क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै युरोपेली च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’को पहिलो खेलमा पोर्चुगलले खेलको अन्तिम समयमा लगातार तीन गोल गर्दै सुखद् सुरुवात गरेको हो।
बुढापेस्टस्थित पुस्कास एरेनामा मंगलबार भएकाे खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। राफायल गुइरेरोको नाममा एक गोल रह्यो।
पहिलो हाफमा निरन्तर आक्रमण बने पनि पोर्चुगलले गोल गर्न सकेको थिएन। ३० औं मिनेटमा रोनाल्डोकै हेडरले पोस्टको दिशा लिन नसक्दा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो।
दोस्रो हाफमा हंगेरीले आफ्नो रक्षात्मक रणनीति कायम राख्दै काउन्टर अट्याकमा पनि अघि बढेको थियो। ८०औं मिनेटमा जाबोलाक्स सोनले गोल गरेपनि असिस्टेन्ट रेफ्रीले उक्त मुभलाई अफसाइड दिएका थिए।
८४औं मिनेटमा पोर्चुगलले अग्रता लियो। राफाएल गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो।
अग्रता लिएको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टी पायो। विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे। रोनाल्डोले गोलरक्षकलाई विपरित दिशामा डाइभ गरेका थिए।
इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को गोल गरे। सिल्भाकै पासमा पेनाल्टी क्षेत्रभित्र गरेकाे प्रहार गाेलमा परिणत हुँदा पाेर्चुगले ३-० काे सहज जित हात पार्याे।
राेनाल्डाे याे गाेलसँगै युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले युरोकपमा आफ्नो १० औं गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन्।
जितसँगै पोर्चुगलले महत्त्वपूर्ण ३ अंक जोडेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया