शनिबार, १६ नोभेम्बर २०२४

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल सितोरियो कराँते संघ मोरङको कार्यबहाक अध्यक्षमा इन्द्र लामा

यसअघि संस्थाको उपाध्यक्ष रहेका लामालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष चन्द्रबहादुर पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी दङ्ग

गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि  तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट पनि उनीहरू मुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

ढिला गरी लुम्बिनीमा विषयगत समितिको सभापति चयन थालिदै

प्रदेशसभामा नयाँ सदस्य आएको वर्ष दिन पुग्दासमेत विषयगत समितिका सभापति चयन हुनेको थिएन। लुम्बिनी प्रदेशसभाले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

‘सामूहिक प्रयासबाट समृद्धिको सम्भव हुन्छ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

‘पनौती नकारात्मक शब्द होइन, पुण्यभूमिको नाम हो’

काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले भने, ‘भारतमा राजनीतिदेखि खेल जगतसम्म पनौतीलाई कुलक्षणका रूपमा प्रयोग गर्ने गरिएको छ, जुन हाम्रा लागि आपत्तिजनक छ। नेपालमै पनि नबुझेर पनौतीलाई नकारात्मक तरिकाले प्रयोग गरिनु झन् दुखद् पक्ष हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति

डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ। स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

रामजानकी विवाह: जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन्। रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा  र गौतमबुद्ध अन्तराष्ट्रिय मानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन्। हेटौँडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

कुवेतका राष्ट्रप्रमुख शेख नवाफको ८६ वर्षको उमेरमा निधन

कुवेती सरकारी टेलिभिजनले एक विज्ञप्ती जारी गर्दै शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको मृत्यु भएको घोषणा गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्दै चन्दननाथ नगरपालिका 

जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्ने भएको छ। शान्ति सुरक्षाा मजबुत बनाउन नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान  गर्न लागेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

त्रिपालमुनी छन् भूकम्पपीडित 

विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग सङ्र्घष गरिरहेको छ। खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न रु एक लाखभन्दा बढी खर्च हुने अनुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै

एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

लागुऔषधसहित दुई जना पक्राउ

उनीहरूलाई लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक अनुसन्धाको लागि प्रहरी वृत जगती भक्तपुर पठाइएकाे प्रहरी उपरिक्षक मिलन केसीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

महेन्द्रको सालिक स्थापनका लागि विवाद भएपछि महेन्द्रनगरमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा हप्ता दिनका लागि निषेधाज्ञा जारी गरेको छ। महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज बिहीबार बिहानदेखि निषेधाज्ञा जारी गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर