शनिबार, १६ नोभेम्बर २०२४

आज माघे संक्रान्ति पर्व मनाइँदै

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली सरकारको एक वर्ष: जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माणसम्म

कर्णाली प्रदेश सरकारले एक वर्षको अवधी पुरा गरेको छ। प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

आजकाे माैसमः यी प्रदेशमा हिमपात, तराईमा हुस्सु

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भालुवाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागलुङमा १५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा

बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन्। दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन्। बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

यस्तो छ आजकाे मौसम

शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बस दुर्घटना अपडेटः राप्ती नदीमा बस खस्दा पाँचको मृत्यु

भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जनकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - बाके

पूर्वमा लोकप्रिय बनिरहेकाे ‘भक्का’

पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो। धानको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ। अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

एफएओका महानिर्देशक र नार्कबीच सहकार्य विस्तार गर्नेबारे छलफल

उनले नार्कले हालसालै देखिएको केराको पनामा रोगको टिआर ४ प्रजातिविरुद्ध लडी त्यसको फैलावट रोक्न एफएओले साथ दिन पाउँदा खुशी लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपालक किसान घटेपछि उराठ बन्दै खर्क

एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र  भेडाबाख्रा र गाईभैँसीले भरिन्थे। तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

मीनाको खुसी फर्किंदा...

दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन। जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उनीलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ। उनले खुसी हुँदै भनिन्, 'भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः तराईका अधिकांश भूभागमा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ?

बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खोटाङको दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध

इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गोकर्णेश्वर उत्तरगयामा तीर्थ अर्थात् गया श्राद्ध गर्नेको भीड

दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ। पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

थलालेमा टावर सञ्चालन: दुर्गम भेरीखोला संचार पहुँचमा

जुम्लाको तातोपानी गाउँपालिकाको विकट क्षेत्र वडा नं. ७ र ८ का दर्जनौं बस्ती संचारको पहुँचमा पुगेका छन्। वडा नं. ८ मा रहेको थलाले टावर सञ्चालनमा आएसँग भेरीखोला संचारको पहुँचमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

यस्तो छ आजको मौसम

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ