तरुण दलको महाधिवेशन मंसिरमा हुने, कार्यकर्ता आमरण अनसनमा

नेपाली काँग्रेसले आफ्नो युवा भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन आगामी मंसिरमा गर्ने भएको छ। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकले आगामी मंसिर २६ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। 

बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्तावअनुसार उक्त मितिमा महाधिवेशन गर्नैपर्ने बाध्यकारी निर्णय गरेको छ। यो मितिमा महाधिवेश हुन नसके अहिलेको समिति स्वत: भंग हुने यसअघि नै निर्णय भइसकेको छ। 
त्यसको तयारी व्यवस्थापनका लागि तरुण दलको हालकै कार्यसमितिबाट छुट्नै समिति बन्नेछ। 

भित्र बैठकमा महाधिवेशनको मिति तय हुँदै गर्दा पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशन जारी राखेका छन्। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन्। अनशनमा रहेका उनीहरुले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन । 

उनीहरुले विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन सुरु गरिएको छ।

सोही क्रममा रोजन राईले आफ्नो अवस्थालाई नेताहरुले ध्यान नदिएको बताए। पछिल्लो समय महामन्त्री गगन थापासँग दलका साथिहरुले कुरा गरिरहेको पनि उनको भनाई छ। 

उनले भने, ‘ल्याब टेस्ट गर्दा मृर्गाैलामा समस्या देखिएको छ  हाम्रो यो अवस्थालाई नेताहरुले ध्यान दिएको जस्तो लागेको छैन् त्यही पनि पछिल्लो समय महामन्त्री गगन थापासँग हाम्रो साथिहरुले कुरा गरिरहेको छ। पार्टीमा वेतिथि र संवेदनहिनता देखा परेको हुनाले नै अहिले मुलुकमा नयाँ पार्टीहरु देखा परेका छन्।’
 

प्रकाशित मिति: : 2025-07-02 19:55:00

प्रतिकृया दिनुहोस्