राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकका मुद्दाबारे छलफल भएको छ। 

सोमबार सिहंदरबारमा बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धबारे मन्त्री तथा सांसदहरू र सरोकारवालाहरूससँग छलफल गरेर ठोस निर्णय लिने बताए। 

उनले पहिलाको विधेयक अनुसार अघि बढ्ने कि नयाँ विधेयक ल्याउनेबारे गृह मन्त्रालयसँग छलफल गर्ने समेत बताए। 

रक्षामन्त्री मानविर राईले गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकको समस्यालाई सम्बोधन गर्न नेपालको संविधान एव परिस्थिति अनुसार अघि बढ्ने बताए। 

उनले आजसम्म गरेका दुःखलाई एउटा शिक्षाको रुपमा लिन आवश्यक रहेको औंल्याए।  
 

प्रकाशित मिति: : 2025-06-09 14:40:00

प्रतिकृया दिनुहोस्