स्थानीय तह निर्वाचन

ठेकेदार पनि उम्मेदवार बन्न पाउने, यस्ता छन् मापदण्ड (भिडियाेसहित)

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबैजनामा लागू नहुने बताएकाे छ।

आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको आचारसंहितामा व्यवस्था गरेको समाचार सार्वजनिक भएकाे सन्दर्भमा आयोगले स्पष्ट पारेकाे हाे।

‘ठेक्कापट्टामा लागेकोले निर्वाचनमा भाग लिन नपाउने भन्ने समाचर सही हाेइन्,’ आयुक्त रामप्रसाद भण्डारीले भने,‘हो कुरो चाहिँ के भने, त्यो पालिकामा ठेक्कापट्टामा संलग्न व्यक्तित्व जसको बेरुजुहरू पनि छन् भने, तत् तत् ठाउँमा चाहिँ उहाँले उम्मेदवार हुन नपाउने हो।’

उनकाअनुसार आफूले उम्मेदवारी दिन चाहेकाे पालिकामा उक्त उम्मेदवारका नाममा बेरुजु खडा छ भने निर्वाचन ऐनले नै उम्मेदवारीका लागि आयोग्य हुने व्यवस्था गरेकाे छ। 

प्रकाशित मिति: : 2022-04-05 14:01:00

प्रतिकृया दिनुहोस्