वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको विरोधमा कालो पट्टी बाँधेर वकिलहरूको प्रदर्शन (तस्विरहरू)

Break n Links
Break n Links

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कानुन व्‍यवसायीहरूले प्रदर्शन गरेका छन्।

भिडियो-

सर्वोच्च बार एशोसिएशनको नेतृत्वमा कानुन व्‍यावसायीहरूले आइतबार नेपाल बार एशोसिएसनको प्राङ्गणमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्। उनीहरूले घटनामा संलग्नहरूलाई कडा कानुनी कारबाहीको माग गरे।

अदालतमा पक्ष र विपक्षमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेकोले कानुन व्‍यवसायीहरूको  सुरक्षा ग्यारेन्टी हुनुपर्ने माग गरे।

पीडित अधिवक्ता त्रिपाठीले एउटा हुलले आएर आफूलाई दुर्व्यवहार गरेको  बताए। उनले व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा आफूमाथि आक्रमणक भएको बताए। उनले घटनाको जिम्मेवारी रास्वपाले लिनुपर्ने बताए।

उनले भने, ‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ। आक्रमणकलाई गम्भिरतापूर्वक छानविन गरिनुपर्छ। वकिलहरूको प्रतिनिधित्वबिना न्याय प्रणाली कसरी फैसला गर्छ ? यो  महत्वपूर्ण  कुरा हो। व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा ममाथि आक्रमणक भएको छ । यसको सत्यतथ्य छानविन गरिनुपर्छ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी असुरक्षित भए अदालत नै असुरक्षित हुने दाबी गर्दै कानुन व्यवसायीमाथिको आक्रमण लोकतन्त्रमाथिको ग्रहण भएको दाबी गरे।

प्रकाशित मिति: : 2025-01-19 15:40:00

प्रतिकृया दिनुहोस्