संसारकै शक्तिशाली राष्ट्र अमेरिका। जानकारहरुकाअनुसार अमेरिकी सेनासँग संसारभरिका सूचनाहरु ? सुरक्षित हुन्छन्।
अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर एजेन्सी डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डिआइए)लाई संसारकै शक्तिशाली खुफिया एजेन्सीका रुपमा हेरिने गरिन्छ। यो एजेन्सीले संकलन गरेका सूचनाकै आधारमा अमेरिकाले विभिन्न मिसन तय गर्छ।
यो खुफिया एजेन्सीमा कार्यरत कर्मचारीहरुलाई अमेरिकाले विश्वास पनि उत्तिकै गर्छ। सन १९८५ मा पेन्टागनले एना बेलेन मुन्टेसलाई क्युवाको सूचना संकलनार्थ क्युवाका लागि डेक्स प्रमुख बनायो।
मुन्टेसको जन्म सन १९५७ मा पश्चिम जर्मनीको नेरम्पलमा अमेरिकाको एउटा आधार शिविरमा भएको थियो। उनका पुर्खा प्युटोरिकोबाट आएको थियो। मुन्टेसले जोन हकिन्स विश्वविधालयबाट अध्ययन गरेकी थिइन्।
सन १९८५ मा उनले अमेरिकी रक्षा मन्त्रालयको खुफिया एजेन्सी (डिआइए)मा काम गर्न थालेकी थिइन्। पेन्टागनले उनलाई क्युवाको गोप्य सूचना संकलन गर्ने डेक्सको प्रमुख बनायो। र, उनले सोही डेक्समा बसेर १६ वर्षसम्म क्युवाको गोप्य सूचना संकलन गरी पेन्टागनलाई दिँदै आइन्।
खासमा क्युवाका सूचना संकलन गर्ने नभएर उनले अमेरिकाका गोप्य सूचना क्युवालाई दिँदै आएकी थिएन्। १६ वर्षसम्म उनले अमेरिकी सेना तथा अमेरिकी सरकारका गोप्य सूचना क्युवा सरकारलाई दिँदै आइन्। अमेरिकामा रहेका क्युवाका एजेण्टलाई समेत आफ्नो काबुमा राख्दै मुन्टेसले अमेरिकालाई रनभुल्ल पारेकी थिइन्।
जुन देशको सूचना संकलन गरी अमेरिकालाई दिने भन्दै जिम्मेवारी दिएर राखिएको थियो, मुन्टेसले ठिक उल्टो गर्दै अमेरिकाको सूचना क्युवालाई दिने गरेकी थिइन्। पेन्टागनले मुन्टेसको यो जासुसी कामकाे पत्ताे पाएन, बरु मुन्टेसलाई आफ्नो उत्कृष्ट कर्मचारी भन्दै दंग पर्दै आयो। मुन्टेसले उत्कृष्ट कार्य गरेको भन्दै अमेरिकी सरकारले सन १९९७ मा विषेश सम्मान समेत गर्याे।
सन १९५२ मा अमेरिकाको चाहनामा क्युवामा तानाशाही फुलगेलसियो बाटिस्ताको सरकार बनेको थियो। बाटिस्ताको सरकारविरुद्ध फिडेल क्यास्टोले क्रान्ति थाले। सन १९५९ मा क्युवामा बाटिस्टा सरकार विरुद्ध फिडेल क्यास्टोको क्रान्ति सफल भयो।
त्यसपछि अमेरिकालाई ठुलो धक्का लाग्यो र अमेरिकाले क्यास्टो र उनका परिवारलाई हत्या गर्ने योजना बनाउनतिर लाग्यो। धेरै प्रयास गर्याे तर सफल हुन सकेन। त्याे बेला ल्याटिन अमेरिकाका अधिकांश देशमा अमेरिकाकै इसारामा बनेका सरकार थिए। तर, क्युवामा भने त्यस्तो थिएन, सोभियत संघको विगठनमा समेत क्यास्टोले घुँडा टेकेनन्। त्यसैले गर्दा पनि अमेरिकी गुप्तचरको ध्यान क्युवामै केन्द्रित थियो।
क्युवामा स्पेनिस भाषा बाेलिन्थ्यो र मुन्टेसलाई स्पेनिस भाषा राम्रैसँग आउथ्यो, त्यसैले उनलाई क्युवाको जिम्मेवारी दिइएको थियो।
क्युवाको डेक्स प्रमुख भएपछि उनी सन १९८५ मै पहिलोपटक युरोप हुँदै क्युवा पुगेकी थिइन्। त्यसपछिका दिनहरुमा पनि उनी पटक-पटक विभिन्न भेषमा युरोप हुँदै क्युवा पुग्ने गरेकी थिइन्। तर, पनि उनले दोहोरो जासुसी गरेको अमेरिकी सरकारलाई कुनै पत्ताे थिएन। अमेरिकालाई लागिरहेको थियो, उनले देशकाे हितमा निकै राम्रो काम गरिरहेकी छन्।
सन १९९५ काे एकदिन पेन्टागनमा आकस्मिक बैठक बोलाइयो। उक्त बैठकमा मुन्टेस सामेल भइनन्। त्यो बैठक निकै निर्णायक थियो। त्यस्तो बैठकमा उनी सामेल नभएपछि उनीप्रति अनेक प्रशनहरु खडा भए। र, उनको निगरानी राख्न थालियो।
अमेरिकन इन्टेलिजेन्स व्यूरो एफबिआइले उनको दैनिक कार्यमा निगरानी राख्न थाल्यो। त्यसपछि उनको दैनिकीमा निगरानी थालियो भने उनका साथी, भाइ र नातागोताको समेत निगरानी बढाइयो।
सन २००१ को सेप्टेम्बर २१ मा मुन्टेस कार्यालयबाटै पक्राउ परिन्। बिहान कार्यालय आउन साथ उनले स्टाफ मिटिङ राख्ने गर्थिन्, सधैंझै त्यो दिन पनि उनी मिटिङमा बसेकी थिइन्, त्यही बेला एफबिआइका अधिकारी आएर मुन्टेसको हातमा हटकडी लगाए। एफबिआइले उनलाई दोहोरो जासुसी गरेको आरोपमा पक्राउ गरेको थियो।
अमेरिकी कानुनअनुसार यस्तो गल्ती गर्नेलाई मृत्यु दण्डको सजाय हुन्छ। मुन्टेसले आफूले क्युवालाई सूचना दिएको स्वीकार गरिन्। सत्य बोलेकै कारण उनलाई मृत्यु दण्डको सजायमा माफी दिइयो। अदालतले उनलाई २५ वर्षको जेल सजाय तोक्यो।
मुन्टेसले दिएको सूचनालाई क्युवाले इरान, उत्तर कोरिया र चिनलाई दिएको अमेरिकी खुफिया संस्थाको आशंका छ। मुन्टेसकै कारण अमेरिकाले गरेका गोप्य अप्रेशनमा धेरै घाटा भएको थियो। हाई प्रोफाइलमा रहेर यस्तो सूचना दुश्मन देशलाई दिने गरेको मुन्टेका बारेमा अमेरिकी सुरक्षा अधिकारीहरु अहिले पनि अच्चम्मित छन्।
जानकारहरुका अनुसार मुन्टेससलाई ट्विनटावर आक्रमणमा समेत जोडेर हेरिएको थियो। जेलजीवन भुक्तान गरी रिहा भएकी मुन्टेस अहिले उपचार गरेर बसिरहेकी छन्। उनका कारण अमेरिकी जासुसहरुलाई शंकाको घेरामा हेरिने गरिएको छ।
#आर्काइभ