बिएल संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।
मन्त्री यादवले व्यक्तिगत व्यक्तिगत कारण देखाउँदै बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
पछिल्लो समयमा देशमा ग्यासको अभाव भइरहँदा मन्त्री यादवको आलोचना भइरहेको थियो।
यादवले बुधबार मात्रै संसदीय समितिको बैठकमा ग्यास आपूर्तिका लागि उद्योगीले सहयोग नगरेको गुनासो गरेकी थिइन्। उनले ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्।
उद्योगीलाई पाता कस्नुपर्ने समेत धम्की दिएपछि व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा फोन गरेर उक्त विवादास्पद अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलन थाल्ने चेतावनी दिएका थिए।
प्रधानमन्त्रीले समेत सहयोग नगरेपछि मन्त्री यादवले राजीनामा दिएको स्रोतले बतायो।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया