बिएल संवाददाता
भारतको विद्युत् मन्त्रालयले नेपालमा दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ।
मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो।
भारतको विद्युत् मन्त्रालयको सूचनाअनुसार दैनिक राति १२ बजेदेखि बेलुकाको ६ बजेसम्म १८ घण्टाका लागि विद्युत् निर्यातको स्वीकृति दिएको हो।
सूचनाअनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डीसी लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी एससी लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ।
यसअनुसार नेपालले भारतबाट कुल ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउनेछ।
भारतको विद्युत् मन्त्रालयले बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा भएको क्षति र त्यसबाट स्वदेशी विद्युत उत्पादनमा परेको प्रभावलाई ध्यानमा राखेर निर्यातको स्वीकृति दिइएको जनाएको छ।
सन् २०२७ को जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने भारतको विद्युत् मन्त्रालयले जनाएको छ।
भारतले दिएको यो स्वीकृतिले बाढी प्रभावित अवधिमा नेपालको विद्युत् माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, दुई देशबीचको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने भारतको भनाइ छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया