डिल्ली पाण्डे
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले आईतवार एक जना नक्कली डाक्टरलाई काठमाडौं महानगरपालीका वडा ३ बाट पक्राउ गर्यो।
पक्राउ पर्ने नक्कली डाक्टर हुन्,अर्घखाँची मालापानी गाउँपालिका–८ का जितेन्द्र पन्थी।
पन्थी बस्दै आएका घरबेटी हुन डाक्टर कृष्ण रिजाल। अनुसन्धानमा संलगन एक प्रहरी अधिकारीका अनुसार डाक्टर रिजाल नेपाल मेडिकल काउन्सीलबाट लिने अनुमतीपत्र लाईसेन्स लिने तयारीमा थिए।
नेपाल मेडिकल काउन्सीलले लाईसेन्सको फारम लिँदा नेपाल मेडिकल काउन्सील (एनएमसी) नम्बर भएका डाक्टरबाट हस्ताक्षर अनिवार्य छ।
आफ्नै घरमा डाक्टर भएपछि अन्त जाने कुरै भएन, त्यसपछि रिजालले आफ्नै घरमा बस्ने पन्थीलाई हस्ताक्षर गर्न अनुरोध गरे।
पन्थीले पनि ढुक्कका साथ डाक्टर रिजालको फारममा हस्ताक्षर गरे। पन्थीको हस्ताक्षर देखेपछि पछि डाक्टर रिजाललाई तर्सिए।
पन्थीले प्रयोग गरेको एनएमसी नम्बर पुरानो देखेपछि डाक्टर रिजाललाई शंका लाग्यो र उनले त्यो कुरा नेपाल मेडिकल काउन्सीसँग समम्वय गरे। त्यसपछि खुल्यो पन्थीको नक्कली पर्दाफास।
अनुसन्धान अधिकारीका अनुसार पन्थीले प्रयोग गर्ने गरेको नम्बर डाक्टर बरिष्ठ डाक्टर जोतेन्द्र्र शर्माको थियो।
डाक्टर रिजालको घरमा करिब डेढ वर्षदेखि भाडामा बस्दै आएका पन्थी ढुक्का साथ आफुलाई डाक्टरको परिचय दिन्थे।
पन्थीको साथबाट वीर अस्पताल, चिकित्सा संघ र विभिन्न अस्पतालका कार्ड तथा कागजपत्रहरु बरामद गरेको सीआईबीकी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।
पक्राउ परेका पन्थीले आफु र्तिकीस्थानबाट एमबीबीएर पास गरेको बताएको एसपी पन्तले बिएल नेपाली सेवालाई जानकारी दिइन्।
‘हामीले हिजो मात्र ल्याएका छौं, पन्थीको साथबाट बिरअस्पतालको कार्ड सहित अन्य केही स्वास्थ्य संस्थाका कागजपत्रहरु फेला परेका छौं फेरीफाई गर्दैछौ,’ प्रवक्ता पन्तले भनिन्।
नेपाल मेडिकल काउन्सीलको सहकार्यमा ब्यूरोले यस अघि पनि नक्कली डाक्टरलाई पक्राउ गर्न अभियान नै चलाएको थियो।
ब्यूरोले ‘अप्रेशन क्वाक’ नाम दिएर अप्रेशन चलाएको थियो। जसमा प्रधानमन्त्रीका निजी डाक्टर देखि वर्षौसम्म सरकारी अस्पतालमा काम गर्दै आएका डाक्टरहरु पक्राउ परेका थिए।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया