बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिले गैरकानुनी रुपमा अमेरिकामा बस्दै आएका तीन हजारभन्दा बढी नेपालीहरू फिर्ता हुने भएका छन्।
अमेरिकाबाट प्रकाशित हुने नेपालसम्बन्धि अंग्रेजी भाषाको न्युज पोर्टल नेपयोर्कका अनुसार अगामी ६ महिनाभित्र उनीहरू फिर्ता हुने सम्भावना धेरै छ। अमेरिकामा बसोबास गर्ने कानूनी आधार कमजोर भएका र अदालतबाटै निष्कासनको फैसला आएकाहरू टार्गेटमा पर्ने सम्भावना छ।
अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ हजार ३ सय ६५ जना नेपालीहरू फिर्ता पठाउने अन्तिम आदेश आएर पनि कुनै पनि प्रकारको सुरक्षा बिना नै अमेरिकामा बसिरहेका छन्।
आईसीईले अस्थायी संरक्षण स्टाटस (टीपीएस)मा नरहेका उनीहरूलाई पक्राउ गरेमा तुरुन्तै निष्कासित हुनेछन्। निष्कासनमा पर्नसक्ने अधिकांश नेपालीहरू २०१५ जुन २४ पछि अमेरिका प्रवेश गरेका थिए। त्यसअघि अमेरिका प्रवेश गरेका पनि टार्गेटमा पर्न सक्छन्। यद्यपि उनीहरूमध्ये अधिकांश टीपीएसअन्तर्गत संरक्षित छन्।
हालसम्म करिब तीन हजार ५०० नेपालीलाई अमेरिकी अध्यागमन अदालतबाट देश निकालाको आदेश जारी भइसकेको छ। तीमध्ये करिब २ हजार व्यक्तिहरूले अमेरिका छोडेका छन्। करिब १५ सय नेपालीहरू टीपीएसअन्तर्गत सुरक्षित छन्।
नेपालीका लागि अस्थाई संरक्षण स्टाटस २०२५ जुन २४ सम्म मान्य हुने भएकाले यदि ट्रम्प प्रशासनले टीपीएस खारेज गरेमा ती १५ सय पनि निष्कासनमा पर्नेछन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया