बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राम्रो काम एउटाले मात्र गर्न चाहेर नहुने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित संवाद श्रृखला कार्यक्रममा बोल्दै उनले एउटाले बनाउँछु भनेर सोच्दै गर्दा अर्कोले राम्रो बनाउँछु भनेको के हो? भनेर सोध्यो भने त्यसको औचित्य नरहने बताए।
उनले एकले मात्र गर्न चाहेर नहुने भन्दै शेरबहादुर देउवालाई पार्टी सभापति बनाउन रोक्नदेखि गठबन्धन सरकार बनाउन काममा रोक्न खोज्दा पटकपटक आफू हारेको बताए।
‘शेरबहादुर देउवालाई पार्टी सभापति हुनुहुँदैन भनेर उहाँविरुद्ध लडेर हारेको हुँ, उहाँलाई प्रधानमन्त्री बन्न दिन हुन्न भनेर लड्दा नमज्जासँगले हारेको मान्छे हुँ, निर्वाचन अघि गठबन्धन गर्न हुन्न भनेर प्रस्ताव राख्दा हारेको हुँ। प्रचण्ड–ओली मिलेर सरकार बनाउँदा प्रतिपक्षमा बसेकाले राष्ट्रपतिलाई भोट दिनुहुन्न भनेर प्रस्ताव राख्दा त्यहाँपनि हारेको हुँ, ओलीजीसँग मिलेर सरकार बनाउने कुरा पत्रिकामा पढेर थाहा पाएकाले त्यहाँ पनि हारेको हुँ। त्यस्तै उपसभामुखलाई महाअभियोग लगाउनुपर्छ भन्दा दुई महामन्त्री मिलेर रोकेको हो,’ उनले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया