नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन्।
नेपाली काँग्रेसकाे सभापतिमा निर्वाचित भएपछि पद तथा गाेपनियताकाे शपथग्रहणपछि सम्बोधन गर्दै थापाले आगामी दिनमा आफूले गर्ने निर्णय, सार्वजनिक रूपमा निर्वाह गर्ने भूमिका तथा सत्य र न्यायको पक्षमा उभिने व्यवहारबाट आफ्नो प्रतिबद्धताको परीक्षण हुने बताए।
‘अबको अगाडिको यात्रा मेरो कर्मबाट हुन्छ। मैले निर्णय कसरी गर्छु, सार्वजनिक बहसमा कसरी प्रस्तुत हुन्छु र न्यायको पक्षमा कसरी उभिन्छु भन्ने कुराले मेरो परीक्षण हुनेछ,’ उनले भने।
कठिन समयमा आफूले कस्तो निर्णय लिन्छु र अप्ठ्यारो परिस्थितिमा सत्य तथा न्यायको पक्षमा उभिन सक्छु कि सक्दिनँ भन्ने कुराले नै आफ्नो प्रतिबद्धता प्रमाणित गर्ने उनको भनाइ थियो।
सभापतिको जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै थापाले यससँग धेरै विषय जोडिएर आउने बताए । उनले सभापतिको पदलाई अहंकारको श्रीपेचका रूपमा नलिएको स्पष्ट पारे।
‘यो जिम्मेवारीले मलाई नागरिकहरूप्रतिको दायित्व पूरा गर्नका लागि जमिनमै उभ्याएको छ । यसले मलाई अहंकारको श्रीपेच लगाइदिएको होइन,’ उनले भने।
थापाले नेपाली कांग्रेससँग लोकतन्त्रको ठूलो विरासत जोडिएको उल्लेख गर्दै उक्त विरासतको संरक्षण गर्नु पनि आफ्नो जिम्मेवारी भएको बताए।
१५ औं महाधिवेशनबाट निर्वाचित सभापति थापालाई काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन्।
प्रतिज्ञा पत्र नाम दिइएको उक्त शपथग्रहण पत्रमा बाचनपछि हस्ताक्षर समेत गरेका छन्। शपथपछि नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले फुलमाला र खाता लगाएर स्वागत गरेका थिए। नवनिर्वाचित अन्य पदाधिकारी एवम सदस्यहरुको शपथ भने दशैं पछि हुने निर्वाचन समितिले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया