शनिबार, १८ अप्रिल २०२६

बालेनको अबको ‘लेन’!

ओम आचार्य

ओम आचार्य

विराटनगर
News Image
• • •

काठमाडाैं मेयरको निर्वाचनमा हुँदा स्वतन्त्र उम्मेदवारको रूपमा 'लौरो' निर्वाचन चिन्ह्र लिएर निर्वाचित भएका बालेन्द्र शाह 'बालेन'ले मेयर पदबाट राजिनामा दिएर रास्वपामा प्रवेश गर्दै वरिष्ठ नेता भए।

रास्वपाकै घण्टी निर्वाचन चिन्ह्र लिएर झापाको निर्वाचन क्षेत्र–५ बाट भारी मतले प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित भए।

देशभर घण्टीको अकल्पनीय निर्वाचन परिणामले आश्चर्यचकित पार्याे।

झण्डै दुई तिहाइ जनप्रतिनिधी आफ्नो दलबाट निर्वाचित गराउन सफल भयो। घण्टीका जनप्रतिनिधी सांसदमा निर्वाचित हुँदै गर्दा विगतमा कांग्रेस, एमाले र माओवादी (नेकपा) दलभित्र राजनीतिक पहिचान छवि र इतिहास बनाएका र आफ्नो निर्वाचन क्षेत्रमा वर्चस्व बनाएकाहरू समेतको निर्वाचनमा लज्जाजनक हार व्योहर्नुपर्यो।

कति उम्मेदवारको त धरौटी समेत जफतसम्म भयाे। यो सबै घटनाक्रम राजनीतिक दलसँग नभएर दलभित्रका नेताहरूप्रतिको वितृष्णासँग जोडेर हेर्ने गरिएको छ।

दलको नेताप्रतिको वितृष्णाले दलको छवि र जनताको दलप्रतिको आकर्षण, विश्वास र निष्ठामा पनि प्रतिकुल असर परेको निष्कर्ष निर्वाचनको परिणामले देखिएकाे छ। 

रास्वपाको आकर्षण कि बालेनकाे?

निर्वाचनमा रास्वपा होमिदैं गर्दा रास्वपाका वरिष्ठ नेता बालेनलाई आफ्नो दलको प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्यो।

रास्वपाले पनि बालेनको आकर्षण र लोकप्रियतालाई मनन मात्रै गरेन स्वीकार गरेर आत्मासाथ समेत गर्यो।

रास्वपा दल दर्ता हुँदैदेखि दललाई स्थापित गर्न सक्रिय रहेका नेताहरूलाई छोडेर बालेनलाई आफ्ने दलमा प्रवेश गराएर प्रधानमन्त्रीकाे उम्मेदवारी बनाउनु उनकाे लेकप्रियता नै हो र यही कारणले चुनावी माहोल एकाएक बन्याे।

फागुन २१ को निर्वाचनदेखि नै रास्वपा सभापति ओझलमा परे। 'बालेन' चर्चा चुलिन्दै गयो। बालेनप्रतिको आकर्षण जनलहरमा देखियो

प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेपछि बालेनलाई जिताउन जनताले घण्टी चुनाव चिन्ह्रमा मत हाले। रास्पवाले झण्डै दुई तिहाइ मत पायो। 'बालेन' भनेको घण्टी हो, यसरी मताधिकार भएका मानिसले घण्टी बुझे

कार्यकारी प्रधानमन्त्रीको अभ्यास र शैली

फागुन २१ को निर्वाचनमा कार्यकारी प्रधानमन्त्रीकाे अभ्यास र शैली भएको देखियो।

वर्तमान संविधानमा कार्यकारी प्रधानमन्त्रीको व्यवस्था छैन। केही दलहरूमा कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेर संविधान संशोधनको कुरा समेत उठाएका थिए र, छन पनि।

फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेस, रास्वपाले गगन र बालेनला ई प्रधानमन्त्रीकाे रुपमा अगाडि सारेर निर्वाचनमा प्रस्तुत हुनु कार्यकारी प्रधानमन्त्रीकै अभ्यास र शैली अपनाएका हुन्।

नेपाली कांग्रेसले यो भन्दा पूर्व पनि सन्तनेता कृष्णप्रसाद भट्टराइलाई प्रधानमन्त्रीकाे रुपमा अगाडि सारेकाे थियाे। 

रास्वपाबाट प्रधानमन्त्री बनेका बालेन यसरी जनआधार जनबल लिएर प्रधानमन्त्री बनेका हुन्। 

रास्वपा आफैंले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर प्रस्तुत गरेपछि रास्वपाभित्र संसदीय दलको नेतामा बालेन शाहमा सर्वसम्मत विचार नभएपनि सर्वसम्मत मत दिनु बाध्यकारी अवस्था देखिन्छ।

प्रधानमन्त्री नियुक्त भएपछि बालेन शाहको कार्यशैली कार्यकारी प्रधानमन्त्रीकाे जस्तो देखिन्दै आएको छ।

अहिलेसम्म प्रधानमन्त्री बालेन शाहको मन्त्रीमण्डलको निर्णय हेर्दा कार्यकारी प्रधानमन्त्रीकाे शैली नै अपनाएको देखिन्छ।

काठमाडाैंका मेयर रहँदाको उनकाे कार्यशैली र तत्काल निर्णय गर्ने निर्णयको अभ्यासमा हुर्केका बालेन शाह प्रधानमन्त्री भएपछि त्यही अभ्यास र शैलीमा छन्। 

अहिलेको सरकारको नेतृत्व गरेका बालेन शाहको पूर्ण कमानमा सरकार छ।

रास्वपा दलबाट प्रधानमन्त्री बनेका बालेन शाह रास्वपाको कमाण्डमा छन्? अहिले रास्वपा र सो दलका नेता छायामा पर्दै गएको देखिन्छ।

प्रधानमन्त्रीको भारी व्यक्तित्वले रास्वपा र सो दलका नेताहरू थिचिदैं गएका छन्।

प्रजातान्त्रिक मुलुकमा दल भन्दा सो दलको प्रधानमन्त्री दलमा भारी हुनु निश्चय पनि भोलिका दिनमा दल र सरकारको लागी मात्रै हैन लोकतन्त्रको लागी पनि निश्चय राम्रो मान्न सकिन्न। 

अहिले प्रधानमन्त्रिमा कार्यकारी प्रधानमन्त्रीकाे शैली र अभ्यासले अगाडस बढेको देख्दा प्रधानमन्त्रीमा अधिनायक प्रवृति र तानाशाही हुनसक्ने देखिन्छ, जुन कार्यकारी प्रमुखको पहिलो दोषको रुपमा लिन सकिन्छ। 

समुन्द्र जस्तो गहिरो र गम्भीर 

अहिले सबैमा चर्चा र बहसको विषय भएको छ। प्रधानमन्री कम बोल्नु र गम्भीर देखिनू। यो भन्दा पूर्वका प्रधानमन्त्रीहरू अधिक बोल्थे। र, सामाजिक सञ्जाल र अखबारहरूमा अन्तरवार्ता अन्य विचारहरू सम्प्रेषण गरिरहन्थे।

अहिले त्यस्तो देखिएको छैन। गम्भीर र कम बोल्ने मानिसहरू बुझ्न र चिन्न सजिलो छैन। त्यस्ता मानिसहरूको भित्र के छ जान्न गाह्राे हुन्छ समुन्द्र जस्तो गहिरो र गम्भीर मानिसहरूले एक प्रकारको भय पैदा गर्छ, जस्तो समुन्द्रले।

रास्वपामा हैन अन्य राजनीतिक दलमा पनि प्रधानमन्त्रीकाे मौनता गम्भीर स्वभावले त्रसित छन् जस्तो देखिन्छ।

भारतीय हो कि अमेरिकन पाकिस्तानी हो कि अन्य विदेशी जब उनीहरू बोल्छ तब उनीहरूकाे पहिचान खुल्छ। अहिले प्रधानमन्त्रीको मौनताले यसै भन्न सकिने स्थिती छैन। 

प्रधानमन्त्री बालेनको लेन के हो?

प्रधानमन्त्री बालेन शाहले अबको लेनको विषयमा केही संकेत गरेका छन्। प्रधानमन्त्री भएपछि १०० कार्यसूचीको बटमलाइन प्रस्तुत गरेका छन्। जेनजी आन्दोलनको माग बमोजिम सरकार हाक्ने विषयमा उनी निश्चित छन्। 

प्रधानमन्त्री बालेन शाहले अन्य राजनीतिक दलहरूको समेत मन र भावना जित्न सक्नुपर्छ। यसो गर्न उनले निर्वाचनताका अन्य दलहरूले प्रतिबद्धता गरेका घोषणा पत्रका राम्रा र राष्ट्र हितका सुशासन र विकासमा गरेका प्रतिबद्धतालाई समेत ग्रहण गरेर अगाडि बढ्नु उनकाे लागि हितकार छ। 

प्रधानमन्त्री बालेन शाहले जेनजी आन्दोलनमा सहिद भएकहरूलाई बिर्सनु हुँदैन। उनीहरूको माग र भावनालाई आत्मासाथ गर्नुपर्छ।
प्रधानमन्त्री बालेन शाहले अबको लेन स्पष्ट गर्नुपर्छ। र, साथै आन्दोलनकाे जगमा बसेर बनेको सरकारले जेनजी को माग र भावनालाई कार्यसम्पादन गरे, परिणाममुखी नतिजा दिनसके मात्र उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!