बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिना जेल सजाय

बंलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ।

न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार यो फैसला गरेको हो।

यो मुद्दा हसिनाले गत वर्ष अक्टोबरमा गाइबान्धाको गोबिन्दगञ्जका स्थानीय नेता शाकिल अकन्द बुलबुलसँग गरेको कथित फोन कुराकानीको लीक भएको अडियोमा आधारित छ।

त्यसैगरी बुलबुललाई पनि यसै मुद्दामा २ महिनाको कैद सजाय सुनाइएको छ।

१९९६ देखि २००१ र सन् २००९ देखि २०२४ सम्म बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन र हिंसात्मक प्रदर्शनपछि देश छोडेर भारतमा निर्वासित भएकी थिइन्।

 

प्रकाशित मिति: : 2025-07-02 16:15:00

प्रतिकृया दिनुहोस्