आइतबार, १७ नोभेम्बर २०२४

पञ्जाबसँग ३ विकेटले हार्‍यो गुजरात टाइटन्स

साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ। पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो। गुजरातका लागि राहुल तेवाटियाले नटआउट रहँदै ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए। उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे। कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्दै

एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेल आज हुँदैछ। तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका नेपाल र हङकङ आज खेल्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एसिसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल युएईसँग पराजित

एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपाल युएईसँग पराजित भएकाे छ। शुक्रबार ओमानमा भएकाे सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एसिया कपमा छनौट हुन असफल भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको भिडन्त युएईसँग

नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन्। यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दिल्ली क्यापिटल्ससँग गुजरातकाे लज्जास्पद हार

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजति गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन्। त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साउदी अरेबियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामू जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज नेपाल र साउदी अरेबिया प्रतिस्पर्धा गर्दै

एसीसी प्रिमियर कपअन्तर्गत आज (बिहीबार) नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति रनिङ सिल्ड आजदेखि

१४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सनराइजर्सले आइपिएलमा तोड्यो आफ्नै कीर्तिमान, बैंगलुरु २५ रनले पराजित

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजति गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एसीसी प्रिमियर कपमा नेपालकाे लगातार तेस्रो जित

नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ। यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राेहित शर्माले शतक प्रहार गर्दा पनि चेन्नईसँग हार्‍याे मुम्बई

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एसीसी प्रिमियर कप: आज नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै

नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो खेलमा आज (साेमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इङ्ल्याण्डको ‘सी’ टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङ्ल्याण्डको ‘सी’ टिमविरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज नेपाल कतारसँग भिड्दै

ओमानमा जारी एसिसी मेन्स् प्रिमियर कपअन्तर्गत नेपाल आज (शनिबार) कतारसँग भिड्दैछ। याे खेल नेपाली समयअनुसार दिउँसाे ४ : १५ बजे हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइपिएलमा लखनउमाथि दिल्लीको जित

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं