शनिबार, १६ नोभेम्बर २०२४

स्याङ्जामा दलितलाई मन्दिर प्रवेशमा राेक, तीन जनामाथि कुटपिट

जिल्लाकाे हरिनास गाउँपालिका वडा नं. ६ का अलैंचीबारी टाेलका ३० वर्षीय इन्द्रबहादुर रुचाल, ३९ वर्षीय चित्रबहादुर गाेतामे र ३६ वर्षीय विष्णबहादुर रुचालमाथि साे गाउँपालिका वडा नं. ७ का ४० वर्षीय हेमबहादुर राना, ६५ वर्षीय ओमबहादुर राना र ५० वर्षीय धनबहादुर रानाले कुटपिट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

समलिङ्गी तेस्रो लिङ्गीको गाईजात्राः राजनीतिक समावेशिताका लागि सचेतना

गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक अघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णालीका सबै जोखिमयुक्त घरहरूको बीमा गर्दै छौँः मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरूको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन्।  किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ मा घर बीमामा बजेट छुट्याएको उनले बताए। प्रदेश सरकारले यसका लागि रु।चार करोड ५० लाख बजेट विनियोजन गरेको छ, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

रक्षाबन्धन राष्ट्रिय एकता, सद्‌भाव र भाइचारा अभिवृद्धिको पर्व: सभामुख

सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्‌भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताएका छन्। श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले भने, 'धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीबिच राष्ट्रिय एकता, सद्‌भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास लिँदै यस पर्वले कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेको छु।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनै पूर्णिमाले पारस्परिक भ्रातृत्व, प्रेम र सहयोगको भावनालाई उत्प्रेरित गर्छ: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्। 'यो पर्व भूगोल, क्षेत्र र समुदायगत रुपमा फरक–फरक नामले मनाइए पनि यसको उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोग भाव उत्प्रेरित गर्नु नै हो', उपराष्ट्रपतिको सन्देशमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्थानीयलाई धारिलो हतिहार प्रहार गर्ने एमालेका वडाअध्यक्ष पक्राउ

शनिबार राप्ती सोनारी गाउँपालिकाका वडा अध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्र वली नेतृत्वको समूहले विनौनामा स्थानीय युवा सन्दीप विष्टमाथि आक्रमण गरेका छन्। अध्यक्ष आफैंले स्थानीय युवालाई सामान्य विवादमा धारिलो हतियार प्रहार गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य चयन

नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका आचार्य यसअघि संसदीय दलका उपनेता रहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

मुख्यमन्त्री आचार्यले बुटवलमा बैठक बोलाएपछि सांसदहरु असन्तुष्ट

शनिबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठक प्रदेशको राजधानी भालुवाङमा राख्नुको साटाे बुटवलमा राखेको भन्दै पश्चिमी भेगका सांसदहरु आचार्यसँग असन्तुष्ट भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

यस वर्षको मतयाः भदौ ५ मा, दुई हजार बढी देवी-देवतीको पूजा गरिने

लिच्छिवी राजा बालार्चन देवको जेष्ठवर्ण महाविहार तंगबहाः स्थापनाको अवसरमा ८५० वर्ष पहिलादेखि सुरु भएको मतयाः अर्थात् दीपयात्रा परम्परा यस वर्ष भदौ ५ गते बुधबार मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार नदिएको विषयप्रति खेलकुदमन्त्रीलाई ध्यानाकर्षण

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुदमन्त्री मीनकृष्ण महर्जनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। बिहीबार खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठसहितका टोलिले मन्त्री महर्जनसमक्ष ज्ञापनपत्र बुझाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन्। बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ

पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन्। पक्राउ पर्ने नक्कली सिआइडीहरूमा पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा ७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्। अघिल्लो असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते कांग्रेस एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको जानकारी दिए । 'विशेष गरेर कोभिड महामारीको समयमा कार्गाे रेलले मालवाहक कन्टेनर छाडेर खाली र्‍याक रित्तै फर्किँदै गए । त्यही बेलादेखि थुप्रिएको खाली कन्टेनर अहिलेसम्म पनि यथावत रुपमा नै रहेका छन्', उनले भने, 'अहिले मालवाहक कन्टेनर सामान बोकेर आउने गर्छन् । जति सामान बोकेर आउँछन् । त्यत्ति नै खाली कन्टेनर बोकेर जाँदा पहिलाको खाली कन्टेनर यथास्थितिमा रहिरहने प्रवृत्ति देखिएको हो ।' कार्यालयका अनुसार दुई सय कन्टेनरमा भने लिलामी गर्नुपर्ने विभिन्न सामान तथा उपकरण रहेका छन् । प्रमुख भन्सार अधिकृत बरुवालले खाली रहेका कन्टेनर लैजानका लागि र्‍याक खाली भएको कार्गाे रेल आउनुपर्ने बताए । 'कार्गाे रेलले एकपटकमा कम्तीमा पनि ६० कन्टेनर ओसार्न सक्ने क्षमता रहन्छ', उनले भने, 'यहाँ रहेका खाली कन्टेनर हटाउनका लागि कम्तीमा पनि २० देखि ३० पटक खाली र्‍याक भएको कन्टेनर ल्याउनुपर्ने हुन्छ । खाली र्‍याकमात्र ल्याउँदा लागत खर्च धेरै लाग्ने भएकाले पनि व्यवसायी आनाकानी गर्दै आइरहेको देखिन्छ ।' प्रमुख भन्सार अधिकृत बरुवालले नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टलाई खाली भएका कन्टेनर हटाउनका लागि छलफल गर्दै आइरहेको जानकारी दिए । सुक्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेनर भरिभराउ देखिए पनि अधिकांश खाली रहेको उनको भनाइ छ । 'बाहिरबाट हेर्दा भन्सार यार्ड भरिभराउजस्तै देखिन्छ । तर, रित्तो कन्टेनरका कारण यार्ड व्यवस्थापनमा पनि समस्या थपिरहेको छ', उनले भने । यहाँ विशेषगरी विशाखापट्टानम र कोलकाताबाट धेरै मालवाहक कन्टेनर आउने गर्छन् । सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ । यो यस्तो खालको बन्दरगाह हो, जहाँ कार्गाे रेलबाट मात्र मालसामान ल्याउने गरिन्छ । यो सन् २००० विश्व बैंकको ऋण सहयोगमा रु ८२ करोड लागतमा निर्माण गरिएको हो । भारत सरकारको २० करोड लागतमा रक्सौलबाट बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको हो । अहिले सुक्खा बन्दरगाह व्यवस्थापनको काम भने इन्टरमोडल यातायात विकास समितिमार्फत हुँदै आइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षका लागि रु तीन अर्ब ३३ करोडमा ठेक्का सम्झौता भएको छ । प्रिष्टिनले सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापन गरेबापत औसतमा वार्षिक रु ६६ करोड समितिलाई उपलब्ध गराउने गर्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

घरपालुवा जनावर मार्न थालेपछि टीकापुरमा चितुवाको त्रास

एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ। चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए। ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उनले नागरिकलाई नआत्तिन आग्रह गरे। 'स्थानीयले तीन चितुवा देखेको बताएका छन्। हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

कास्कीमा डेंगु सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी

कास्कीमा एकै दिन ४० जना डेंगु सङ्क्रमित भेटिएका छन्। योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेंगुका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। गत पुस यता यहाँका तीन सय ६२ जनामा डेंगुको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

गण्डकीमा ९६ प्रतिशत रोपाइँ सकियो

गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ। सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

यी भूभागमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माछापुच्छ्रेमा चितुवा मृत फेला

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज चितुवा मृत फेला परेको छ। माछापुच्छ्रे–३ घाचोकस्थित ढावा पुल नजिक पोथी प्रजातिको अन्दाजी चारदेखी पाँच वर्षको चितुवा मृत भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

‘गाउँको शिरमा भिर छ, खस्ला भन्ने पिर छ’

बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ। बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी