बिएल संवाददाता
वर्षा र प्रतिकूल मौसमको मौका छोपेर ट्याक्सी चालकहरूले चर्को भाडा असुलेको भन्दै सेवाग्राहीहरूले गुनासो गर्न थालेका छन्।
अनलाइन राइड सेयरिङ एपहरूमार्फत बुकिङ गर्दा एसेप्ट नगर्ने र अफलाइन बसेर चर्को भाडा असुल्ने गरेको भन्दै यात्रुहरूले गुनासो गरेका हुन्।
शुक्रबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ। वर्षाका कारण सार्वजनिक यातायातसम्म पुग्न असहज हुँदा यात्रुहरूले सहजताका लागि ट्याक्सी खोज्नुपर्ने बाध्यता हुन्छ।
तर, त्यही बाध्यताको मौका छोपी ट्याक्सीहरूले लुटधन्दा चलाएको यात्रुहरूको गुनासो आएको हो। बाध्यात्मक अवस्थामा ट्याक्सीहरूले ५ गुणासम्म बढी भाडा असुल्ने गरेका सेवाग्राहीहरू बताउँछन्।
अभिनेत्री लक्ष्मी बर्देवाले अस्पतालबाट फर्किने क्रममा अनलाइन ट्याक्सी नपाएको गुनासो सामाजिक सञ्जालमार्फत गरेकी छन्।
‘बागबजार काठमाडौं मोडेल हस्पिटलमा अड्किएको २ घण्टा बढी भयो। इन्ड्राइभ र याङ्गो भन्ने एपमार्फत निरन्तर ट्याक्सी खोजेको खोज्यै छौं यस्तो बेला अफलाइन बसेर मौकाको फाइदा उठाउनु र नियमित रकम भन्दा ४ गुणा बढी भाडा माग गर्नु पनि अनियमितता हो। सकेको सहयोग अप्ठ्यारोमा गर्ने हो ‘यही हो मौका’ भन्ने भाष्य निर्माण गर्ने हैन,’ उनी भन्छिन्।
एयरपोर्ट, अस्पताल, सपिङ मलजस्ता मानिसहरूको भिडभाड हुने क्षेत्रमा ढुकेर बसेका ट्याक्सीहरूले सेवाग्राहीको बाध्यताको मौका छोपी चर्को भाडा असुल्ने गरेका हुन्। सामान्य बेला ३ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा यस्तोबेला १५ सय रुपैयाँसम्म भाडा असुल्ने गरेको यात्रुहरूको गुनासो छ।
प्रहरी प्रशासनको बेवास्ताले ट्याक्सीहरूको मनपरी बढेको सेवाग्राहीहरू बताउँछन्। भन्छन्, ‘रास्वपाकै सरकार आएपनि यी ट्याक्सी चालकहरू सुध्रनेवाला छैनन्। हेर्ने निकाय यीनै हुन्। वास्तै गर्दैनन्, सब मिलेका छन्।’
त्यतिमात्रै होइन, भाडा बढी लिएको गुनासो गर्ने यात्रुहरूलाई चालकहरूले दुर्व्यवहार गर्ने गरेको समेत यात्रुहरूको गुनासो छ। सम्बन्धित निकायको समन्वयको अभावमा उनीहरूले उन्मुक्ति पाइरहेका छन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया