बिएल संवाददाता
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र हास्यकलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तबीच सहमति भएको छ।
उक्त सञ्चारमाध्यममा आफूविरुद्ध समाचार छापिएपछि पन्तले साइबर ब्यूरोमा उजुरी दिएका थिए। त्यसकै लागि छलफल गर्न भन्दै उनलाई नेपाल प्रहरीको साइबर ब्यूरो टोलीले शनिबार दिउँसो घरबाटै ब्यूरोमा लगेको थियो।
ब्यूरोमै उजुरीकर्ता पन्तलाई पनि प्रहरीले बोलाएको थियो। केही घण्टाको छलफलपछि उनिहरूबीच प्रहरीले सहमति गराएर छोडेको हो।
दुबैबीच सामाजिक सञ्जालहरूमा एकअर्कालाई घोचपेच गरेर नलेख्ने सहमति भएको छ। र समाचारको विषयमा भने नेपाल प्रेस काउन्सिलमा जाने सहमति भएको छ।
पन्त र उनको परिवारले अरूको जग्गा हडपेको दाबीसहित श्रेष्ठले समाचार प्रकाशन गरेपछि उनीहरूबीच सामाजिक सञ्जालमा विवाद हुँदै आएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया