- अरुण सरकार
डोनाल्ड जे. ट्रम्प एक अर्बपति, एक व्यापारी, टेलिभिजन आर्टिष्ट र अमेरिकी इतिहासका सबैभन्दा विवादास्पद राष्ट्रपतिहरूमध्ये एक हुन्। तर जब उनी राष्ट्रपति भए धेरै आलोचकहरूले एउटा अनौठो तुलना गर्न थाले ‘डोनाल्ड ट्रम्पले अमेरिका त्यसरी नै चलाउन खोजेका छन् जसरी उनले ‘डब्ल्यूडब्ल्यूई’ (World Wrestling Entertainment) मा जनरल म्यानेजर भएर शोर-गुल गरेका थिए।’
यो तुलना सतही लाग्न सक्छ, तर जब हामी गहिरिएर हेर्छौं र अहिले क्रियाकलाप देख्छौं त्यसमा निश्चिततः केही यथार्थता भेटिन्छ। राजनीतिज्ञको भन्दा बढी शो-म्यान झल्कने उनको बोली, भीड आकर्षित गर्ने तरिका, विरोधीलाई ध्वस्त पार्न भाषणमै ‘फिनिसिङ मूभ’ भिडलाई उत्तेजित पार्न नयाँँ नयाँँ पेतरा अपनाउनु, भाषण गर्दा गर्दै विरोधीलाई माईक ड्रप गर्दिनु, अनि सधैं ‘we vs them’ को कथा निर्माण गर्नु- यसबारे चर्चा गर्न लायक छ।
राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पको शासनशैलीले धेरैलाई सम्झायो- ‘उनले त अमेरिकालाई नै रेस्लिङ रिङ ठाने!’ किन? कारण हरेक पटक नयाँँ-नयाँँ scripted जस्तो देखिने आफ्नो अभिव्यक्ति दिनुले पनि डोनाल्ड ट्रम्प जे बोल्छन त्यो गर्दैनन्। बरु जे बोल्दैनन् र scripted हुन्छ त्यो गर्दिन्छन्। जसको अहिले उदाहरण हामीले रुस-युक्रेन युद्ध, भारत-पाकिस्तान युद्ध, हुँदा-हुँदा अहिलेको इरान-इजरायल युद्धमा देखेका छौं।
कहिले युक्रेनका राष्ट्रपतिलाई साथीभाई भन्नसम्म भनेर अमेरीकामा निमन्त्रणा गरी उनै जेलेन्सकीलाई मिडिया ट्रायल गराउँछन र युक्रेनमा भएको विभिन्न खनिज पदार्थमा प्रत्यक्ष ‘हाम्रो अधिकार हो’ भन्छन् र धम्की दिन्छन्। कहिले भारत-पाकिस्तान युद्धमा भारतलाई मित्र हो भनेर पाकिस्तानसँग नजिक छु म भनेर देखाउन खोज्छन् र ट्विट गर्छन यो युद्ध मैले सिजफायर गर भनेर युद्ध रोक्न लगाएको हो भनेर।
अहिलेको ताजा र विश्व तरंगित हुने इरान-इजरायल युद्धमा अमेरिका कुनै युद्धमा प्रत्यक्ष भाग लिदैन भन्दै गर्छन र त्यही रातमा इरानमा बी-२ विमानले बम खसाल्छन् र भन्छन् विश्वमा हामी जतिको पावरफुल कोहि छैन भनेर। पुनः अहिले सिजफायर भयो भनेर सामाजिक संजालमा कुराको पुष्टि नै नभइकन लेख्दिन्छन्। एउटा विश्वको शक्तिशाली राष्ट्रको राष्ट्रपतिले गर्ने यस्तो खालको क्रियाकलापले विश्वका अन्य मुलुकका राष्ट्राध्यक्ष नै रनभुल्लमा परेका छन।
ट्रम्पले राजनीति हैन यहाँ त प्रदर्शन र टिभि शोको जस्तो राजनिति गरिरहेका छन्। WWE मा सबै कुरा स्क्रिप्टअनुसार चल्छ। त्यहाँ पात्रहरू ‘फेस’ (नायक) र ‘हिल’ (खलनायक) मा बाँडिन्छन्। ट्रम्पले पनि यही प्रवृत्ति अपनाएका छन् अहिले फेक न्युज मिडिया, विरोधीलाई तल्लोस्तरका टिप्पणी आदी गरेर।
ट्रम्पको यो कार्यशैली सायद अमेरीकाको हित वा हित विपरित के हो त्यो आउने समयले देखाउने नै छ। तर कुनै पनि राष्ट्रको राष्ट्राध्यक्ष यस्तो हुनु भनेको त्यो देश मात्र हैन पुरै विश्व नै खतरामा पर्ने संकेत हो भन्न चाहीं १००% सकिन्छ। डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल राजनीति नभएर एक Wrestling Show जस्तै बन्दै छ। जहाँ नायकले खलनायकलाई ‘bodyslam’ गरेर विजयी हुने सपना देखिन्छ। त्यस्तै अहिले डोनाल्ड ट्रम्प नायक र बाँकी देशका सबै खलनायक भएका छन्।
अहिले लाग्दै छ यो विश्वमा ट्र्म्पले tag team match खेल्दै छन् जसरी रिंगमा दुई प्रतिस्पर्धी लड्दै गर्दा थाक्छ र उसलाई रेष्ट गर्न पार्टनरलाई ट्याग गर्छ त्यसरी नै ट्रम्पले अमेरीकालाई tag team पार्टनरको रुपमा विश्वको सामु उभ्याएका छन्।
कुनै राष्ट्र थाक्यो कि tag लिने र धावा बोलीहाल्ने। तर राजनीति र WWE फरक कुराहरू हुन्। WWE scripted हुन्छ, तर राष्ट्रपतिको काम scripted हुँदैन र हुनुहुँदैन। सायद आउने समयमा यो कुरा ट्रम्पले बुझ्ने छन् आफ्नो कार्यशैली राष्ट्रपति जसरी नै चलाउने छन् होला, त्यही कामना गरौं।