आइतबार, १७ नोभेम्बर २०२४

वेष्टइन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। सुपर–८ खेलमा वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा पुगेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा

जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन्। गएराती सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन्। यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए। यस अघि स्वीजरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

१ सयौँ मिनेटमा गोल खाँदै बाहिरियो स्कटल्यान्ड

इन्जुरी समयमा गोल खाँदै स्कटल्यान्ड युरो २०२४ बाट बाहिरिएको छ। सोमबार बिहान भएको खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड विश्वकपकाे सेमिफाइनलमा

सुपर-एट’काे आफ्नाे अन्तिम खेलमा सह-आयाेजक अमेरिकालाई १० विकेटले पराजित गर्दै साविक विजेता इङ्ल्याण्ड आइसिसी टी- २० विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु: प्रधानमन्त्री

‘युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अस्ट्रेलियामाथि अफगानस्तानको रोमाञ्चक जितः अस्ट्रेलियाको सेमिफाइनल यात्रा कठिन मोडमा

आइसिसी टी–२० विश्वकपमा अस्ट्रेलियामाथि अफगानस्तानले रोमाञ्चक जित हासिल गरेको छ। आइतबार बिहान अफगानिस्तानले अस्ट्रेलियामाथि २१को जित हासिल गरेको हो। अफगानस्तानले लिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो। अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशमाथि भारत ५० रनले विजयी

भारतले जारी टी- २० विश्वकपको सुपर आठमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराती सम्पन्न सुपर आठको समुह एक अन्तर्गत भारतले बंगलादेशलाई ५० रन अन्तरले पराजित गरेको हो। भारतले दिएको १९७ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४६ रन बनाएको हो। यस अघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै हार्दिक पाण्डेयको अर्धशतकीय पारीको सहयोगमा २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशी प्रदेश फुलबल प्रतियोगिताको उपाधि मोरङलाई

कोशी प्रदेश पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङले जितेको छ। तेह्रथुमको म्याङलुङमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा ओखलढुङ्गालाई शून्यविरुद्ध २ गोल गर्दै मोरङ विजेता बनेको हो। मोरङले नगद रु तीन लाख ३३ हजार ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको ओखलढुङ्गाले रु दुई लाख २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

पेलेकी आमाको निधन

पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो। पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ बर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरुले उल्लेख गरेका छन्। उनी पछिल्लो दुई बर्षदेखी कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकाविरुद्ध वेस्ट इन्डिज ९ विकेटले विजयी

आइसिसी टी- २० विश्वकपमा सह-आयाेजक अमेरिकाविरुद्ध आयाेजक वेस्ट इन्डिज ९ विकेटले विजयी भएकाे छ। शनिबार बिहान अमेरिकाले दिएकाे १२९ रनकाे लक्ष्य मात्रै १०.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै वेस्ट इन्डिजले सानदार जित हात पारेकाे हाे। वेस्ट इन्डिजकाे जितमा शाई हाेपले ८२, निकाेलस पुरनले २७ र जोनसन चार्ल्स १५ रन प्रहार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फ्रान्स र नेदरल्याण्डस गोलरहित बराबरीमा रोकियाे

कोपा–अमेरिका फुटबल प्रतियोगिताको शनिबार बिहान खेलिएको खेलमा पेरुले बलियो प्रतिद्वन्द्वी चिलीलाई गोलरहित बराबरीमा रोकेको छ। दुवै टोलीले एक–एक अङ्क बाँडेका छन्। समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन्। तीन अङ्कसहित अर्जेन्टिना तालिकाको पहिलो स्थानमा आसीन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राेहित, सन्दीप र दीपेन्द्रसिंहले ग्लोबल टी-२० खेल्ने

नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्ने भएका छन्। जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी–२० खेल्ने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

१९औँ राष्ट्रिय एमटिबी डाउनहिल र क्रस कन्ट्री प्रतियोगिता सुरु

नेपाल साइक्लिङ संघले आयोजना गरेको प्रतियोगितामा पुरुष, महिला, मास्टर तथा जुनियर समूहका खेलाडीहरूकाे सहभागिता रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जारी विश्वकपमा वेस्ट इन्डिजकाे पहिलाे हार, इङ्ल्याण्ड ८ विकेटले विजयी

बिहीबार बिहान वेस्ट इन्डिजले दिएकाे १८१ रनकाे लक्ष्य पछ्याएकाे इङ्ल्याण्डले उक्त लक्ष्य १७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा जर्मनीले हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भरतले पेरिस पारालिम्पिक खेल्ने

भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। विश्व तेक्वान्दोले मंगलबार पत्र पठाई भरतको सहभागिता निश्चित भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्वकप खेलेपछि राेहित पाैडेलकाे ब्याटिङ वरियता घट्याे

आइसिसीले मंगलबार सार्वजनिक गरेकाे सूचीमा राेहितकाे वरियता घटेकाे हाे। यसअघि ५५औँ स्थानमा रहेका राेहित अहिले ६१औँ स्थानमा झरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दीपेन्द्रसिंह ऐरी टी-२० अलराउण्डर वरियताकाे छैठाैँ स्थानमा

याे वरियताकाे पहिलाे स्थानमा अस्ट्रेलियाका मार्शकस स्टाेनिस, दाेस्राे स्थानमा श्रीलंकाका वनिन्दु हसरंगा, तेस्राे स्थानमा बङ्गलादेशका सकिब अल हसन, चाैथाे स्थानमा र पाँचाै स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टी– २० विश्वकप: समूह चरणका खेल सकिए, नेपालसहित ४ टाेली जितविहीन

समूह चरणबाट आठ टोली सुपर–८ मा पुगेका छन्। जसमा, समूह ए’बाट भारत र अमेरिका, समूह बी’बाट अस्ट्रेलिया र इङ्ल्याण्ड, समूह सी’बाट वेस्ट इन्डिज र अफगानस्तन र समूह डी’बाट दक्षिण अफ्रिका र बङ्गलादेश रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एम्बाप्पेले मास्क लगाएर खेल्ने

फ्रान्सले १-० गोलले जितेको खेलमा एम्बाप्पेको नाकमा चोट लागेको थियो। खेलपछि उनको नाक फ्याक्चर भएको पाइएपछि अब उनले बाँकी खेल मास्क लगाएर खेल्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं