शनिबार, १६ नोभेम्बर २०२४

मौसम पूर्वानुमाः यी प्रदेशमा वर्षाको सम्भावना

देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मौसम पूर्वानुमानः यी तीन प्रदेशमा हुनेछ मुसलधारे वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

आज ६०औँ राष्ट्रि बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज राष्ट्रिय बाल दिवस मनाइदै

‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ। दिवसको अवसरमा विभिन्न संघ संस्थाले आज कार्यक्रमको आयोजना गरेका छन्, भने देशभरका सामूदायीक तथा नीजि विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

झापामा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ

झापाको शिवसताक्षीमा गएराति भाइको हत्या भएको अभियोगमा दाजु पक्राउ परेका छन्। शिवसताक्षी–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णक्मार चन्दले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

मौसम पूर्वानुमान: सुदूरपश्चिम र कर्णाली प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ। हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माल्दिभ्समा तीजमा छमछमी नाचे नेपाली चेलीहरू

पछिल्लो समय नेपालीहरूका लागि रोजगारीको गतिलो गन्तव्य बन्दै आएको माल्दिभ्समा महिलाहरूको ठुलो चाड तीजको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना भयो।

बिएल संवाददाता

बिएल संवाददाता - माले (माल्दिभ्स)

घरसँगै पहिरोमा पुरिए श्रीमान-श्रीमती, छाेरी घाइते

बारेकोट गाउँपालिका– ६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका– ६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

सरकारको आन्तरिक आय बढाउन बागमती प्रदेश सरकारद्धारा समिति गठन

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारको आन्तरिक आय असाध्यै कमजोर भएको भन्दै राजस्व संकलन वृद्धि गर्न दर र दायरा फराकिलो बनाउने अभियान सञ्चालन गर्न लागेको हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैंडा

पशुपतिमा तीजको रौनक (तस्बिरहरू)

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूकाे घुइँचाे लागेकाे छ। पशुपतिनाथमा भगवना शिव-पार्वतीकाे पूरा गर्ने  महिलाकाे बिहानैदेखि घुइँचाे लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज तीज पर्व

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै

कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन। तर, अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

देशभर मनसुनी वायुको प्रभाव: तीन प्रदेशमा भारी वर्षा हुने

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनर–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसम: चार प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

आगामी २४ घण्टामा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ललितपुरमा खाजा पसल सञ्चालन गर्दै आएकी दलित महिलामाथि जातीय विभेद

माइतीघर मण्डलामा ‘दलित आन्दाेलन’ भइरहँदा काठमाडाैँमा नै जातीय विभेदकाे घटना घटेकाे छ। मंगलबार साँझ ललितपुरकाे इमाडाेल सितलहाइटमा रहेकाे खाजा पसल सञ्चालकमाथि जातीय विभेदजन्य घटना घटेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

चट्याङ लागेर एक बालकको मृत्यु, एक घाइते

पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ। तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आज ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

बेल्जियममा तीजकाे राैनक

यहाँको नेपाली समजमा तीज आउनु अगाडिदेखि नै दर खाने र खुवाउने प्रचलन रहँदै आएको छ। बेल्जियममा एक दशकभन्दा बढी समयदेखि तीज मनाउन जान नपाएका चेलीहरु पनि प्रसस्तै रहेका छन्। उनीहरूले दर खाने कार्यक्रम राखेर नेपाली तीजकाे झल्काे मेटाउने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बेल्जियम

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज विरुडा पञ्चमी मनाइँदै

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

कैलालीमा बस्ती डुबानमा परेपछि १० जनालाई स्थानान्तरण

वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्न गई कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घर डुबानमा परेपछि १० जनालाई सोही स्थानको वडा कार्यालयमा स्थानान्तरण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

नागरिकलाई विकासको प्रत्याभुत हुने गरी काम गर्नुस्: मन्त्री न्यौपाने

मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री न्यौपानेले आमनागरिकलाई मन्त्रालय र समग्र सरकारको प्रत्याभुत हुने गरी काम गर्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी