सोमबार, ०३ नोभेम्बर २०२५

नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र

News Image
• • •

राज्य र राजनीति 

राज्य राजनीतिक विषय हो। राज्य भन्नाले कुनै निश्चित भूभाग, जनसंख्या, सरकार र सार्वभौम अधिकार सहितको संस्थालाई जनाइन्छ। विभिन्न विद्धानहरूले राज्यको परिभाषा फरक फरक तरिकाले गरेका छन्। आर.एस. मोहन्तीले राज्य भन्नाले एक राजनीतिक संस्था हो जसको प्रमुख उद्देश्य समाजमा कानून र व्यवस्था कायम राख्नु हो। कार्ल मार्क्सले राज्य समाजमा उत्पन्न हुने वर्ग संघर्षको परिणाम हो।

राज्य मूलत शासित वर्गको हितमा काम गर्छ। मैक्स वेबरले राज्य भन्नाले भौगोलिक क्षेत्रमा अधिकारको वैध प्रयोग गर्ने एक संस्था हो। राज्यका मुख्य तत्वमा जनसंख्या जहां नागरिक हुनु जरुरी हुन्छ। भूमि जहां निश्चित भौगोलिक क्षेत्र हुन्छ। सरकार जसले राज्य सञ्चालन गर्ने संरचनाको हैसियत प्राप्त हुन्छ। सर्वभौम सत्ता जस अन्तरगत सुरक्षित हुन राज्यलाई बाह्य र आन्तरिक रूपमा स्वतन्त्र अधिकार हुन्छ।

राजनीति भन्नाले राज्य सञ्चालन गर्ने कला, विज्ञान वा प्रक्रिया हो। अरिस्टोटलले राजनीति सबैभन्दा उच्च स्तरको कला हो, जसको मुख्य उद्देश्य मानिसहरूको उत्तम जीवन सुनिश्चित गर्नु हो। हर्बर्ट सायमले राजनीति भन्नाले निर्णय गर्ने प्रक्रिया र शक्ति वितरणको अध्ययन हो। 

रिचर्ड लासवेल राजनीति भन्नाले कसले के, कहिले र कसरी पाउँछ भन्ने प्रक्रिया हो। राजनीतिक क्रियाकलापका मुख्य पक्षमा शक्ति अर्थात निर्णयमा प्रभाव पार्ने क्षमता हुन्छ। सरकारी संरचना अर्थात निर्णय कार्यान्वयन गर्ने निकाय हुन्छ। नीति निर्माण जसले जनहित र सार्वजनिक व्यवस्थाका लागि नियम बनाउने प्रक्रिया बनाएको हुन्छ। 

राज्यलाई समाजमा व्यवस्था र अधिकार कायम गर्ने संरचना र राजनीतिको रूपमा निर्णय र शक्ति प्रयोगको प्रक्रिया भनेर हेर्छन। राज्य र राजनीति एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन्। राज्य बिना राजनीति असम्भव छ र राजनीति बिना राज्य निरर्थक हुन्छ।

राज्यमा राजनीतिक विकास 

राजनीतिक विकास एक जटिल प्रक्रिया हो। यसलाई बुझ्नका लागि हामीले मानव समाजको प्रारम्भिक अवस्था देखि आधुनिक राजनैतिक प्रणालीसम्मको क्रमिक परिवर्तनलाई अध्ययन गर्नु पर्छ। 

प्रारम्भिक सामाजिक संरचनामा शिकार सङ्ग्रहण समाज पहिलो राजनीतक र राज्यको रुप थियो। जसमा प्रारम्भिक मानव समुदायमा नेतृत्व संरचना धारणा थियो। निर्णय सामूहिक रूपमा गरिन्थ्यो। शक्ति व्यक्ति विशेषमा नभई समुदायमा वितरित थियो। यसपछीको कृषि आविष्कार पछि स्थायी बस्तीहरू स्थापना भए। कृषि समाजमा उत्पादन बढेसँगै श्रम विभाजन र सामाजिक पदानुक्रम सुरु भयो। राजनैतिक सत्ता अब केही व्यक्ति वा परिवारमा केन्द्रित हुन थाल्यो।

कृषि समाजपछी राज्यको उदयको पुरानो सभ्यताका रुपमा मिस्र, मेसोपोटामिया, सिन्धु उपत्यका, चीन आदि सभ्यतामा शासन संरचना राजा वा फराओ वा सम्राटले धार्मिक तथा सेनात्मक अधिकारसँगै कानून जस्तै हाम्मुराबीको कोड र प्रशासनिक प्रणाली विकास भई नगरीय राज्य जस्तै     ग्रीसको प्राचीन शहर-राज्यमा लोकतन्त्र र अधिनायकत्व दुवै अभ्यास भयो। रोम गणतन्त्रबाट साम्राज्यसम्मको संक्रमण अन्तसाथ प्राचिन कालको पनी अन्त्य भयो। 

मध्यकालीन राजतन्त्र र सामन्तवादी प्रणालीले युरोपमा मध्ययुगमा सामन्तवादले भूमिपति र अधीनस्थ कृषकहरूको सम्बन्धमा आधारित राजा, सरदार र चर्चले साझा रूपमा शक्ति नियन्त्रणको जगमा राजनीतिक अधिकार सीमित र वर्गगत बनाएका थिए। यसै जगमा इस्लामिक र एशियाई साम्राज्य जस्तै मुगल, ओटोमन, मिंग आदि केंद्रीकृत प्रशासन, सेना र कर प्रणालीको विकास भयो।

पुनर्जागरण र प्रबुद्धताको साथ आएको आधुनिक राजनीतिक प्रणालीको विकासले व्यक्तिको अधिकार, तर्क र न्यायमा जोड दिदै लोकतन्त्र, गणतन्त्र, मानवअधिकारको प्रारम्भिक सिद्धान्त र त्यसको जगमा क्रान्ति विषेश अमेरिकी (१७७६), फ्रेञ्च (१७८९) ले संविधान र नागरिक अधिकारको विकास विकास औद्योगिक क्रान्तिले सामाजिक सुधार र राजनीतिक प्रतिनिधित्वको माग गरेको थियो। 

हिजो आजको २०औँ शताब्दी र हालको अवस्थामा भएका विश्व युद्ध र राष्ट्रसङ्घको स्थापना जसवाट राष्ट्रवाद र अन्तर्राष्ट्रिय राजनीतिक संरचना, लोकतान्त्रिक प्रणाली, संघीयता, बहुदलीय प्रणालीले वर्तमान राजनीतिक प्रवृत्तिमा मानवअधिकार, समानता, बहुसांस्कृतिकता, प्रविधि र सामाजिक सञ्चारको भूमिका साथै लोकतान्त्रिक, अधिनायकत्व, मिश्रित शासन प्रणालीहरूबाट हामी शासित छौं।

सारांशमा भन्नुपर्दा मानव समाजको विकाससँगै राजनीतिक संरचनाहरू पनि जटिल हुँदै गए। प्रारम्भिक सामूहिक निर्णयदेखि लिएर आधुनिक लोकतान्त्रिक वा अधिनायक व्यवस्थासम्म यसमा आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक कारकहरूले ठूलो भूमिका खेलेका छन्।

राज्य राजनीतिमा राजसंस्था र लोकतन्त्र 

राजसंस्था भन्नाले राज्यको सर्वोच्च सत्ता एक व्यक्ति (राजा/रानी) वा राजा परिवारको हातमा रहने शासन प्रणाली हो। यसमा एकात्मक सत्ता, वारिसी प्रणाली र नागरिकको भूमिका सीमित हुन्छ भन्दै पूर्ण र संवैधानिक राजतन्त्रबाट शासित हुने मान्यता यजागर गरियो। राजसंस्थामा राज्यको व्यवस्थापन राजा वा शासकको इच्छामा आधारित हुन्छ। यहाँ जनता अधिकांश समय सत्ता र निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता गर्दैन।

लोकतन्त्र भन्नाले राज्यको सर्वोच्च सत्ता जनता वा जनताले छानेका प्रतिनिधिहरूको हातमा हुने शासन प्रणाली हो। जसमा जनता सर्वोच्चता निर्वाचन प्रणालीबाट प्रदान हुने अधिकार र स्वतन्त्रतालाई प्रतिनिधि वा प्रत्यक्ष लोकतन्त्रबाट शासन र शासित हुने विधि तय गरियो। 

यी विषय तयार गरिएका भाष्य हुन तथापि यहा चर्चा गरिएको जस्तो लोकतन्त्र लोकतान्त्रिक र राजतन्त्र राजतान्त्रिक नहुन सक्छ। युरोपको राजतन्त्र र पुर्विय राजतन्त्र एकै मानकका छैनन। युरोपको राजतन्त्र पुर्वय राजसस्था बिभ आकास पालतको भिन्नता छ। तथापी लोकतन्त्रमा राजनीति मुख्य रूपमा जनता र सरकार बीचको सहमति र निर्णय प्रक्रियामा आधारित हुन्छ। यहाँ सत्ता साझा र पारदर्शी हुन्छ।

राज्य र राजनीतिमा शासक र शासित 

शासक भन्नाले राज्यमा सत्ता र निर्णय गर्ने व्यक्ति वा निकायलाई जनाइन्छ। शासकले राज्यको प्रशासन, कानून, सुरक्षा र नीति निर्माणको जिम्मेवारी हुन्छ। यसमा सत्ता र अधिकार, नीति निर्माण र सुरक्षा र व्यवस्थापन हुन्छ। शासनको प्रकारमा एक व्यक्ति राजा वा रानी, प्रतिनिधि समूह संसद वा लोकतन्त्र र जिम्मेवारी जनता र राज्यको हितमा रहने भन्ने निर्णय हुन्छ। 

शासित भन्नाले राज्यको कानून, नियम र नीतिको अधीनमा रहनुपर्ने जनता वा नागरिकलाई जनाइन्छ। शासितहरूले राज्यको नियम पालना गर्छन् र कतिपय अवस्थामा सरकारमा सहभागी हुन्छन। यसमा नागरिक अधिकार: मत दिने, अभिव्यक्ति गर्ने, शिक्षा र सुरक्षा सम्बन्धी अधिकार, कर्तव्य: कानून पालना, कर तिर्ने, देशको विकासमा योगदान, सत्ता प्रयोगमा सीमित: शासकको निर्णय अनुसार जीवनयापन र राजनीतिक सहभागिता: लोकतन्त्रमा शासितले निर्वाचनमा भाग लिएर शासनमा प्रभाव पार्न सक्छ।

राज्य र राजनीति शासक र शासितबीचको सम्बन्धमा आधारित हुन्छ। शासकले सत्ता प्रयोग गर्छन् भने शासितले त्यसको पालना गर्छन्। लोकतन्त्रमा शासितले शासक चयन गर्ने र निर्णय प्रक्रियामा भाग लिन सक्छन जबकि राजसंस्थामा शासितको सहभागिता सीमित हुन्छ।

राजनीतिक प्रभाहक नेता के हो ? 

राजनीतिक नेताका सम्बन्धमा विद्वानहरूले विभिन्न दृष्टिकोणबाट विचार गरेका छन्। अरिस्टोटलले राजनीति नै मानवको स्वाभाविक क्रियाकलाप हो। नेताको काम केवल सत्ता चलाउनु मात्र होइन, तर समाजको नैतिक र सामाजिक विकासमा योगदान पुर्‍याउनु पनि हो। नेतृत्व नै समाजको कल्याण र स्थायित्वको लागि महत्वपूर्ण छ। निकोलो माकियाभेलीको दृष्टिमा नेता शक्तिशाली र व्यावहारिक हुनु पर्छ। 

नेता आफ्नो लक्ष्य हासिल गर्न कहिलेकाहीँ कठोर निर्णय लिन पनि तयार हुनु पर्छ। उद्देश्य साधनलाई न्यायोचित बनाउँछ भन्ने उनको प्रसिद्ध विचार नेताको व्यावहारिकता देखाउँछ। मैक्स वेबरले नेताका तीन प्रकारका पारंपरिक, करिश्माई, र कानूनी-राष्ट्रिय अधिकार हुने भनी नेताको प्रभाव र जनविश्वास नेतृत्वको सफलता तय गर्छ भनेका छन्। जॉन लाकले नेताको मुख्य कर्तव्य जनताको अधिकार र स्वतन्त्रता संरक्षण गर्नु हो। नेता जनताको विश्वास र सहयोग बिना दिगो नेतृत्व गर्न सक्दैन। 

विलियम डगलस जस्ता आधुनिक विद्वानले नेतामा नैतिकता, पारदर्शिता, र जनसेवामा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। नेताको कार्य केवल शक्ति प्रदर्शन होइन, तर सामाजिक न्याय र समानता सुनिश्चित गर्नु पनि हो। संक्षेपमा भन्नुपर्दा विद्वानहरूले नेतालाई सत्ता मात्र नभई जिम्मेवारी, नैतिकता, जनकल्याण, र जनविश्वासको प्रतिनिधिको रूपमा हेरेका छन्।

राजनीतिक नेताका सम्बन्धमा प्राचीन शास्त्रमा चर्चा गरिएको छ। भगवद्गीताको भाग ३ श्लोक २१ मा यस्तु सर्वाणि कर्माणि विद्ध्यवच्छ्यक् इत्यपि न कर्मफलहेतुर्भूः। अर्थात सबै कर्महरू देखेर पनि यदि व्यक्ति कर्मको फलमा आसक्त नभएर धर्मपूर्वक कार्य गर्छ भने उ उच्च नेतृत्वको योग्य हुन्छ। नेताले व्यक्तिगत लाभको लागि होइन, समाज र जनताको हितका लागि निर्णय लिनुपर्छ। 

नेता नै कर्मयोग अनुसार कार्य गर्दा समाजमा स्थायित्व र न्याय कायम हुन्छ। अर्थशास्त्रको किताव १ भाग १ मा राज्यस्य धर्मो रक्षेत, न तु केवलम् स्वार्थार्थम्। अर्थात राज्यको नेता आफ्नो स्वार्थ भन्दा धर्म र राज्यको कल्याणमा ध्यान दिनुपर्छ। चाणक्य अनुसार नेता शक्तिशाली मात्र नभई बुद्धिमान र न्यायप्रिय हुनुपर्छ। 

मनुस्मृतिको भाग ७ श्लोक १०५ मा “राज्ञः कर्तव्यं धर्मेण सम्यक् शासनं कुर्यात्।” अर्थात राजाले आफ्नो शासन धर्मपूर्वक, न्यायसंगत र जनहितकारी रूपमा चलाउनुपर्छ। नेता जनताको कल्याण, सुरक्षा, र न्याय सुनिश्चित गर्न जिम्मेवार हुन्छ।

शिवधर्म नीति शास्त्रले “नायकस्य लक्षणं धर्म, दया, प्रज्ञा, धैर्यम्।” अर्थात नेताको मुख्य गुण धर्मपरायणता, करुणा, बुद्धिमत्ता र धैर्य हुनु हो। नेतृत्व केवल शक्ति र पदको कुरा होइन; गुण, नैतिकता र निर्णय क्षमता सबैभन्दा महत्वपूर्ण छन्। 

राजनीतिक नेतृत्व वा राजनीतिमा सफलता पाउने व्यक्तिको योग्यता धेरै विद्वान, नीति शास्त्र र अनुभवजन्य अध्ययनमा उल्लेख गरिएको छ। यी गुणहरू केवल व्यक्तिगत क्षमता मात्र नभई समाज र जनताको हितमा काम गर्न आवश्यक हुन्छ। नैतिकता र धर्मपरायणता जसमा नेता जनताको विश्वास जित्न नैतिक र धर्मपरायण हुनु आवश्यक छ। 

भ्रष्टाचार र अनैतिक कार्यबाट समाजमा अस्थिरता आउँछ। उदाहरण: भगवद्गीता, चाणक्य अर्थशास्त्रमा नेता धर्मको पालक हुनु आवश्यक मानिएको छ। बुद्धिमत्ता र प्रज्ञा जसमा परिस्थितिको विश्लेषण गर्ने क्षमता र सूक्ष्म निर्णय लिन सक्ने क्षमता, दीर्घकालीन सोच राखेर नीति निर्माण गर्न सक्षम हुनु हो। 

उदाहरण: चाणक्यले बुद्धिमत्ता नै नेताको मुख्य शक्ति भएको बताएका छन्। धैर्य र साहस जसमा संकटको समयमा निर्णय गर्न र जनताको भलो गर्न साहस हुनु र आलोचना र विरोधको सामना गर्ने धैर्य रहनु हो। जनसेवा भावना जसमा नेता आफ्नो व्यक्तिगत लाभभन्दा बढी जनताको हितमा काम गर्छ। 

जनताको सुरक्षा, कल्याण, शिक्षा, स्वास्थ्यमा सक्रिय हुन्छ। सञ्चार र नेतृत्व क्षमता जसमा स्पष्ट, प्रभावकारी सञ्चार गर्ने क्षमता र मानिसहरूलाई एकत्रित गर्ने र प्रेरित गर्ने क्षमता हुनुप्रर्दछ। दूरदर्शिता जसमा समाज र राष्ट्रको भविष्यको दृष्टि राख्ने र अल्पकालीन लाभभन्दा दीर्घकालीन योजनामा ध्यान दिने हुनुपर्दछ। न्यायप्रियता जसमा सबै वर्ग, धर्म, जाति र लिङ्गसँग समान व्यवहार र निर्णय गर्दा व्यक्तिगत वा समूहगत स्वार्थभन्दा न्यायलाई प्राथमिकता दिने हुनुप्रर्दछ। 

अनुकूलन क्षमतामा राजनीतिक वातावरण, समाजिक परिवर्तन र अन्तर्राष्ट्रिय परिस्थिति अनुसार निर्णय लिन सक्ने र आवश्यक परे रणनीति परिवर्तन गर्न तयार गर्ने योग्यता हुनुप्रर्दछ। राजनीतिक नेतृत्व केवल पद र शक्ति होइन; धर्म, बुद्धि, साहस, जनसेवा र न्याय यी सबै गुणहरूको संयोजन हो। यी गुण भएका नेता नै दिगो र प्रभावकारी नेतृत्व गर्न सक्षम हुन्छन।

नैतिकता र योग्यताको क्षमता 

शासकिय क्षमता र राजनीतिक योग्यता बीच स्पष्ट भिन्नता हुन्छ, तर दुवै नेतृत्वमा अत्यन्त महत्वपूर्ण हुन्छन। शासकिय क्षमता भन्नाले कुनै नेताको संगठन चलाउने, नीति कार्यान्वयन गर्ने, प्रशासनिक समस्याहरू समाधान गर्ने, तथा संसाधन व्यवस्थापन गर्ने क्षमतालाई जनाउँछ। 

यसमा नीति कार्यान्वयन क्षमताबाट कानून, नियम र योजनाहरू सही ढंगले लागू गर्ने क्षमता, संगठनात्मक क्षमताबाट विभिन्न सरकारी निकाय वा विभागलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने, समस्या समाधान क्षमताबाट संकट वा प्रशासनिक चुनौतीहरू समाधान गर्ने क्षमता, स्रोत व्यवस्थापनबाट जनशक्ति, बजेट, समय र अन्य साधनहरूको कुशल उपयोग र दक्ष निर्णय क्षमताबाट तथ्याङ्क र परिस्थितिको आधारमा उचित निर्णय लिन सक्ने हुनुपर्छ। 

चाणक्य (कौटिल्य) अनुसार, शासकको मुख्य दायित्व शासनको स्थायित्व र जनकल्याण सुनिश्चित गर्नु हो। मनुस्मृति र शास्त्रीय ग्रन्थहरूले पनि शासकलाई प्रशासनिक दक्षता, न्यायप्रियता र अनुशासनमा निपूर्ण हुनु आवश्यक भनेका छन्।

राजनीतिक योग्यता भन्नाले नेताले राजनीतिक निर्णय लिन, जनताको विश्वास जित्न, शक्ति सन्तुलन गर्न, गठबन्धन र वार्ता गर्न सक्षम हुनु जनाउँछ। यसमा रणनीतिक क्षमताबाट चुनाव, नीति, गठबन्धन र दलगत रणनीति तय गर्न सक्ने क्षमता, जनसम्पर्क क्षमताबाट जनता र विभिन्न समूहसँग संवाद, विश्वास र सहकार्य गर्न सक्ने, कूटनीति र वार्ता क्षमताबाट आन्तरिक र अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापन गर्ने, सत्ता सन्तुलनबाट विरोधी दल, पार्टी र संगठनसँग सन्तुलन कायम गर्ने र जनतासँग सम्वादबाट जनमत बुझ्न र समर्थन जुटाउन सक्षम हुनु हो। 

म्याकियाभेलीले नेता व्यावहारिक र शक्ति-संवेदनशील हुनु पर्छ भनेका छन्। आधुनिक राजनीतिक शास्त्रमा पनि नेताको प्रभावकारीताका लागि राजनीतिक बुद्धि, जनतासँग सम्बन्ध र रणनीतिक सोच अत्यन्त महत्वपूर्ण मानिन्छ। नैतिकताको जगमा बनेको शासकिय क्षमता र राजनीतिक योग्यता दुवै एक नेता सफल हुनुका लागि आवश्यक छन्। शासकिय क्षमता बिना नीति कार्यान्वयन सम्भव छैन र राजनीतिक योग्यता बिना सत्ता प्राप्ति र जनसमर्थन सम्भव छैन।

नैतिकताको जगको योग्य शासक

योग्य र असल नेता : संसारभरि इतिहासमा धेरै नेता रहेका छन् जसलाई योग्य र असल नेता भनेर मानिन्छ। महात्मा गान्धीमा योग्यता अहिंसा र सत्याग्रही आन्दोलनमार्फत ब्रिटिश शासनविरुद्ध जनसमर्थन जुटाउन सक्षमता थियो। असलतामा नैतिकता, सहिष्णुता, जनकल्याणमा अडिग थिए। उनका उपलब्धिमा भारतको स्वतन्त्रता आन्दोलनमा अहिंसात्मक मार्गदर्शन गरेका थिए। नेल्सन म्यान्डेलाको योग्यता २७ वर्ष जेलमा बस्दा पनि राष्ट्रिय एकता र पुनर्निर्माणमा रणनीतिक नेतृत्व गर्ने थियो। असलता क्षमा, समानता, जातिवादविरुद्ध संघर्ष थियो। उपलब्धि दक्षिण अफ्रिकामा रंगभेद अन्त्य, लोकतान्त्रिक शासन स्थापना थियो। अब्राहम लिंकनको योग्यता नागरिक युद्धमा अमेरिका एकताको रक्षा र नीति कार्यान्वयन थियो। 

असलता दीन, न्यायप्रिय, जनहितमा प्रतिबद्धा थियो। उपलब्धि दासप्रथा अन्त्य, राष्ट्र एकता कायम गरेका थिए। चौङ्ग काई-शेक सन्तुलित दृष्टिकोणका धनी थिए। उनको योग्यतामा शासन, नीति, समाजिक अनुशासन, असलतामा नैतिकता, कर्तव्य, जनहित र उपलब्धिमा चिनियाँ शास्त्रीय दृष्टिकोण अनुसार गुणी नेता थिए। जॉन फि. केनेडीको योग्यतामा संकटमा निर्णय क्षमता जस्तै क्युबन मिसाइल संकट निवारण गर्ने, असलतामा जनतासँग सम्वाद, न्याय र राष्ट्रिय हितमा प्रतिबद्ध र उपलब्धिमा अन्तर्राष्ट्रिय कूटनीति र युवा प्रेरणा थियो। जस्टिन ट्रुडोको योग्यता समावेशी नीति, आधुनिक सामाजिक कार्यक्रम, असलतामा समानता, मानवअधिकार र पारदर्शिता थियो। 

योग्यताको विषेशता निर्णय क्षमता, नीति कार्यान्वयन, संगठन चलाउने क्षमता, असलतामा नैतिकता, जनहित, दया, न्यायप्रियता हुन्। यी दुवै गुणहरू भएको नेता मात्र सार्वभौमिक रूपमा सम्मानित हुन्छ। महान नेताको परिचय दूरदर्शिता र दीर्घकालीन सोच, नैतिकता, जनहितमा प्रतिबद्धता, साहस र संकटमा दृढता, जनताको मनोबल र विश्वास जित्ने क्षमता, समाज र राष्ट्रको दिगो विकासमा योगदान रहेका छन्। नेपालमा राजा पृथ्वी नारायण शाह, राजा महेन्द्र, जेगबहादुर र चन्द्र शम्सेरको गणना गर्न सकिन्छ। 

खराब र अनैतिक नेता : संसारमा केही नेताहरू पनि छन् जसलाई खराब र अनैतिक नेता मानिन्छ। एडोल्फ हिटलरका खराब र अनैतिक पक्षमा जातीय श्रेष्ठता र नाजीत्वादमा आधारित क्रूर नीतिहरू थियो। जसको प्रभाव दोस्रो विश्वयुद्ध भएको र ६ लाख यहूदीको हत्याका साथै लाखौंको मृत्यु भएको थियो। जोसेफ स्टालिनको खराब र अनैतिक पक्षमा कठोर तानाशाही, विरोधीहरूको दमन थियो। यसको प्रभाव लाखौंको भोकमरी र स्वतन्त्रता दमन गरेका थिए। पॉल पोटका खराब र अनैतिक पक्षमा रेड खमेर सरकारमा नागरिक हत्या, बलपूर्वक काम र सामाजिक परिवर्तन थिए। 

यसको प्रभाव करिब २० लाख मानिसको मृत्यु, सामाजिक संरचना विनाश भएको थियो। हुसेन हार्ब्रे, अगस्टो पिनोचे, चायचेस्कु, सद्दाम हुसेन, माओ झेडुङ, मुअम्मार गद्दाफी, बशार अल-असद पनी खराव कै दर्जामा राखेर हेरिन्छ। खराब र अनैतिक नेताको परिचय सत्ता र व्यक्तिगत लाभमा अडिग, जनताको अधिकार र जीवनप्रति संवेदनशीलता कम, हिंसा, दमन र भ्रष्टाचार र न्याय, नैतिकता र दया विहीन निर्णय हुन्। आजको नेपालका सबै नेता तथा शासक भनिनेसंग यस्ता अवगुण छन्। 

महान राजा जसका कारण देश महान बन्यो : संसारमा केही राजा वा शासक थिए जसको दूरदर्शिता, नेतृत्व क्षमता र जनहितकारी नीतिका कारण आफ्नो देश महान बनेको मानिन्छ। अशोक महानका उपलब्धिमा कालको युद्धपश्चात अहिंसा र बौद्ध धर्मको प्रचार, न्याय, प्रशासन र जनकल्याणको विकास र साम्राज्यलाई सांस्कृतिक र आर्थिक दृष्टिले समृद्ध बनाएका थिए। चङ्गेज खान उपलब्धिमा विश्वकै ठूलो साम्राज्य निर्माण, व्यापार र यातायात मार्ग सुरक्षित र कूटनीति र अनुशासनमा दक्षता कायम गरेका थिए। लुइस चौधौ जसलाई युरोपको सूर्यराजा भनिन्छ जसले फ्रान्सलाई युरोपको शक्तिशाली राष्ट्रमा परिणत, कला, वास्तुकला र संस्कृतिको संरक्षण र केन्द्रीयकृत शासन र सैन्य बलको मजबुती कायम गरेका थिए। 

एलिजाबेथ प्रथमले इंग्ल्याण्डलाई राजनीतिक र सांस्कृतिक रूपले सुदृढ, समुद्री शक्ति र व्यापार विस्तार र शेक्सपियर र रिनेसाँसको संरक्षण गरेको थिईन। फेडिनान्ड र इसाबेलाले स्पेनको एकीकरण, अमेरिका खुल्ने मार्गमा समर्थन, धार्मिक र प्रशासनिक सुधार गरेकी थिईन। फुरुसु कोरियाली वर्णमालाको सिर्जना, कृषि, विज्ञान, कानून र प्रशासन सुधार र जनताको शिक्षा र जीवन स्तर उकासिएको थियो। महान राजाको विशेष गुणमा दूरदर्शिताबाट देशको दीर्घकालीन विकासमा ध्यान, न्यायप्रियताबाट प्रशासनमा पारदर्शिता र न्याय, सांस्कृतिक र वैज्ञानिक प्रोत्साहनबाट कला, शिक्षा र विज्ञानको संरक्षण, सैन्य र आर्थिक क्षमताबाट देशको सुरक्षा र आर्थिक समृद्धि र जनहितमा नीतिबाट नागरिकको जीवनस्तर सुधार पर्दछन्।

निष्कर्ष नेपालको भविष्य: लोकतन्त्र र राजसंस्था 

ईतिहासका सबै भ्रष्टाचारका घटना सहितका अपराधको कुरा गर्न समेत लाज र घिन दिने गणतन्त्रका कलोवादीको शासकिय योग्यता कृष्ण प्रसाद सिटौलाले नेपाल प्रहरीलाई सिलौटामा पिसेर सुडानको मस्ति मारेको र पुर्ण बहादुर खड्काले रुन्चे रकमबाट सेनापति बनाए वापत सभापति सहित दाई भाउजुलाई सेना र प्रहरीको रोवहरमा पिटाई खाने बनाए। सेनाको सुरक्षामा रहेका प्रधानमन्त्री भाग्नु पर्यो। प्रधानमन्त्री बनायन नसक्ने राजनीतिक दल र जाहेरी दरखास्त दायर गर्ने अदालतबाट प्रभानमन्त्री बन्ने देशमा गणतन्त्र हासिरहेको देख्ने चेतनालाई थप सल्लाह दिन उचित देखिदैन। 

बालेनले तयार गरेको फौजबाट गणतन्त्रको नाङ्गो लाज सबै देखियो। अव विकल्पको बाटो देखिएको छ। नेपालमा लोकतन्त्र र राजसंस्था मात्र नेपालको भविष्य भन्ने विषयमा विचार गरिएन भने देशको ऐतिहासिक, राजनीतिक र सामाजिक पक्षहरू मात्र होईन देश नै नरहने अवस्थामा छ। ऐतिहासिक पृष्ठभूमिबाट हेर्दा नेपाल लामो समयदेखि राजसंस्थामा शासन भएको देश हो। सन १९४८–१९५१ को आन्दोलनपछि पहिलोपटक लोकतान्त्रिक अभ्यास सुरु भयो। राजसंस्था र लोकतन्त्रको संयोजन सन १९५१ पछि देखियो तर सन २००७–८ का राजनीतिक आन्दोलनपछि संवैधानिक लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो। 

नेपालका लागि भविष्यको दृष्टिकोण हेर्दा केवल राजसंस्था किन भन्दा स्थायित्व र सांस्कृतिक पहिचान कायम रहन सक्छ। तर, आधुनिक युगमा जनअधिकार र लोकतान्त्रिक मूल्य सीमित हुन सक्छ। केवल लोकतन्त्र भनियो भने जनताको भागीदारी र अधिकार सुनिश्चित तर, राजनीतिक अस्थिरता, भ्रष्टाचार र दलगत झगडाको चुनौती हुन्छ। यसैले संयुक्त दृष्टिकोण राजसंस्था र लोकतन्त्र भनियो भने राजाले राज्य र निर्णय र शासन लोकतन्त्रिक प्रक्रियाबाट हुन्छ। युरोपका धेरै देश जस्तै बेल्जियम, जापान, ब्रिटेन सफल छन्। 

नेपालको भविष्य केवल राजसंस्था वा केवल लोकतन्त्रमा सीमित छैन। सुदृढ लोकतान्त्रिक प्रणाली महत्वपूर्ण छ। सांस्कृतिक र ऐतिहासिक पहिचान कायम गर्न संवैधानिक राजसंस्था विकल्प हुन सक्छ। सबैभन्दा महत्वपूर्ण कुरा जनअधिकार, न्याय, स्थायित्व र विकास सुनिश्चित गर्न पनी राजसंस्था र लोकतन्त्रको मिलन नै नेपालको भविष्य हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!