बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले नाकाबन्दी गरेको समुन्द्री नाका ‘स्ट्रेट अफ होर्मुज’ अमेरिकाले प्रयोग नगर्ने बताएका छन्।
बुधबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमार्फत ट्रम्पले स्ट्रेट अफ होर्मुज अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसैको जिम्मा दिने बताएका हुन्।
‘यदि हामीले आतंकी राज्य इरानको बाँकी संरचना समाप्त गरिदियौं र उक्त ‘स्ट्रेट’(स्ट्रेट अफ होर्मुज)को जिम्मेवारी त्यसको प्रयोग गर्ने देशहरूलाई दिइयो भने के हुन्छ? भन्ने म सोचिरहेको छु,’ ट्रम्पले भन्छन्, ‘हामी त्यसको प्रयोग गर्दैनौँ, अरूले गर्छन्।’
इरानमाथि अमेरिका र इजरायलले हवाइ हमला गरेपछि इरानले जवाफमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र इजरायललक्षित आक्रमण तीव्र पारेको छ। साथै इरानले होर्मुज नाकामा नाकाबन्दी गरिदिँदा विश्वभरको ऊर्जा आपूर्ति खलबलिएको छ।
यसअघि होर्मुजमा इरानको नाकाबन्दी खुलाउन ट्रम्पले नेटोमा आवद्ध देशहरू र चीनको सहयोग मागेका थिए। तर, अमेरिकालाई सहयोग गर्न सबैले अस्वीकार गरेपछि ट्रम्पले आफ्नो नयाँ वक्तव्यले अमेरिकाका केही ‘सुस्त सहयोगी’ हरूलाई छिट्टै सक्रिय हुन बाध्य पार्ने दाबी गरेका छन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया