजकुमार रन्जीतकारको चोरी डाका मुद्दामा काभ्रे जिल्ला अदालतको फैसला र नागरिकता, अमित प्याकुरेलले बाबुकुमार प्याकुरेलको नक्कली प्रमाणपत्र बनाई कृषि विकास बैकमा पेश गरी बढुवा गराई सेवा सुविधा लिएको, बाबुराम श्रेष्टको विषयमा सवौच्व अदालतको परमादेशले सैनिक अनुशासन, आचरण, मापन र गुण पुरा हुन्छ र सैनिक भनिन्छ? यी प्रतिनिधिमुलक प्रश्न  हुन्।

एलएलएम पढ्दा नक्कली जीवन दाहाल बनाएर कंगोमा रहदा ईन्टास दिएर पढेको प्रमाणपत्रले एलएलएम प्रमाणित गर्छ? भारतको विश्व माविबाट विएल र एलएलएम एकै पटक पास गरेको मानिन्छ? यी सामान्य प्रश्न  हुन्। असोक सिग्देल सरह विश्वमा कुन सेनापतिको जन्ममिति विवाद छ कसैले देखाउन सक्छ? यस्ता हर्कत गर्ने सेनापति विश्वको कुन देशमा छन? यी लगायत १४६० मुद्दाको बिषयमा गढेका प्रश्नको जवाफ ईतिकासका सबै आलोकमा जीवित रहिरहने छन्। 

सेना वर्दी र वर्दीमाथीको अपराधमा सेना होईन। नभुना ब्यारेक, होल्डिङ सेन्टर, हेलिकप्टर, शान्तिसेनाको खरिद, कल्याणकारी दोहन, स्वीचाटार र चिन्तापणीको साथीको यौन शोषण, सेनापतिका दरवार, सम्धीभष्ट, साजिस र जालसाची मात्र नेपाली सेना होईन। राजेन्द्र नगरकोटी, दिपेन्द्र साउद र कमल थापा मगर विषयमा गरिएका फैसलाको अयोग्यता, दरिद्रता र आपराधिकतालाई काठमान्डौ जिल्ला अदालतले लिखित बेइज्जतीको रोहबाट गर्ला। 

यसर्थ बिर सिपाहीको गास खोसी राज गरी देश र जनता विरुद्दको भ्रष्टापति, यौनापति, धनपति र वाफती हर्कत गर्दैमा सेना बनिदैन र भनिदैन। नेपाली सेना आपराधिक वर्दीको परिभाषा नभई सैनिक मापदण्डको धारणा हो। अपराधधारी धुर्मुसे धरिमाहरूको कर्तुस जनसमक्ष नआउँदासम्म हामीले बुझेको नेपाली सेना हुनै सक्दैन यसर्थ आजको नेपाली सेना किन विवाद भन्ने नभई पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेना नै होईन भन्ने तथ्य ठहर भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!