शनिबार, १६ नोभेम्बर २०२४

विकासले गति लिँदैछ दुर्गम गाउँमा 

चालु आर्थिक वर्षमा यस वडामा रू सात करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा रहेको छ। पच्चिस वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

गाउँमा थपिँदै विकासका पूर्वाधार, रित्तिँदै बस्ती

विदेशबाट रेमिट्यान्स आउँछ तर काठमाडौँ, पोखराजस्ता सहरमा घरघडेरीका लागि जान्छ। गाउँको जमिनमा लगानी गर्ने, उत्पादन र बिक्री गर्नेतर्फ कसैको ध्यान नजाँदा कतिपय उर्वर जमिन पाखोमा परिणत भएको छ। थोरै जमिनमा गरिएको खेतीले नै यहाँका स्थानीयलाई पुगेपछि अरु जमिन बाँझै छोडिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

जुम्लाको तातोपानीका जेष्ठनागरिकलाई ग्याँस–चुलो

जुम्लाको तातोपानी गाउँपालिकाले विपन्न जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरेको छ। आफन्तको सहाराविहीन वडा नम्बर २ का चार जना जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

घाँस काट्न गएका सासू–बुहारी मृत फेला

नवलपरासी पूर्वमा घाँस काट्न जंगल गएका सासू–बुहारी मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा विनयीत्रिवेणी गाउँपालिका– १ की ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल रहेको प्रहरीले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी पूर्व

एमाले सांसद कोइरीको सांसद पद निलम्बन फुकुवा

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन फुकुवा भएको छ। आइतबार संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राेज राणा मन्त्री बन्दै

चौधरीले नेपाली काँग्रेसबाट लुम्बिनी प्रदेश सभाका सदस्य सराेज थापा (राेज राणा)लाई वाणिज्य तथा यातायात व्यवस्था मन्त्रालयमा शपथकाे तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

निःशुल्क आँखा शिविरबाट पाँच सय ९० जना लाभान्वित

निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ। यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो। यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बनियानी (झापा)

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

घरभित्रै ‘हिंसा’ले पिरोलिन्छन्, महिला आयोगमा पुगेर ‘मिलापत्र’

आयोगमा आएका उजुरीबारे पहिला पीडित महिलाको इच्छा सोधिने र मिल्न सक्ने उजुरीमा मिलापत्र गरेर पठाइने गरिएको छ। उजुरी दिए पनि आयोगमा आएपछि श्रीमान् देखेपछि अधिकांश महिला अगाडि बढ्न नचाहने गरेको पाइएको उनले बताइन्।। उनले भनिन् ‘आमनेसामने बसेपछि श्रीमानको बिलौना सुनेर पनि अधिकांश महिला मुद्दामा जान चाहँदैनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो। त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरुलाई सुझाव दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

प्रधानमन्त्रीलाई काम गरेर देखाउन कांग्रेस महामन्त्री थापाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न सोध्ने बेला भएको बताएका छन्। कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई आज कटारीमा सम्बोधन गर्दै उनले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कटारी

झीं गाउँमा आयातित मदिरा निषेध

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ। युवा कुलतमा फस्ने र  धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बेनी

उद्योगीसँग हातेमालो गर्दै अगाडि बढ्छौँ : मुख्यमन्त्री पाण्डे

लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित लेखनाथ महोत्सव आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भने, 'रोजगारीका लागि विदेश जाने बढ्दोक्रम रोक्दै स्वदेशमै रोजगारीको सृजना गर्नुको विकल्प छैन। स्वरोजगार र कृषि उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढेको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - लेखनाथ

‘सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई पीडितकेन्द्रित बनाइने’

उक्त समितिमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लामो समयदेखि पारित हुन नसकेको स्थितिमा राजनीतिक सहमतिका आधारमा चाँडै टुङ्गोमा पुर्याउने उनीहरुले बताए। सोही विषयमा समितिको बैठक शुक्रबारका लागि राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जबसम्म संस्थामा सुशासन र अनुशासन हुँदैन तबसम्म कामको परिणाम प्राप्त हुँदैन: गोमा नेपाल

साकोस अभियान राजनीति मुक्त हुनुपर्छ भन्ने लाग्छ। बहुदलीय ब्यवस्था भएको मुलुकमा दल विहीनता कल्पना गर्न सकिन्न। बैचारिक रुपमा हरेक मानिस कतै न कतै जोडिएको हुन्छ। यो सामान्य विषय हो। पछिल्लो समय सहकारीमा देखिएको राजनीतिले थप दुर्घटनाको सङ्केत गरिरहेको देख्छु।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

अमेरिका हिँडेका ८ जना दाङ्गाली फिलिपिन्समा बन्धक

अमेरिका हिडेका दाङका ८ जना फिलिपिन्समा बन्धक बनेका छन्। लाखौँ रुपैयाँ बुझाएर अमेरिका हिडेका एक जोडी (श्रीमान–श्रीमती)सहित ८ जनालाई दलालले फिलिपिन्समा ८ महिनादेखि बन्धक बनाएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - दाङ