शनिबार, ०७ नोभेम्बर २०२६

नयाँ वर्षमा प्रतिशोध र पूर्वाग्रह त्याग्न गगनको आग्रह

News Image
• • •

नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन्।

नेपाल संवत् ११४७ तथा शुभ दीपावलीको अवसरमा काठमाडौं महानगर समितिले आयोजना गरेको सुकुन्दा र्‍यालीमा सहभागी भएका गगनले नयाँ वर्षको शुभकामना दिँदै उनले नयाँ वर्षको अवसरमा शुकामना दिएका हुन्।

‘यो वर्ष जति पनि नकारात्मक कुराहरू छन्, घृणा, प्रतिशोध, पूर्वाग्रह सबै कुराहरू पुरानो वर्षसँगै त्यागौँ र नयाँ वर्ष नयाँ उत्साह र नयाँ जोशका साथ सकारात्मकतासहित सुरु गरौँ,’ उनले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!