संगीता अर्याल
कहिलेकाहीँ कलाकारले बोलेका शब्द समयभन्दा अगाडी हुन्छन्। बालेन शाहले कुनै बेला आफ्नो ऱ्यापमा भनेका थिए– ‘हिस्ट्री (इतिहास) भनेको फेरिने चिज हो, बालेन अहिलेसम्म आएको थिएन।’ त्यो बेला सबैलाई त्यो केवल एउटा ऱ्यापको लाइन जस्तो लाग्थ्यो। तर आज धेरैले महसूस गरिरहेका छन्– त्यो शब्द केवल संगीत थिएन, त्यो समयको संकेत थियो।
नेपालको डतिहासमा फर्केर हेर्दा पृथ्वीनारायण शाहले देश एकीकरण गर्दै एउटा गहिरो सन्देश दिएका थिए– ‘नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो।’ यो वाक्य केवल एउटा राजनीतिक भनाइ थिएन, यो नेपालको आत्मा थियो।
यसको अर्थ थियो– नेपाल विविधताले भरिएको देश हो, जहाँ फरक जात, भाषा संस्कृति र समुदाय भए पनि सबै मिलेर एउटै देश बनाउँछन्। फूलबारीमा जस्तै विभिन्न फूल मिलेर सन्दर बगैंचा बनाउँछन, त्यस्तै नेपाल पनि विभिन्न समूदायको मिलनबाट बनेको राष्ट्र हो।
समय बित्दै जाँदा यो सन्देश कहिलेकाहीँ कमजोर भएको जस्तो पनि देखिन्थ्यो। राजनीति, स्वार्थ र विभाजनकारी सोचले समाजमा दूरी बढाएको महसुस पनि भयो। तर इतिहासको सुन्दरता यही हो– कुनै सच्चा विचार कहिल्यै मर्दैन।
आज धेरै मानिसहरू महसुस गर्न थालेका छन् कि बालेन शाहले फेरि एकपटक त्यो पुरानो सन्देशलाई व्यवहारमा देखाउने प्रयास गरेका छन्। फरक पृष्ठभूमिबाट आएका मानिसहरूलाई एउटै उद्धेश्यमा जोड्ने, युवाहरूलाई प्रेरणा दिने, र ‘हामी सबै नेपाली हौं’ भन्ने भावना बलियो बनाउने प्रयासले धेरै नागरिकलाई नयाँ आशा दिएको छ।
यस अर्थमा धेरैले भन्ने गर्छन्–
पृथ्वीनारायण शाहले दिएको ‘चार जात छत्तीस वर्णको फूलबारी’ को विचारलाई आजको समयमा फेरि एकपटक व्यवहारमा देखाउने प्रयास भएको छ।
तर समयसँगै देशले धेरै चुनौतीहरू पनि भोग्यो। राजनीतिभित्र बढ्दो भ्रष्टाचार, सत्ता स्वार्थ, र व्यक्तिगत फाइदाका लागि गरिने निर्णयहरूले जनताको विश्वास कमजोर बनाएको अनुभव धेरै नागरिकहरूले गरेका थिए, जब नेतृत्वमा पारदर्शिता र जिम्मेवारीको कमी हुन्छ, तब देशको विकासको गति पनि सुस्त हुन्छ।
भ्रष्टाचारले थिचिएको देशमा सबैभन्दा ठूलो क्षति केवल आर्थिक हुँदैन– त्यो जनताको मनोबलमा पर्छ। नागरिकहरू निराश हुन थाल्छन्, युवाहरू विदेशतिर जाने सोच्न थाल्छन्, र देशप्रतिको आशा कमजोर हुँदै जान्छ।
तर इतिहासले हामीलाई अर्को सत्य पनि सिकाउँछ– आशा कहिल्यै मर्दैन।
नेपालको राजनीतिमा वर्षौंदेखि जरा गाडेर बसेका शक्तिशाली नेताहरूलाई चुनौती दिन कहाँ सजिलो थियो र? तर जब जनताको आशा फेरि जाग्छ, तब इतिहास पनि फेरि लेखिन थाल्छ। पुराना गल्तीहरूबाट सिकेर नयाँ बाटो बनाउने काम सुरु हुन्छ। इतिहासले देखाउँछ कि जब अन्याय, भ्रष्टाचार र गलत आचरण धेरै बढ्छ, तब समाजभित्र परिवर्तनको शक्तिशाली आवाज जन्मिन्छ। त्यो आवाज युवाहरूबाट आउन सक्छ, नागरिक समाजबाट आउन सक्छ, वा नयाँ सोच भएका नेतृत्वबाट आउन सक्छ।
आज धेरै नेपालीहरूलाई लाग्न थालेको छ कि देशलाई नयाँ सोच, नयाँ ऊर्जा र इमानदार नेतृत्वको आवश्यकता छ। यस्तो नेतृत्व जसले पद र शक्तिलाई आफ्नो स्वार्थका लागि होइन, जनताको सेवा गर्न प्रयोग गरोस्।
यसै सन्दर्भमा धेरै नागरिकहरूले नयाँ पुस्ताका नेतृत्वप्रति आशा देखाउन थालेका छन्। उनीहरूलाई यस्तो लाग्छ कि भ्रष्टाचारले थिचिएको देशलाई अघि बढाउन पारदर्शिता, इमानदारी र साहस चाहिन्छ।
त्यसैले आज फेरि त्यो शब्दको अर्थ गहिरो लाग्छ–
‘History भनेको फेरिने चिज हो।’
जनताको मनमा परिवर्तनको चाहना कहिल्यै मर्दैन। जब जनताको आशा र आवाज एक ठाउँमा आउँछ, तब ईतिहास अवश्य फेरिन्छ।
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया